नेपाल-अमेरिका पत्रकार सङ्घ (नेजा) ले आयोजना गरेको ‘प्रवासमा नेपाली पत्रकारिता र नेपाली सञ्चार क्षेत्रका अपेक्षा’ विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।
नेपाल विद्युत प्राधिकरणले गत जेठदेखि असोजसम्ममा ११ अर्ब ८० करोड २८ लाख रुपियाँको विद्युत भारततर्फ निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत यस वर्ष गत २८ जेठबाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सञ्चालन गरेको ‘श्रमदान अभियान-२०८०’ मा वडा नं.११ खार्मीका ९४ जनाले आर्थिक सहयोग गरेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।
ताप्लेजुङमा घर–घरमा पुगेर ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नुका साथै उनीहरूको स्वास्थ्य परीक्षण गरिँदै आएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियासँग युरोपियन युनियनका राजदूत लोरेन्जो भेरोनिकले आज शिष्टाचार भेट गर्नुभएको छ ।
लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङ उपत्यकाको समग्र विकासका लागि ग्वार खोलामा बृहत् जलाशय निर्माणका लागि सर्भे सुरु गर्न थालिएको बताउनुभएको छ ।
पूर्वी नवलपरासीमा चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई तीव्रता दिइएको छ । बजार अनुगमन जिल्लाको कावासोती, देवचुली, गैँडाकोट नगरपालिका क्षेत्रमा गरिएको छ ।
त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको उद्घाटन खेलमा संयुक्त अरब इमिरेटस (युएई)ले नेपाललाई जितको लागि एक सय ४१ रनको मध्यम लक्ष्य दिएको छ ।
चाडपर्वका बेलामा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि कर्णालीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
दाङको तुलसीपुरमा बैङ्कबाट पैसा निकालेर घर जाँदै गरेका एक व्यक्तिको एक लाख रुपियाँ लुटेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पदमा पदाधिकारी र कर्मचारी नियुक्त गर्नुपर्ने, निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्नेलगायत पाँच बुँदे माग अघि सार्दै रिले अनशन जारी राखिएको स्थानीयवासी सुनिल मण्डलले बताउनुभयो ।
आर्थिक मन्दिका कारण सर्वसाधारणको आम्दानीमा कटौती भएपछि दसैँको समयमा अत्यधिक खपत हुने खसीबोकाको मूल्य सस्तिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ को बिन्दुमा कायम भएको हो ।
कालीकोटको रास्कोट नगरपालिका भित्रका खेतमा बाँदरले पाकेको धान खाएर सकाएका छन् । किसानले लगाएको धान भित्र्याउन नपाउँदै बाँदरले धान खाएपछि किसान चिन्तित बनेका छन् ।