तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । दसैँ सुरुआत भएलगत्तै बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।
ललितपुरका खेतीयोग्य जमिनमा धान पहेंलै भएको छ । गतवर्षको भन्दा यस वर्ष धान दसैँअघि नै भित्र्याउनुपर्ने भएकाले किसान खेतमा व्यस्त छन् । दसैँअघि नै धान भित्र्याउनु परेकाले किसानले कात्तिक सुरु हुनेबित्तिकै धान काट्न सुरु गरेका छन् ।
कास्कीका ५३ हजार दुई सय २८ परिवारले १९ हजार एक सय ६४ हेक्टर जग्गामा खेतीपाती गर्ने गरेका छन् । तीमध्ये ३९ प्रतिशतलाई मात्र कृषिबाट भएको आम्दानीले खान पुग्छ ।
नेपालीको महानचाड बडादसैँको आज पाँचै दिन देशभरका शक्तिपीठहरुमा स्कन्दमाताको विशेष पूजा गरिँदै छ । आज खासगरी स्कन्दमाताको विशेष पूजा गरिन्छ ।
नेपालीको मुख्य चाड दसैँ र तिहारको अवसरमा बैतडी जिल्ला क्रिकेटमय बनेको छ । दसैँ र तिहारको अवसर पारेर यहाँ चारवटा क्रिकेट प्रतियोगिता आयोजना गरिँदै छ ।
दशकौँअघिसम्म गाउँघरमा कुटानी, पिसानीका लागि प्रयोग हुने ढिकी, जाँतो लोप हुन थालेका छन् । कुटानी, पिसानीको सहज माध्यमका रूपमा बजारमा विद्युत् तथा पेट्रोल, डिजेलबाट चलाउन सकिने आधुनिक मिल आउन थालेपछि ढिकी, जाँतोको प्रयोग हराउन थालेको हो ।
सर्वोच्च अदालतले फेवातालको मापदण्डसम्बन्धी गरेका एउटा फैसलाले यहाँको एक जलारी समुदाय चिन्तित बनेको छ । फेवाताल किनारमा पुख्र्यौली सीपसँग जोडिएर जीविकोपार्जन गर्दै आएका जलारी समुदाय यक्त फैसलाले पुर्खौली पेशाबाट विस्थापित हुनुपर्ने हो कि भन्ने चिन्ता थपिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार युद्धग्रस्त गाजामा अत्यन्त जरुरी मानवीय सहायता पुर्याउन अनुमति दिने एक सम्झौता सुरु गर्नुभएको छ ।
नेपाली कांग्रेस राष्ट्रियसभा मुख्य सचेतक अनिता देवकोटाले सामाजिक स्वच्छता आजको आवश्यकता रहेको बताउनुुभएको छ ।
गाउँघरमा बाख्रापालन बढ्न थालेपछि दसैंको समयमा भारतबाट ल्याइने खसीबोकाको आयात रोकिएको छ । विगतमा साप्ताहिक रुपमा सीमावर्ती बजारमा लाग्ने हाट बजारबाट खसिबोकाको आयात हुने गरेको थियो ।
केही दिन अघि बाँकेको एक सामुदाकि वनमा बेवारिसे अवस्थामा मृत भेटिएको पाटेबाघको शव परीक्षण रिपोर्ट आएको छ ।
पोखरामा नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्रीवितरण गरेको फेला परेको छ । सरकारले किसानलाई अनुदानमा उपलब्ध गराएको मल झण्डै दोब्बर मूल्यमा बिक्री गरेको फेला परेको हो ।
नेपाल एयरलाइन्सले दसैँमा यात्रुको चापलाई ध्यानमा राखेर नेपालगन्जबाट कर्णाली र सुदूरपश्चिमका हिमाली जिल्लामा दैनिक उडान गर्ने भएको छ ।
कालिकोटको खाँडाचक्र र दैलेखको आठबीस नगरपालिकामा कानुनी शिविर अभियान सञ्चालन गरिएको छ ।