विश्वव्यापीकरणसँगै नेपालीको बसोबास यति बेला विश्वका हरेक कुनाकाप्चामा फैलिँदै गएको पाइन्छ । दक्षिण एसियाली मुलुकसहित विश्वका अन्य मुलुकमा नेपालीको सङ्ख्या आधा करोडभन्दा बढी नाघेको अनुमान छ । अध्ययन, अनुसन्धान, रोजगारी र उच्चतम अवसरको खोजीमा नेपालीले परदेशलाई आफ्नो गन्तव्य बनाउँदै आएका छन ।
तीन÷चार दशकअघिसम्म विदेशमा न्यून सङ्ख्यामा देखिने नेपाली यति बेला आआफ्नो क्षेत्रमा स्थापित मात्र भएका छैनन् कतिपय त मेयर र सांसदसमेत भएका छन् । नेपाली समुदायको उल्लेखनीय बसोबास रहेको अमेरिका, संयुक्त अधिराज्य (बेलायत), अस्टे«लिया, क्यानडा, जापानलगायतका देशमा नेपालीले दसैँलगायतका चाडपर्वमार्फत आफ्नो संस्कृति र पहिचानलाई स्थापित पनि गरिरहेका छन् । कतिपय विदेशी नागरिकले दसैँलाई नेपालीको ‘व्रिmसमस’ समेत भन्ने गर्छन् । अमेरिका र बेलायत जस्ता देशमा दोस्रो र तेस्रो पुस्ता तयार भइसक्नुले पनि भविष्यमा नेपालीले स्थानीय र केन्द्रीय राजनीति, उद्योग व्यापारलगायतका क्षेत्रमा आफ्नो प्रभाव राख्न सक्ने देखिन्छ । नेपालीको बढोत्तरीसँगै उनीहरूले ती देशमा आफ्नो कला, धर्म, संस्कृति, सभ्यता, परम्परा, संस्कार भने छोडेका छैनन् ।
नेपालमा मनाइने हरेक चाडपर्वलाई उस्तै ढङ्गले विदेशमा मनाउँदै आएका छन । दसँैतिहार, छठ, उधौली, बुद्ध पूर्णिमा, ल्होसारलगायत हरेक पर्व उत्साहपूर्वक मनाउँदै आएका छन् । जसले मूल रूपमा नेपाली संस्कृतिको प्रवर्धन गरिरहेको छ । नेपालीको प्रभावले नै हुनु पर्छ अमेरिकाको बाल्टिमोर राज्यमा ‘दसैँ डे’ दिने बिल नै पास भएको छ । बेलायतका सरकार प्रमुखले दसैँको अवसरमा नेपाली समुदायका मानिसलाई बोलाएर शुभकामना नै दिन्छन् । अस्ट्रेलिया, क्यानडा र अमेरिकालगायतका सरकार प्रमुखले दसैँ र दीपावलीको शुभकामना दिँदै आएका छन् ।
बहुभाषिक, बहुजातीय धर्मनिरपेक्ष नेपालमा हरेक जातजातिले आफ्नो चाडपर्व विशेष उत्साहका साथ मनाउँछन् । त्यसमध्ये बहुसङ्ख्यक नेपालीले मनाउने दसैँ एउटा विशेष पर्व नै हो । नेपालीको उल्लेखनीय बसोबास रहेको बेलायतमा गत वर्ष झैँ यस वर्ष पनि विविध कार्यव्रmमका साथ पूर्णिमासम्म दसैँ मनाइने भएको छ । बेलायत आएर पनि नेपालीले आफ्नो मौलिक चाडपर्व, कला संस्कृति र रहनसहन भुलेका छैनन् ।
नेपालीको बाक्लो बसोबास रहेको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा दसैँको अवसरमा विशेष पूजा मात्र होइन, भजनकीर्तन हुने बताउनुहुन्छ मन्दिरका मूल गुरु नीलहरि घिमिरे । “हरेक वर्ष नेपाल बिर्साउने गरी दसैँ मनाउने गरिन्छ,” उहाँ भन्नुहुन्छ । गत वर्ष मन्दिरमा ७५० जनाले टीका जमरा लगाएको उहाँ स्मरण गर्नु हुन्छ । नेपाली समुदाय आफैँले दानदातव्य, चन्दा उठाएर निर्माण गरेको पशुपतिनाथ मन्दिरमा नेपालीले मनाउने हरेक पर्व उत्साहका साथ मनाइन्छ । “घटस्थापनामा दुर्गा स्थापना गरेर नौ कन्याको पूजा गरी टीका, जमरा राखिन्छ । नेपाली परम्परा अनुसार दैनिक चण्डी पाठ गरिन्छ,” उहाँले भन्नुभयो ।
