इजरायलले इजिप्ट हुँदै गाजामा सहायता प्रवेश गर्न दिने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले जानकारी गराएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार अवरुद्ध प्यालेस्टिनी इलाकामा ‘खाद्यान्न, पानी र औषधि’ मात्र प्रवेश गर्न दिइने छ ।
प्रतिनिधि सभा सदस्य तथा नेकपा (एमाले) का पोलिटब्युरो सदस्य सूर्य थापाले सत्ता गठबन्धन संकटमा परेको बताउनुभएको छ । गुल्मीको सदरमुकाम तम्घासमा पत्रकार भेटघाटमा आज उहाँले यस्तो बताउनुभएको हो ।
नेपालको महिला टेनिस टोलीले बिली जिन किङ कपमा बुधबार विजयी सुरुआत गरेको छ । टिम इभेन्टमा नेपालले ताजाकिस्तानलाई ३–० ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले बहराइनबाट जानकारी गराउनुभयो ।
सप्तरीको डाकनेस्वरी नगरपालिकाका प्रमुख रामलखन मलाह बुधबार दिउँसोदेखि आफ्नै कार्यालयमा घेराबन्दीमा परेको सप्तरी प्रहरी प्रमुख गज्जु सिद्धी बज्राचार्यले जानकारी दिनुभएको छ ।
प्रेस काउन्सिल नेपालमा पछिल्लो ३ महिनामा आचारसंहिता उल्लंघनका घटनामा १३२ वटा उजुरी र जनगुनासो परेका छन् ।
काठमाडौं, कात्तिक १ गते । नेकपा (एमाले) ले मंगलबार राति प्यालेस्टानी राज्यको गाजा सहरमा भएको आक्रमणको भर्त्र्सना गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार वक्तव्य जारी गर्दै गाजा सहरको अलअहरी अरब अस्पतालमा भएको आक्रमणमा परी अस्पतालमा उपचार गराइरहेको बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामी कुरुवा-आफन्त र अस्तापाल परिसरमा शरण लिइरहेका नागरिक गरी पाँच सयभन्दा बढी मारिएको खबरले स्तब्ध भएको बताउनुभयो ।उहाँले एमाले शान्तिको पक्षमा रहेकोले जुनसुकै खालको द्वन्द्व र समस्याको समाधान शान्तिपूर्ण वार्ताद्वारा गरिनुपर्नेमा जोड दिनुपर्ने उल्लेख गर्नुभएको छ । अमानवीय आक्रमणबाट अन्तराष्ट्रिय कानुन, मानव अधिकार र मानवीयताका सबै सीमा उल्लङ्घन भएकोले यसप्रकारका सबैखले आक्रमण रोक्न एमालेले सम्बन्धित पक्षलाई आव्हान समेत गरेको छ ।
टीकापुर नगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । दशैं नजिकिदै जाँदा किरानाका थोक पसललाई लक्षितगरी बुधबार १६ वटा पसलको अनुगमन गरिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता, कार्यकर्तालाई अनुशासित हुन निर्देशन दिनुभएको छ । पार्टी सदस्यता लिएकै भोलिपल्ट माथिल्लो पदमा पुग्ने चाहना राख्ने प्रवृत्तिले अराजकता फैलिइरहेको उहाँको भनाइ छ ।
मानव बेचबिखन न्यूनीकरणका लागि सरकारी विकासका साझेदार संस्थाहरूबिच समन्वयात्मक भूमिका हुनुपर्नेमा जोड दिइएको छ ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चाले सत्ता गठबन्धनलाई बलियो बनाउने बताउनुभएको छ ।
मेची राजमार्गस्थित पाँचथरको टाहारीमा बोलेरो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । आठमध्ये १ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशमा रहेको विभिन्न नाका भएर भारतबाट स्वदेश फर्कनेको लर्को लागेको छ । रोजगारीको सिलसिलामा भारत गएका नेपालीहरू चाडपर्व मनाउन स्वदेश फर्कन थालेपछि नाकामा फर्कनेको भिड बढेको हो ।
विज्ञको सुनुवाइ परियोजना अन्तरगत नेपाल र पाकिस्तानका बालश्रमको क्षेत्रमा संलग्न बालबालिकाको अनुभव र विचार सङ्कलन गर्ने कार्य भइरहेको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले ज्येष्ठ नागरिकको सम्मान र मर्यादित जीवनका लागि ज्येष्ठ नागरिक ऐनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभएको छ ।
मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) को अनुदान सहयोगमा बन्न लागेको चार सय केभी विद्युत् प्रसारणलाइनको ठेक्का प्रक्रिया रद्द भएसँगै अर्को ठेक्का प्रक्रिया कसरी र कहिलेसम्म अघि बढ्छ भन्नेमा अन्योल देखिएको छ ।