मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि पर्याप्त अभ्यास र अनुभव नभएका कारण संसदीय उपलब्धिका हिसाबले यो वर्ष पनि उत्साहपूर्ण नभई सन्तोषजनकमै सीमित रहन पुगेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमार्फत केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने बताउनुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।
अभिनेता मुकुन भुसाल र मेनुका प्रधान अभिनीत फिल्म 'गणपति' को टिजर सार्वजनिक भएको छ । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।
प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । बैठक बानेश्वरस्थित संसद् भवनमा सुरु भएको हो ।
झापाको गौरादह नगरपालिका–७ ग्वालडुब्बा, जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ ।
उच्च अदालत पाटनले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवार शोभा गुरुङ चेक अनादर मुद्दामा दोषी ठहर गरेको छ ।
नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्राउन सकिने बताउनुभएको छ ।
नेपालगञ्ज उप-महानगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध बागेश्वरी मन्दिर परिसरभित्रको नेपालकै एक मात्र जुँगे महादेवको मूर्ति भएको मन्दिर पुनः निर्माण गरिने भएको छ ।
धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरेपहाडी क्षेत्र फल्टुडे सडकखण्डमा गए राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले पूर्णता पाएपछि जनताको भावना अनुसार कामले तीव्रता पाउने बताउनु भएको छ ।
मधेस प्रदेशको प्रदेश सभा बैठक आज बस्दै छ । करिब दुई महिनापछि आज दिउँसो १ बजे प्रदेश सभा बैठक आह्वान गरिएको हो ।
जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका –३ रन्मामा एकै घरका दुई दिदीबहिनीकाे हत्या आरोपमा दुई बालिकालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको छायानाथ रारा नगरपालिकाका २, ३ र ५ नं. वडाका अति विपन्न र ज्येष्ठ नागरिकले आधुनिक चुलो पाएका छन् ।
तमु (गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनले स्याङ्जाका चित्रबहादुर गुरुङ (लाला) को अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको छ ।