सन् २००० को दशकको सुरुतिर लन्डनको दक्षिणपूर्वी क्षेत्रमा नेपालीको बसोबास कम रहेको अवस्थामा २००२ मा सामूहिक टीका जमरा लगाउन सुरु गरिएको थियो । सुरुवातमा सभाहल भाडामा लिएर सामूहिक रूपमा दसैँ मनाएको स्मरण गर्दै घिमिरे भन्नुहुन्छ, “सन् २००९ मा मन्दिरले आफ्नै भवन बनाएसँगै मन्दिरमै टीका जमरा राख्न थालियो । त्यो समयदेखि मानिसहरू मन्दिरमै आएर जमरा लिने चलन बढेको छ ।” अहिले कतिपय नेपालीको आफ्नै घर हुन थालेपछि घर घरमा पनि टीका लगाउन थालिएको उहाँले बताउनुभयो । अहिले यस क्षेत्रको प्रायः गल्लीमा दसैँका बेला निधारमा टीका लगाएर नेपाली निर्धक्क हिँड्छन् । त्यही देखेर होला यहाँका स्थानीयले दसँैलाई गोरखाको दसँै भनेर चिन्छन् ।
विधिपूर्वक दसैँ मनाइरहँदा बेलायतमा जन्मे हुर्केका बालबालिकाले पनि दसँै बारे ज्ञान पाएका छन् । जसले गर्दा उनीहरूलाई नेपालको संस्कृतिका बारेमा जानकारी हुन्छ नै साथीभाइलाई पनि नेपालीको चाड दसैँ भनेर सगौरव सुनाउन पाएका छन् । यति मात्र होइन विदेशीसँग विवाह गरेका नेपाली युवकयुवती पनि दसैँमा टीका जमरा ग्रहण गर्न मन्दिरमा आउने गुरु घिमिरे बताउनुहुन्छ । यसबाहेक स्थानीय तहमा निर्वाचित मेयर, काउन्सिलर मात्र होइन स्थानीय व्यापारी र सांसदलाई पनि दसैँको शुभकामना आदानप्रदान कार्यव्रmममा निमन्त्रणा गर्ने प्रचलन बनेको छ । यहाँका स्थानीयको दसैँप्रति श्रद्धा रहेको र उनीहरूले दसैँ नेपालीको ‘व्रिmसमस’ भनेर बुझ्ने गरेको घिमिरे बताउनुहुन्छ ।
थाइल्यान्ड र म्यान्मारमा ‘केएलजी’ बस्नुभएका गुरु घिमिरेले त्यहाँ पनि नेपालीले सामूहिक रूपमा दसैँ मनाउने अनुभव सनाउनुहुन्छ । म्यान्मारको याङ्गुनमा रहेका रामजानकी मन्दिरमा प्राचीन नेपालमा जसरी दसैँ मनाइने उहाँ बताउनुहुन्छ । थाइल्यान्डको बैङ्ककमा रहेका व्रिmनाथ देवालयमा पनि दसैँमा सयौँको सङ्ख्यामा टीका जमरा ग्रहण गर्न आउने जानकारी दिनुभयो ।
उल्लेख्य नेपाली जनसङ्ख्या रहेको लन्डनको अल्डरसटस्थित शिव मन्दिरमा पनि दसैँभरि निकै चहलपहल हुने गर्छ । शिव मन्दिर सांस्कृतिक तथा सामुदायिक केन्द्रमा नवदुर्गा पूजा गर्न नेपालीको घुइँचो लाग्ने गर्छ । केन्द्रका संरक्षक रोहित गुरुङले नवदुर्गाको स्थापना गरेर घटस्थापनादेखि विधिवत् रूपमा जमरा राख्ने, पण्डित बोलाएर १० दिनसम्म पूजा गर्ने, चण्डी पाठ गर्ने बताउनुहुन्छ । यहाँ नौमती बाजा बजाएर फूलपाती भित्र्याउने गरिन्छ । उहाँ यहाँ रहेको गुम्बामा पनि कार्य