समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
दसैँसँग जोडिएका विभिन्न पौराणिक कथा तथा श्रुतिमध्ये सबैभन्दा मानिएका र चल्तीका (देवीले दानवलाई र भगवान् श्रीरामले रावणलाई वध गरेका) दुवै लेख्य–कथ्य प्रमाणलाई ख्याल गर्दा दसैँको सुरुवात धार्मिक पर्वका रूपमा भएको अनुमान लगाउन सकिन्छ । अहिले पनि दसैँको सुरुको नौ दिन अर्थात् नवरात्रभर विभिन्न मठ–मन्दिरमा मात्रै नभएर घर घरमा पनि गरिने पाठ पूजाले अझै यसको धार्मिक महìव जीवन्त रहेको देखाउँछ । तथापि समग्रतामा मानिसको कट्टर धार्मिकपनामा आएको परिवर्तन र त्यसका कारक विभिन्न पक्षलाई विश्लेषण गर्दा अहिले आएर दसैँ धार्मिकभन्दा पनि बढी चाहिँ सामाजिक र सांस्कृतिक पर्वका रूपमा स्थापित हुँदै गएको पाइन्छ ।
सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनको राजधानी बेइजिङमा आज आयोजित तेस्रो ‘बेल्ट एण्ड रोड फोरम फर इण्टरनेशनल कोअपरेशन’को उद्घाटन समारोहमा सहभागी हुनुभयो ।
नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
विश्वव्यापीकरणसँगै नेपालीको बसोबास यति बेला विश्वका हरेक कुनाकाप्चामा फैलिँदै गएको पाइन्छ । दक्षिण एसियाली मुलुकसहित विश्वका अन्य मुलुकमा नेपालीको सङ्ख्या आधा करोडभन्दा बढी नाघेको अनुमान छ । अध्ययन, अनुसन्धान, रोजगारी र उच्चतम अवसरको खोजीमा नेपालीले परदेशलाई आफ्नो गन्तव्य बनाउँदै आएका छन ।
दसैँतिहार, नेपाल संवत्, छठ जस्ता चाडपर्वमा उपभोक्तालाई निर्बाध विद्युत् आपूर्ति गराउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरण उच्च व्यवस्थापनसँग छलफल गरेको छ । मन्त्रालयमा आयोजित छलफलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्तिको प्रबन्ध गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभयो ।
निर्देशक दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘पशुपति प्रसाद २ : भस्मे डन’ को पशुपतिमा क्षमापूजा गरिएको छ । चलचित्रको निर्माण टिमले आयोजना गरेको क्षमापूजा कार्यक्रममा लेखक तथा निर्माता खगेन्द्र लामिछाने, अभिनेतृ स्वस्तिमा खड्का, निर्देशक खनाल, वितरक करण श्रेष्ठ र प्रोडक्सन म्यानेजर शङ्कर पाण्डे सहभागी थिए ।
नवरात्र सुरु भएसँगै गण्डकी प्रदेशका शक्तिपीठमा निरन्तर मालश्री धुन गुन्जँदा दर्शनार्थीले अपार आनन्द महसुस गरिरहेका छन् । यहाँ प्रायः शक्तिपीठमा यी धुन बजाउने गरिएको छ । कतिपय देवी मन्दिरमा महायज्ञसमेत लगाइएको छ । प्रदेशका पोखरा, बागलुङ, तनहुँ, लमजुङमा रहेका शक्तिपीठमा देशैभरबाट भक्तजन दर्शनका लागि पुग्ने गर्छन् ।
भारत सरकारले चामल निर्यातमा लगाइएको प्रतिबन्ध खुला गरेको छ । विश्वका सात देशमाथि चामल निर्यात प्रतिबन्ध फुकुवा गरेको छ । भारतको वाणिज्य विभागले सूचना जारी गर्दै नेपालसहित सात मुलुकका लागि निर्यात प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएको हो । यसअघि भारतले आन्तरिक उत्पादनमा गिरावट आएको भन्दै बासमती चामलबाहेकका चामल निर्यातमा प्रतिबन्ध लगाएको थियो । चामलको आयात नहुँदा बजारमा मूल्य बढेको थियो । अब नेपालले ९५ हजार मेट्रिक टन चामल आयात गर्न पाउने भएको छ ।
असल चालचलन र ५० प्रतिशत कैद भुक्तान गरेका आधारमा बाँकी कैद मिनाहा गरिएका एक व्यक्तिले जेलमुक्त भएको २५ दिनमा एक महिलाको हत्या गरेका छन्। गत असोज ३ गते संविधान दिवसका अवसरमा मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट कैद माफी भई कारागार कार्यालय रुकुमबाट मुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विकले एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
चालु आर्थिक वर्षको तीन महिनामा साढे १६ अर्ब रुपियाँको प्रत्यक्ष विदेशी लगानी (एफडिआई) प्रतिबद्धता आएको छ । उद्योग विभागको तथ्याङ्क अनुसार साउनदेखि असोजसम्म १५१ परियोजनामार्फत १६ अर्ब ६० करोड ४३ लाख लगानी प्रतिबद्धता आएको हो । असोज महिनामा मात्र ४० परियोजनामार्फत एक अर्ब ९८ करोड ७३ लाख रुपियाँ लगानी प्रतिबद्धता आएको छ ।
नेपाल खुद्रा व्यापार सङ्घले समन्वय गरेर बुधबारदेखि राजधानीका विभिन्न ठाउँमा चिनी बिक्री गरिएको छ । केही दिनयता उपत्यकासहित देशका विभिन्न ठाउँमा चिनीको हाहाकार भएपछि सङ्घले बुधबारदेखि प्रतिकेजी ११५ रुपियाँमा प्रतिउपभोक्ता दुई केजी चिनी बिक्री गरिएको हो ।
गुल्मीमा जेसिबी (डोजर) को ठक्करबाट एक वृद्धको ज्यान गएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका १४ मा डोजरको ठक्करबाट सोही वडाका ९२ वर्षीय कृष्णबहादुर सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।