पर्यटकीय गन्तव्यका रूपमा चिनिने गोरखाको बारपाक र लाप्राक जोड्ने सडकखण्ड झन्डै चार महिनापछि सञ्चालनमा आएको छ । पूर्वाधार कार्यालय गोरखाको सहयोगमा ठुलो जेसिबी लगाएर सात दिनसम्म पहिरो पन्छाएपछि मङ्गलबारदेखि बारपाक–लाप्राक सडकखण्ड सञ्चालनमा आएको हो । गत असार महिनादेखि बाढी र पहिरोले क्षतिग्रस्त ग्रामीण सडक खुलाउन सात दिनसम्म ठुलो जेसिबी प्रयोग गरिएको थियो । पूर्ण रूपमा क्षतिग्रस्त सडक मर्मत तथा पहिरो पन्छाएपछि मङ्गलबारदेखि सडक नियमित भएको पूर्वाधार कार्यालय गोरखाका इन्जिनियर सुनील कुशुहाले जानकारी दिनुभयो । उहाँका अनुसार बारपाक–सुलीकोट गाउँपालिका र धार्चे गाउँपालिका जोड्ने उक्त सडकखण्ड खुलेपछि मङ्गलबार नै यातायाताका साधन सञ्चालनमा आएका छन् । दसैँतिहार जस्ता चाडपर्वमा सर्वसाधारणको यात्रा सहज बनाउने उद्देश्यसहित अवरुद्ध भएको सडक खुलाउन पूर्वाधार विकास कार्यालय लागिपरेको पनि उहाँको भनाइ छ ।
काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ मा इलेक्ट्रिक गाडीले मोटरसाइकललाई ठक्कर दिई भाग्ने क्रममा इलेक्ट्रिक गाडी दुर्घटना हुँदा गाडीमा सवार एक जनाको ज्यान भएको छ भने आठ जना घाइते भएका छन् । बुधबार बिहान अन्दाजी ६ः४५ बजेको समयमा पनौती–५ सुन्दर बस्तीमा काठमाडौँबाट रामेछाप जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ को इलेक्ट्रिक गाडीले सोही दिशातर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई दिई भाग्ने क्रममा सडकको नालीमा खसेर दुर्घटना भएको हो ।
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको तीन महिनाको उपलब्धि सार्वजनिक गरेको छ । प्रदेश सरकारले मङ्गलबार पत्रकार सम्मेलन गरी सरकारका तीनमहिने उपलब्धि सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट कार्यान्वयनको प्रक्रियामा रहेको र प्रदेश लगानी सम्मेलनको तयारी भइरहेको जनाइएको छ । चालु आर्थिक वर्षको योजना तथा कार्यव्रmमको कार्यान्वयन कार्ययोजना निर्माण गरी कार्यान्वयन भइरहेको बताइन्छ । कर्णाली प्रदेश विनियोजन ऐन, कर्णाली प्रदेश आर्थिक ऐन, कर्णाली प्रदेश आर्थिक ऐन, कर्णाली प्रदेश निजामती सेवा ऐन, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान ऐन निर्माण गरिएको जनाइएको छ ।
यो समय केरा किसानले उत्पादन बजारमा पठाउने समय हो । कैलालीका किसान आजभोलि उत्पादन भएको केरा बजारमा पठाउन थालेका छन् । केरा तयार भएर आम्दानी लिने समयमा आएको बेमौसमी वर्षासँगैको हावाहुरीले किसानलाई नोक्सान भएको छ ।
पर्वतको कुस्मा नगरपालिकाले निजी संस्थालाई फोहोर व्यवस्थापनको जिम्मा दिँदै बेवास्ता देखाएका कारण करोडौँ रकम नोक्सानी व्यहोर्नु परेको छ । जनप्रतिनिधिहरूको मिलेमतोमा नगरलाई व्ययभार मात्र बोकाएर मिलेमतोमा निजी संस्थालाई फोहोर व्यवस्थापनको नाममा कमाऊ धन्दा चलाउन दिएको स्थानीयको आरोप छ ।
म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा तीन महिनापछि बिजुुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनको विद्युत्गृह असार अन्तिम साता बगाएको थियो । विद्युत्गृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए ।
स्तरोन्नति र निर्माणका लागि भत्काइएका व्यस्त राजमार्ग सवारीसाधन सञ्चालनका लागि सहज हुने गरी मर्मत गरिने भएको छ । राष्ट्रिय गौरवका रूपमा रहेको नारायणगढ–बुटवल सडकखण्ड विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डमा गैँडाकोटदेखि दाउन्नेसम्मको सडकखण्डमा सवारीसाधन सञ्चालन गर्न सहज हुने गरी मर्मत सुरु भइसकेको छ । आयोजनाका पूर्वी खण्डका आयोजना व्यवस्थापक राकेश झाले भन्नुभयो, “अहिले गैँडाकोटदेखि डन्डासम्म एक सिफ्ट र डन्डादेखि दाउन्ने अर्काे सिफ्ट गरी दुई चरणमा मर्मत भइरहेको छ । गैँडाकोटदेखि बेल्डियासम्म मर्मत सकिएको छ भने कावासोती, दलदले डन्डा, चोरमारामा मर्मत गरिँदै छ र सबै ठाउँमा गरिने व्यवस्थापक झाले बताउनुभयो ।