गरिने बताउनुहुन्छ । दसैँमा स्थानीय जनप्रतिनिधि र सांसदलाई बोलाएर शुभकामना आदानप्रदान गर्दै भोजन गराउने उहाँ बताउनुहुन्छ । बेलायतका मन्दिरमा दसैँमा काटमार गर्ने चलन छैन । त्यसैले अतिथिलाई साकाहारी भोजन गराइन्छ । सर्वसाधारणको माग अनुसार मन्दिरमार्फत जमरा बाँड्ने पनि गरिन्छ । दसैँको समयमा मन्दिरमा रामचरित मानसको नाटक देखाउने र नृत्यसमेत गरिन्छ । “यसले बालबालिका र नयाँ पुस्तामा सांस्कृतिक ज्ञानको पनि विकास हुँदै जान्छ । दसैँ भव्य रूपमा मनाएको देखेरै होला रसमुरबोरोको फानबरो, अल्डसट मात्र होइन नजिकका अन्य क्षेत्रका स्थानीयमा दसैँ नेपालीको ‘व्रिmसमस’ भन्ने मान्यता स्थापित भएको छ,” उहाँ भन्नुहुन्छ, “त्यस दिन काउन्सिलले आफ्ना नेपाली कर्मचारीलाई बिदा दिन्छ । विद्यालयमा पनि माग अनुसारको बिदा पाइन्छ ।”
नेपालीको महान् पर्व दसैँ ब्रिटिस सेनाको गोरखा रेजिमेन्ट्सभित्र परेड गर्दै धुमधामका साथ मनाइन्छ । लेफ्टिनेन्ट कर्नेल (अवकाश) टोल खाम्चा भन्नुहुन्छ, “घटस्थापनामा विधिपूर्वक जमरा राखेसँगै पूर्णिमासम्म दसैँ मनाइन्छ । सो व्रmममा नेपालमा जस्तै दैनिक पूजा गर्ने र टीकाको दिन फूलपाती सेलाउन थालेको वर्षौं भइसक्यो ।” यहाँका हरेक रेजिमेन्ट्समा एक जना अधिकृतस्तरको पण्डितको दरबन्दी रहेको छ । यहाँको क्विन्स गोरखा इन्जिनियर रेजिमेन्ट, क्विन्स गोरखा सिग्नल रेजिमेन्ट, क्विन्स वन लजिस्टिक गोरखालगायतका रेजिमेन्ट्समा पण्डितको दरबन्दी छ । यसबाहेक दुई जना लामाको पनि दरबन्दी रहेको छ । यसले यहाँको सांस्कृतिक विविधतालाई महìव दिएको देखिन्छ । पण्डितको दरबन्दी भएको रेजिमेन्ट्समा गुरुले विधिपूर्वक पूजाआजा गरेर दसैँ मनाउने उहाँ बताउनुहुन्छ । अन्य स्थानमा जस्तै रेजिमेन्ट्समा पनि दसैँमा पशुबलि दिने चलन छैन । उहाँ भन्नुहुन्छ, “कुभिन्डो र काँव्रmो काट्छौँ ।” दसैँको दिन सबै तहका सेना एउटै मेसमा बसेर रमाइलो गर्छन् । सेनाको वरिष्ठ अधिकृत र पाको व्यक्तिले टीका जमरा लगाउने चलन रहेको उहाँ बताउनुहुन्छ । यसबाहेक वर्षभरि रेजिमेन्ट्सलाई सहयोग गर्ने व्यक्ति र सङ्घ संस्थालाई दसैँको दिन शुभकामना आदानप्रदान र धन्यवाद दिने चलन रहेको छ । गोरखा रेजिमेन्ट्समा नेपाली मात्र होइन, त्यहाँ कार्यरत अन्य समुदायका सैनिकले पनि टीका जमरा लगाएर रमाइलो गर्छन् । यसले हाम्रो संस्कृति अन्य समुदायको संस्कृतिबिच प्रवर्धन भइरहेको उहाँको बुझाइ छ ।
