माटो र वनावटको अवस्था हेरेर जमिनलाई विभिन्न प्रकारमा वर्गीकरण गर्न सकिन्छ ।
दिउँसो ३ बजेर ७ मिनेटमा गएको ५ दशमलव ९ रेक्टर र दोस्रो पटक दिउँसो ३ बजेर ५३ मिनेटमा गएको ४ दशमलव ५ रेक्टरको भूकम्प गएको थियो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत यहाँ सञ्चालन भएको राष्ट्रिय महिला बास्केटबलको फाइनल खेल जितेर नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन भएको छ।
मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि पाल्पाबाट एक हजार २१५ म्यादी प्रहरी खटिने भएका छन्।
गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत साइक्लिङमा विभागीय टिम हाबी भएको छ।
दार्चुलामा बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ । कात्तिक ४ गतेसम्म शिविर सञ्चालन हुने बताइएको छ । दार्चुलाका तीन स्थानीय तहमा आयोजना हुने शिविर दुई पालिकामा सम्पन्न भएको छ ।
मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ओखलढुङ्गामा संयुक्त लोकतान्त्रिक बाम गठबन्धन र नेकपा (एमाले) का उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
आदिवासी जनजाति आयोगले समावेशीकरण एवम् आरक्षणसम्बन्धी वर्तमान व्यवस्थामा त्रुटि रहेको भन्दै पुनरावलोकन गर्न नेपाल सरकारलाई सिफारिस गरेको जनाएको छ । समावेशीकरण समूह अन्तर्गत आदिवासी जनजातिमध्ये पनि पहुँचवाला र निश्चित वर्ग विशेषले मात्र आरक्षण उपयोग गरिरहेको भन्दै आयोगले पुनरावलोकन गर्न सरकारलाई सिफारिस गरेको जनाएको हो ।
सदरमुकाम चैनपुरबाट मष्टा-२ खेतकोट जाँदै गरेको सुप प्र ०१-००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो।
झापामा मलामी बोकेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् ।
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाललाई गोरखाबाट सबैभन्दा बढी मतान्तरले विजयी गराउने बताउनुभएको छ ।
विद्यालय बाहिर रहेका किशोरीलाई अध्ययनका लागि विद्यालयमा नल्याएसम्म समाज रुपान्तरण कठिन रहेको सरोकारवालाको भनाइ छ । जनकपुरधाममा आज भएको कार्यक्रममा सरोकारवालाले सो कुरा बताउनुभएको हो ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताको बलिदानी, त्याग र लामो सङ्घर्षले व्यवस्था बदलिएको भए पनि अवस्था नबदलिएकाले राजनीतिमा सक्रिय रहेको बताउनुभएको छ ।
बझाङको मष्टा गाउँपालिका-१ तुफान डाँडामा जिप दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। बुधबार दिउँसो सदरमुकाम चैनपुरबाट मष्टा–२ खेतकोट जाँदै गरेको सुप प्र ०१-००१च ११७ नम्बरको जिप दुर्घटना भएको हो।
संयुक्त राष्ट्रसंघीय बालकोषले सोमालियाका बालबालिकामा कुपोषणको समस्या अझै बढ्नसक्ने जनाएको छ । उक्त निकायले सोमालिया तथा अरु देशका सरकारलाई पनि सोमालियामा बढ्दो मात्रामा देखिएको कूपोषणले झनै भयावह रुप पनि लिन सक्ने बताइएको छ ।