लिगलिगे दौडको उपाधि नेपाली सेनाका गजेन्द्र राईले जित्नुभएको छ । लिगलिग कोट विकास अभियानको आयोजनामा बुधवार भएको प्रतियोगितामा निर्धारित १३.८ किलोमिटर दुरी ५६ मिनेट ३६ सेकेन्डमा पार गर्दै उहाँले उपाधि जित्नुभएको हो ।
खानी तथा भूगर्भ विभागले खनिज उत्खनन र खोजतलासका यस अघि वितरण गरिएका अनुमतिपत्रहरु नवीकरण गर्ने भएको छ । विभागले सूचना जारी गर्दै तीन महिना भित्र नवीकरणका लागि आर्थिक वर्ष २०७९।८० मा म्याद सकिएको तीन महिना भित्र नवीकरणका प्रक्रिया अघि बढाउन जनाएको छ ।
भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि पूर्णरूपमा सञ्चालनमा आएको छ । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुलको मर्मतसम्भार कार्य भइरहेकाले गत असोज ९ गतेदेखि आंशिकरूपमा मात्रै सञ्चालनमा थियो ।
नेपाली सेना र सशस्त्र प्रहरी बलले दसैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ । आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली सेना र सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सुनको अवैध रूपमा तस्करी हुने क्रम दैनिकजसो बढ्दै गएपछि यसको नियन्त्रणका लागि सुझाव र गोप्य सूचनाहरू माग गरिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग बुधवार गोरखापत्रमा सूचना प्रकाशन गरी सुझाव र सूचनाको आव्हान गरेको हो ।
महानगरपालिकाले प्रहरी ऐन, २०८० को व्यवस्थाअनुसार मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले प्रहरी उपरीक्षक पाण्डेलाई प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा गरेको महानगर सुशासन समितिका संयोजक ख्यामराज तिवारीले जानकारी दिनुभयो ।
नेपाली राष्ट्रिय क्रिकेट टोली र संयुक्त अरब इमिरेट्स (युएई) र हङकङबीच थ्री नेसन्स शृङ्खलामा आज नेपाल र युएईबिच प्रतिस्पर्धा हुँदै छ ।
बर्दीबास नगरपालिकाको वडा नं. ३ र ४ जोड्ने हात्तीमारा खोलामा पक्की पुल निर्माण हुने भएको छ । बर्दीबासलाई दुर्गम भेग जोड्ने ग्रामीण सडक अन्तर्गत हात्तीमारा पुलको नगर प्रमुख प्रह्लाद क्षेत्री, वडाध्यक्षहरू विराट विष्ट र विजयकुमार महतोले मङ्गलबार वैदिक रीतिपूर्वक शिलान्यास गर्नुभएको हो । बर्दीबास नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण हुने ३५ मिटर लम्बाइ र छ मिटर चौडाइको यो पुलमा चार वटा
चौदण्डीगढी नगरपालिका–९ स्थित त्रियुगा नदीमा अस्थायी पुल निर्माणको काम सुरु भएको छ । सो स्थानमा स्थायी पक्की पुलको आवश्यकता भए पनि बजेट अभावमा करिब चार लाख रुपियाँको लागतमा सम्पन्न हुने गरी चौदण्डीगढी नगरपालिकाले अस्थायी पुल निर्माणको काम सुरु गरेको हो ।
सैनिक मुख्यालय जङ्गीअड्डास्थित खेलमैदानबाट सुरु भएको उक्त पदयात्रा सहिदगेट, सैनिक मञ्च, पुरानो बसपार्क, भद्रकाली, त्रिपुरेश्वर, माइतीघर, भद्रकाली हुँदै पुनः सहिदगेट भएर सोही खेलमैदानमा पुगेर समापन भएको थियो । प्रधानसेनापति प्रभुराम शर्मा, पूर्वप्रधानसेनापति, रथीबृन्द, उच्च सैनिक अधिकृतसहित सकल दर्जा, गैरसैनिक व्यक्तिलगायत सो पदयात्रामा सहभागी हुनुहुन्थ्यो ।
तनहुँको व्यास नगरपालिका क्षेत्रकै बासिन्दा सञ्चार सेवाबाट वञ्चित छन् । २१ औँ शताब्दीको सूचना तथा सञ्चार प्रविधिको युगमा फोन गर्नका लागि आधा÷एक घण्टा हिँडेर डाँडाकाँडा धाउनु पर्ने बाध्यता अझै छ ।
इजरायलमा विद्रोही समूह हमासको आक्रमणपछि असुरक्षित अनुभव गरी स्वदेश फर्काउन आग्रह गरेपछि १९ जनालाई पुनः ल्याइएको छ । इजरायलमा रहेको नेपाली दूतावासमा निवेदन दिएकालाई मङ्गलबार राति ल्याइएको हो । भारत सरकारको उद्धार जहाजमार्फत इजरायलको तेलअभिभबाट १९ जना नेपाली नयाँ दिल्ली आएको परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताउनुभयो । उनीहरू मङ्गलबार बिहान इजरायलको स्थानीय समय अनुसार बिहान ९ बजे उडेका थिए । उहाँले भन्नुभयो, “इजरायलमा श्रमिकका रूपमा कार्यरत १९ जनाले नेपाल फर्किन निवेदन दिनुभएको थियो ।
सप्तकोशी नदीमा माछा मारेर पुस्तौँदेखि जीविका चलाउँदै आएका मलाह (गुडी) को पेसा सङ्कटमा पर्न थालेको छ । कोशी नदीमा माछा पाउन छाडेपछि मलाहको पेसा सङ्कटमा परेको हो । वर्षको नौ महिना कोशी नदीमा माछा मार्दै आएका मलाहलाई पहिलाको जस्तो कोशीमा माछा नपाउँदा हातमुख जोड्नै समस्या हुन थालेको छ । केही वर्षअघि जस्तो कोशीमा माछा पाउन छोडेपछि माछा मारेरै परिवार पाल्दै आएका मलाह जातिलाई आफ्नो पुख्र्याैली पेसा नै सङ्कटमा पर्ने हो कि भन्ने चिन्ता पनि थपिएको छ ।
प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुस्ताङको जोमसोममा आउनुभएको छ । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड मुस्ताङ आउनुभएको हो ।
दोलखाको भीमेश्वर नगरपालिका र वैतेश्वर गाउँपालिकाको सिमानामा रहेको तामाकोशी नदीमा रहेको बुस्ती झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा आएको छ । विसं १९९३ मा निर्मित एन आकारको स्कटिस प्रविधिमा निर्मित यो पुल मर्मतपछि सञ्चालनमा आएको नगरपालिकाका सहायक इन्जिनियर लीलाबहादुर जिरेलले जानकारी दिनुभयो ।