यतिबेला कञ्चनपुरका थारु समुदायका महिलाहरू दसैँका लागि घर सजाउन व्यस्त छन् । दसैँका लागि घर चिटिक्क पार्ने, आँगन सजाउने, माछामासु र दाउराको जोहो गर्ने र किनमेल गर्ने जस्ता कार्यमा यो समुदायका व्यक्ति व्यस्त देखिन्छन् ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा सरकारको राजस्व सङ्कलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ ।
कान्तिपुर दैनिकका उपसम्पादक ऋषिराम पौडेल ‘सिन्धु पत्रकारिता सेतो बाघ’ बाट सम्मानित हुनुभएको छ ।
‘तेस्रो एशिया-प्यासिफिक इनर्जी फोरम’मा भाग लिन ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत आज थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ ।
नवलपुरमा आर्थिक मन्दीका कारण यतिबेला सफल व्यवसायी पनि विस्थापित तथा पलायन हुने अवस्था बढ्दो रहेको छ ।
गायक ज्ञानेशकुमार कर्णले नेपाली राष्ट्रियता झल्काउने गीत ‘हामी नेपाली’ लिएर आउनुभएको छ । गीतमा शब्द, संगीत संयोजन र स्वर कर्ण स्वयंको रहेको छ ।
बडादसैँको आगमनसँगैे ऐतिहासिक सहर नेपालगञ्ज दुर्गामूर्तिले झकिझकाउ भएको छ । सहरका चोक-चोकमा स्थापना गरिएका दुर्गा मूर्तिका प्रत्येक दिन बिहानैदेखि रातिसम्म गरिने पूजाआजा र भजनकीर्तनले दसैैँको उमङ्ग ल्याएको छ ।
विश्वकै लामो मुक्तिनाथ केबलकार बनाउनका लागि भारतको के एण्ड आर इन्जिनियरिङ लिमिटेडले केबलकार परियोजना निर्माणका साथै लगानीसमेत गर्ने गरी इन्जिनियरिङ प्रक्युमेन्ट कन्ट्रयाक्ट र लगानी (इपिसिएफ) मोडलमा केबलकार बनाउने भएको हो ।
कर्णालीमा वार्षिक १९ हजार एक सय १६ मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको पाइएको छ । कर्णाली प्रदेश सरकारको तथ्याङ्कअनुसार प्रदेशमा वार्षिक १९ हजार एक सय १६ मेट्रिकटन खाद्यान्न अपुग हुने गरेको हो ।
द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन पाउँदा नेपाली नागरिक निकै खुसी भएका छन् । इजरायल र प्यालेस्टाइनको युद्धले इजरायलमा असुरक्षित बनेका नेपाली नागरिक स्वदेश फर्किरहेका छन् ।
वालिङका दुई साहित्यकार शम्भु अर्याल र मिलन उपाध्याय (समीर) का दुई कृति बजारमा आएका छन् ।
वर्षमा एक पटक आउने दसैँका लागि सबै नागरिक सकेसम्म घर आउने गर्छन् । रोजगारी, मजदुरी वा पढाइका लागि घर बाहिर गएकाहरू दसैँ मनाउन घर जाँदा खाल्डाखुल्डी सडकका कारण निकै सास्ती भोग्नुपरेको बताएका छन् ।
मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण पर्वतमा धानबालीमा क्षति पुगेको छ । सोमबार र मङ्गलबारको वर्षा तथा हावाहुरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको बताउनुभएको छ ।
बडादसैँमा मात्र नाचिने थारुको सखिया र झुम्रा नाच सुरु भएको छ । सखिया र झुम्राको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा (सखिया नाचमा बजाइने बाजा) को आवाजले थारु गाउँमा अहिले बेग्लै रौनक छाएको छ ।