उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल सधैँ विश्व शान्ति र सदभावका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कृषक प्रोत्साहनका कार्यक्रमलाई महानगरपालिकाले प्राथमिकता दिइने बताउनुभएको छ । पोखरा २८ सौर्य बजारमा आयोजित तेस्रो खसी बोका मेला प्रदर्शनी कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
फुकोट कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजना वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) मा अल्झिएको छ । विद्युत विकास विभागबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय हुँदै वन तथा वातावरण मन्त्रालयमा पुगेको प्रतिवेदन सो मन्त्रालयले स्वीकृत गरेको छैन ।
मकवानपुरको राक्सिराङ गाउँपालिकाले गाउँटोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।
उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इक्वेटर प्रान्तमा गत शुक्रबार पानीजहाज दुर्घटना हुँदा मृतकको सङ्ख्या ४७ पुगेको छ । यातायातमन्त्री मार्क एकिलाले मङ्गलबार यसबारेमा जानकारी गराउनुभएको हो ।
संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा मानवीय युद्धविरामका लागि आह्वान गर्ने रुसी मस्यौदासम्बन्धी प्रस्ताव पारित गर्न असफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण मुस्ताङको ऐतिहासिकता, भौगोलिकता, संस्कृति र परम्परामा पुगेको क्षतिबारे सरकार संवेदनशील भएको बताउनुभएको छ ।
स्वादिलो चटपटेले जमुना तामाङको भोक मात्रै मेटाउँदैन । खान नपाउँदा तलतलै लाग्छ । “दिनमा एक पटक नखाई चित्तै बुझ्दैन, तलतल लागिरहन्छ,” उहाँले
बाँकेका थारु महिलाले उत्पादन गरेका हस्तकलाका सामग्री विदेश निर्यात हुन थालेका छन् ।
बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएको छ । कृषकहरुले लगाएको धानबालीमा सोमबार राति आएको हावाहुरीसहित असिना पानीले क्षति पुर्याएको हो ।
मकवानपुरको कैलाश गाउँपालिकाले विजयादशमीको उपलक्ष्यमा मकवानपुरको भीमफेदीस्थित कारागारका कैदीबन्दीहरुलाई खसी र खाद्यान्न उपलब्ध गराएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसँै तिहार, नेपाल संवत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
जिल्लामा रहेका २७ हजार चार सय १७ पशुमा लम्पी स्किनविरुद्ध खोप लगाइएको छ । तीमध्ये २२ हजार ६ सय ३८ गाई, दुई हजार तीन सय ९९ भँैसी, एक हजार दुई सय ८८ बाच्छाबाच्छी, आठ सय ७२ पाठापाठी र दुई सय २३ गोरुमा खोप लगाइएको हो ।
उक्त व्यक्तिलाई प्रहरीले सार्वजनिक भने गरेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले शङ्कास्पद व्यक्ति पक्राउ गरिएको छ, अनुसन्धान चलिरहेकाले सकिएपछि सार्वजनिक गरिने जानकारी दिनुभयोे ।
सोमबार माथिल्लो मनाङमा हिमपात भएको छ । हिमपात भएपछि बालीनाली सप्रिने भएकाले यहाँका कृषक खुसी भएका छन् ।