• १३ साउन २०८१, आइतबार

बाँदरले पाकेको धान सकायो

blog

बादरले सखाप परेको धानको जिउलो । तस्बिर : प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा
कालीकोट कात्तिक १ गते । 
कालीकोटको रास्कोट नगरपालिका भित्रका खेतमा बाँदरले पाकेको धान खाएर सकाएका छन् । किसानले लगाएको धान भित्र्याउन नपाउँदै बाँदरले धान खाएपछि किसान चिन्तित बनेका छन् ।

रास्कोट नगरपालिका–२ का निर्मला रोका मगरले दैनिक हेरालु लाग्दा पनि बाँदरले धान खेती सखाप पारेको गुनासो गर्नुभयो ।

‘‘कहिल्यै बाँदर लाग्दैनन् थिए । यसपालि कताबाट आयो पत्तै भएन, पाकेको धान खाएर पराल मात्र राखेपछि थाहा भयो । केही ठाउँमा त बाँदर लागेको सुनिँदै आएको थियो । हाम्रो त खेत बिचमा थियो ।,’’ उहाँले भन्नुभयो, ‘‘कताबाट आउला र भन्नभयो । तर बिचैको खेतमा लगाएको धान बाँदर पसेर पुरै वाला स्रोरेर खतम बनाएको छ ।’’

उहाँको खेतभन्दा तल अरूका खेत भए पनि उनीहरूको खेतमा बाँदर पसेका छैनन् । बाँदर हेर्ने र धपाउने गरेकाले बिचै उत्तिसको जङ्गल हुँदै आएर निर्मलाको खेतमा बाँदरले धान खाएको छिमेकीको भनाइ छ । छिमेकी रंगा सज्यालले अरूले आआफ्नो खेतको सुरक्षा गरे । जता मान्छे छैनन् उनीहरूका खेतमा बाँदर पसेर धान खाएको सुनाउनुभयो ।

निर्मलासँगै नहकुलका पनि धान बाँदरले सकाएका छन् । ‘‘बाँदरले खाएर केही थिएन । पराल बटुलेर राखेका छौँ ।,’’ नहकुलले भन्नुभयो, ‘‘रास्कोटका धेरै जसो खेतमा बाँदरले धान खाएर सकेका छन् । वाला पसाएदेखि बाँदर लाग्न थालेका हुन् ।’’

यसरी कात्तिकको धान बाँदरले खाए पनि किसान भोकमरीको चिन्तामा छन् । हिउँदको खेती असिना पानीले लिने र बर्खाको खेती बाँदरले खाने गरेकाले किसान निकै समस्यामा छन् ।