चार दशकअघि बेलायतमा सामूहिक रूपमा टीका जमरा लगाउने गरेको स्मरण गर्नुहुन्छ महन्थ श्रेष्ठ । करिब चार दशकदेखि बेलायतमा बसोबास गर्दै आउनुभएका श्रेष्ठले त्यति बेला बेलायतको सबैभन्दा पुरानो नेपाली संस्था यति एसोसिएसनले दसैँमा सामूहिक रूपमा दसैँ मनाएको सम्झना गर्नुहुन्छ । पछि नेपाली समुदायको सङ्ख्या बढेसँगै समूहबाट घर घरमा टीका लगाउन थालिएको उहाँ बताउनुहुन्छ । नेपाल पर्यटन बोर्डको बेलायतका लागि अवैतनिक जनसम्पर्क प्रतिनिधिसमेत रहनुभएका श्रेष्ठले नयाँ पुस्ताले दसैँलाई फरक ढङ्गले मनाइरहेको बताउँदै उनीहरूलाई नेपालको संस्कृति र संस्कारका बारेमा थप जानकारी दिन सके आगामी पुस्ताले त्यसलाई निरन्तरता दिने बताउनुहुन्छ ।
बेल्जियमका नेपालीले पनि दसैँ भव्य रूपमा मनाउँछन् । बेल्जियममा रहेका विभिन्न नेपाली सङ्घ संस्थाले दसैँमा नाचगान गर्ने, आफन्त भेट्ने, खानपिन गर्ने गर्छन् । पोर्चुगलका फोटोग्राफर अर्जुन जैसवालले घरमै रमाइलो गरेर दसैँ मनाउँदै आएको बताउनुहुन्छ । पछिल्लो समय पोर्चुगलमा नेपालीको सङ्ख्या बढेकाले सांस्कृतिक कार्यव्रmम गरेर पनि दसैँ मनाइने उहाँ बताउनुहुन्छ ।
डेढ दशकदेखि अस्ट्रेलियामा बस्दै आउनुभएका नेपाल न्युज अस्ट्रेलियाका सम्पादक कृष्ण तिवारीले अस्ट्रेलियामा दसैँ धुुमधामसँग मनाउने गरिएको बताउनुहुन्छ । नेपालीको आगमनमा वृद्धि भएसँगै दसैँ मनाउने तरिका नेपालमा जस्तै नै हुँदै गएको उहाँले बताउनुभयो । अस्ट्रेलियाका विभिन्न राज्यमा करिब एक लाख ५० हजार सङ्ख्याको हाराहारीमा नेपाली छरिएर बसेको अनुमान छ । यहाँ नेपालमा जस्तै घर घरमा खसी ल्याउने चलन बढ्दै गएको तिवारी बताउनुहुन्छ । यहाँका खसी फार्ममा आफैँ गएर वा बुचर सपमा खसीको माग गरेर खसी किन्ने चलन व्यापक बढेको छ । अधिकांश नेपाली दसैँमा सकभर कामबाट बिदा लिएर नै बस्ने गरेको उहाँको अनुभव छ । “बिदा लिन नमिल्नेहरू पनि कामबाट आएर दसैँको टीका थाप्न आफन्तजनको जाने चलन बढ्दो छ ।” दसैँको दिन प्रायः नेपाली नेपालमा जस्तै घर घरमा टीका र आशीर्वाद थाप्न आफन्तजनकोमा जाने चलन छ । नेपालीहरू आफ्नो पायक पर्ने मन्दिरमा जाने, मन्दिरबाट जमरा ल्याउने अथवा आफ्नै घरमा समेत जमरा राख्ने गर्छन् । नेपालमा जस्तै अस्ट्रेलियामा पनि दसैँमा मिठा मिठा परिकार जस्तै सेलरोटी, फिनी, अनरसा, मासु चिउरा आदि बनाएर खाने तथा तास खेल्ने चलन छ । अस्ट्रेलियामा रहेको हिन्दुु समाज अस्ट्रेलियाले दसैँको घटस्थापनाको दिन नवदुुर्गाको पूजा गरी जमरा राख्ने तथा अष्टमी पूजा अनि जमरा वितरण गर्दै आएको छ । प्रवासमा आफ्नो रीतिरिवाज, धर्म संस्कृतिलाई नयाँ पुुस्तामा पुस्तान्तरण गर्न दसैँ सामुदायिकस्तरमै मनाउनु जरुरी रहेको तिवारी बताउनुहुन्छ ।
