हिमाली जिल्ला हुम्लाका गाउँमा सुन पसलहरु सञ्चालनमा आएका छन् । सङ्घीयता कार्यान्वयन आएसँगै आर्थिक कारोवार गाउँमा हुन थालेपछि सुन ब्यापारीहरु सुन पसल स्थापना गर्दै ब्यापर गर्न थालेका हुन् ।
बडादशैंका अवसर पारेर बर्दिबास नगरपालिका –३ गौरीडाँडामा स्वास्थ्य शिविरको आयोजना गरिएको छ । ‘स्वस्थ जीवन सुरक्षित चाडपर्व’ को संदेशसहित बुधवार आयोजित निःशुल्क शिविरमा सयजना बढी महिलाको स्वास्थ्य परीक्षण गरिएको छ ।
कोशी प्रदेशका किसानले विदेशी सुपारीका कारण स्वदेशी सुपारीले उचित मूल्य नपाएको गुनासो गरेका छन् । झापा, इलाम, मोरङ, उदयपुर र सुनसारी जिल्लाका सुपारी किसानले सरकारले निर्यातलाई भन्दा आयातलाई प्राथमिकतामा राखेकाले स्वदेशी सुपारीले उचित मूल्य नपाएको आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हुन् ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको छ । चीन भ्रमणमा रहनु भएका श्रेष्ठलाई गए राती हृदयाघात भएको थियो ।
हिन्दु धर्मावलम्बीको महान् पर्व दसैँको आगमन भइसकेको छ । सहर गएकाहरू गाउँ फर्किरहेका छन् । पसलमा यतिखेर सामान किन्नेको भिड छ । यता गाउँमा युवाहरुको सक्रियतामा लिङ्गे पिङ निर्माणको काम भइरहेको छ ।
जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालिको दसैँमा मौसम सामान्यतया सफा रहने छ ।
साधन घर्ती म्याग्दी (दरबाङ), कात्तिक २ गते । म्याग्दीको मालिका गाउँपालिका–४, महभिर गाउँमा परम्परागत रुपमा भण्डारण गरिएका मकैका झुत्ता । स्थानीयको भाषामा झोटा पारेर भण्डारण गर्दा छिटो सुक्ने र मकैको दानामा किरा नलाग्ने भनाइ छ । जिल्लाका अधिकांश गाउँघरमा यसरी नै मकै भण्डारण गर्ने वर्षौदेखिको चलन छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले ब्यावसायिक कृषि र पशुपालनबाट मात्र मुलुकको समृद्धि सम्भव भएको बताउनुभएको छ ।
रुसले बिहीबार गाजापट्टीमा सर्वसाधारणका लागि इजिप्टबाट २७ टन मानवीय सामग्री पठाएको मस्कोको आपत्कालीन मन्त्रालयले बताएको छ ।
त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले बिहीबार हङकङलाई छ विकेटले हराएर लगातार दोस्रो जित हात पारेको छ ।
दसैंको अवसर पारेर द इन्टरपेड ट्राभल कम्पनीले इन्टरपेड फाउन्डेसन अन्तर्गत सामाजिक सेवाका विभिन्न कामका लागि फुटसल प्रतियोगिताको आयोजना गरेको छ ।
हरेक वर्षझैँ यस पटक पनि सीमापारि रूपैडिहा बजारमा चाडपर्वको खरिदारी गर्ने नेपालीको सङ्ख्या बढेको छ ।
सपालिको दशहारा (दसैं) पर्व नजिकिंदै गर्दा पनि तराई–मधेशका टोल बस्तीमा ‘झिझिया’ को लय सुन्न पाइँदैन भने ‘ढोल’ को आवाज पनि सुनिंदैन ।
कर्णाली कोरिडोरको सलीसल्लामा बेलिब्रिज जडान गर्ने क्रममा लडेर गम्भीर घाइते हुनु भएका २० वर्षीया सुरेश चौधरीको निधन भएको छ ।
कानुनले अपराध गर्न भनेका छैन तर आर्थिक लेनदेन, धार्मिक, राजनैतिक, अशिक्षा, न्यून सचेतना, वैदेशिक रोजगार आदिको कारण समाजलाई अपराधतिर उन्मुख गराइरहेकोप्रति हरेक नागरिक सचेत हुनैपर्ने सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभएको छ ।