खसीबोका बिक्री गरेर पाल्पाको तीन वडाका तीन सहकारीले वार्षिक तीन करोड रुपियाँ आम्दानी गरेका छन् । जिल्लाको रम्भा गाउँपालिका–१, २ र ३ मा रहेका सहकारीले एक वर्षको अवधिमा तीन करोडको खसीबोका बिक्री गरेका हुन् । महिलाले नेतृत्व गरेको सहकारीबाट गत वर्ष दुई करोड २९ लाखको खसीबोका बिक्री भएको रम्भा गाउँपालिकाले जनाएको छ । रम्भा गाउँपालिका–२, फोक्सिङ्कोटको उपहार सामाजिक उद्यमी महिला सहकारीले एक करोड ८० लाख रुपियाँको खसीबोका बिक्री गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।
अजयमेरु गाउँपालिकामा युवाले ताला लगाएका छन् । गाउँपालिकाको कार्यालयसँगै अध्यक्ष उमेशप्रसाद भट्ट विकास, उपाध्यक्ष वसन्ती पाल, निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल सेठीको कार्यकक्षमा तालाबन्दी गरिएको हो । गाउँपालिकामा बढेको विवादका कारण कर्मचारीले असारपछि तलब नै नपाएको र सामाजिक सुरक्षा भत्तासमेत निकासा नहुँदा गाउँपालिकावासीलाई समस्या भएकाले तालाबन्दी गरिएको सुनील ठकुराठीले जानकारी दिनुभयो ।
तरकारी तथा फलफूल उत्पादनको भण्डार मानिएको बाजुराको बडीमालिका–७ का किसानले एकै सिजनमा २२ लाख मूल्यबराबरको बन्दा उत्पादन गरेका छन् । वडा नम्बर–७ कोे जिल्ली, रजातोली र ढम्कनेलगायतका गाउँबस्तीमा यति मूल्यको बन्दा उत्पादन भएको कृषक खडकबहादुर धामीले बताउनुभयो। कृषि ज्ञान केन्द्र बाजुराको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित प्राङ्गारिक मिसन कार्यक्रम अन्तर्गत माटो परीक्षण, प्राङ्गारिक मलको प्रयोग गरी माटो सुहाउँदो खेती गर्दा एकै वडामा यति ठुलो मात्रामा तरकारी उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मीनप्रसाद जैसीले बताउनुभयो ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा आत्मनिर्भरता कम गर्नका लागि खेती किसानी मैत्री शिक्षा आवश्यक भएको बताउनु भएको छ । कृषि प्राविधिकहरूमा सैद्धान्तिक ज्ञान भए पनि व्यवहारिक ज्ञानको कमीका कारण अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको भन्दै उहाँले यस्तो बताउनु भएको हो ।
बैतडी जिल्लाको दक्षिणपश्चिम भेगमा पर्ने पञ्चेश्वर गाउँपालिकाको पूर्वमा मेलौली नगरपालिका, पश्चिममा भारतको सिमाना, उत्तरमा दशरथचन्द नगरपालिका र दक्षिणमा शिवनाथ गाउँपालिका रहेका छन् । स्थानीय तहको पुनर्संरचनापछि छ वटा वडामा विभाजित यस गाउँपालिकाको कुल जनसङ्ख्या १८ हजार ७६६ रहेको छ । क्षेत्रफलका आधारमा १२०.४१ वर्गकिलोमिटरमा फैलिएको छ । बहुप्रतीक्षित पञ्चेश्वर आयोजना स्थल यही गाउँपालिकामा पर्छ । यद्यपि गाउँपालि
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । संविधानको धारा १६८(५) अनुसार ४७ जना सांसदहरूको समर्थनमा मुख्यमन्त्री बन्नु भएका मुख्यमन्त्री कार्कीले नियुक्त भएको पाँच दिनभित्रै विश्वासको मत लिन लाग्नुभएको हो ।
नेपालीको महान् पर्व बडादसैँको रमझम बजार र आवागमन क्षेत्रमा देखिँदै छ । बजारमा भिडभाड छ, सार्वजनिक यातायातका साधनमा यात्रुको चाप छ । घटस्थापनायता काठमाडौँबाट दुई लाख हाराहारीमा मानिस गाउँघरतर्फ लागिसकेका छन् तर तिनले घरपरिवारमा लैँजाने कोसेलीपात किन्न बजारमा जाँदा खल्ती टक्टकिएको छ । खाद्यवस्तु तथा लत्ताकपडाको अचाक्ली मूल्य वृद्धिले दसैँको उमङ्गमा चिसोपानी छम्केको छ । जस्तै महँगी भए पनि मिठै खाने राम्रै लगाउने पर्व चलाउन उपभोक्ताह
दशकौँदेखि हाम्रो मूल ध्येय विकास भए पनि यो प्रभावकारी र परिणाममुखी हुन नसक्नुमा एक मुख्य कारण कर्मचारीतन्त्रको सही व्यवस्थापन र परिचालन हुन नसक्नु रहेको छ । विकास एक बहुआयामिक र जटिल प्रक्रिया हो । यसको प्रभावकारिता पनि धेरै तìवमा निर्भर रहेको हुन्छ । त्यसमध्ये एक प्रमुख तत्व कर्मचारीतन्त्र हो । त्यसैले परम्परागत सार्वजनिक प्रशासनले विकास बुझ्न र हाँक्न नसक्ने हुनाले परम्परागत कर्मचारीतन्त्रको ठाउँमा विकासको प्रभावकारी व्यवस्थापनका