डेनमार्कस्थित नेपाली दूतावासका नियोग उपप्रमुख तीर्थ अर्यालले दसैँको अघिपछि नेपाली समुदायबिच भेटघाट हुने बताउनुहुन्छ । यहाँ रहेका विभिन्न नेपाली सङ्घ संस्थाले पनि दसैँका अवसरमा विभिन्न कार्यव्रmम आयोजना गर्छन् । दसैँको दिनमै बिदा पाउन गाह्रो हुने भएकाले आफ्नो अनुकूल समय पारेर टीका जमरा लगाउँछन् । दूतावासले दसैँको दिन शुभकामना आदानप्रदान र टीका जमरा कार्यव्रmम गर्ने उहाँ बताउनुहुन्छ । परदेशीको दसैँ ठ्याक्कै नेपाल जस्तो नभए पनि नेपालको झल्को दिने खालको भने हुने उहाँको भनाइ छ । जापानमा पनि घटस्थापनामा जमरा राखेर मान्यजनसँग टीका लगाउने गरिन्छ । नेपालीको बाक्लो उपस्थिति रहेको यहाँका नेपालीले काम सकेर आएर दसैँको दिन टीका लगाउने बताउनुहुन्छ टोकियोमा बस्ने कृष्ण गिरी । कोही कोही मन्दिर पनि जाने उहाँको भनाइ छ ।
बेलायतमाझैँ अमेरिकामा पनि दसैँ भव्य रूपमा मनाउने गरिन्छ । अमेरिकाका हरेक राज्यमा नेपाली समुदाय फैलिएर बसेको पाइन्छ । यद्यपि तीन÷चार राज्यमा नेपालीको बसोबास बाक्लो रहेको छ । जसमध्ये टेक्सास पनि एक हो, जहाँ करिब ३० हजार नेपाली बस्ने अनुमान गरिएको छ ।
टेक्सासको डलासस्थित श्री पशुपतिनाथ मन्दिर तथा बौद्ध विहारका पूर्वअध्यक्ष सुरेशचन्द्र पोखरेल नेपाली पात्रोले देखाएको तिथिमिति अनुसार प्रत्येक चाडपर्व अमेरिकी समय अनुसार मनाइने बताउनुहुन्छ । विविध कारणले सबैले घरमा जमरा राख्न नसक्ने भएकाले उहाँहरूको अनुरोधमा मन्दिरमा जमरा राखिने उहाँले जानकारी दिनुभयो । “करिब पाँच÷सात सय जना परिवारको जमरा राखिन्छ,” उहाँ भन्नुहुन्छ, “दसैँको दिन घरमा टीका लगाएपछि मन्दिरमा पनि गएर टीका लगाउने चलन छ । दसैँको दिन करिब एक हजार पाँच सयले टीका जमरा ग्रहण गर्ने पोखरेलले जानकारी दिनुभयो ।” “नेपाल मिस नहुने गरी दसैँ मनाइन्छ,” उहाँ भन्नुहुन्छ । अमेरिकामा नेपाली समुदायको दोस्रो पुस्ता तयार भइसकेको अवस्थामा दसैँलगायतका चाडपर्वमार्फत उनीहरूलाई नेपालको संस्कृति र संस्कारका बारेमा जानकारी दिन सकियो भने आगामी दिनमा यसले निरन्तरता पाउँछ । वास्तवमा विदेशमा बस्ने बालबालिकालाई संस्कृति पुस्तान्तरण गर्न जरुरी छ । यसो गर्न नसके समाज एकीकृत नहुने पोखरेलको तर्क छ ।
अमेरिकाका सांसद ह्यारी भण्डारीको प्रयासमा अहिले बाल्टिमोटर क्षेत्रमा ‘दसैँ डे’ आधिकारिक रूपमा मनाउने निर्णय पनि भएको छ । यसले नेपालको संस्कृतिलाई विदेशमाझ चिनाउने मौका मिलेको छ । यसले विविधतायुक्त समाजमा सामाजिक सद्भावको सन्देश जान्छ । यसले दसैँ पनि नेपालीको संस्कृति हो भन्ने विदेशीलाई देखाएको उहाँ बताउनुहुन्छ ।
यहाँको स्थानीय तहमा पनि दसैँ नेपालीको पर्व हो भन्ने परिसकेको छ । त्यसैले यस्ता चाडपर्वलाई सही तरिकाले मनाइयो भने संस्कृति जोगाउन ठुलो सहयोग पुग्छ । बालबालिकाले हाम्रो जग थाहा पाऊन् भनेर दसैँतिहार मात्र होइन नागपञ्चमी, तिज, जनैपूर्णिमा मात्र होइन उधौली र इन्दजात्रा पनि बनाउने गरिएको उहाँ बताउनुहुन्छ ।
यहाँको राज्यले अन्य संस्कृति र धर्मलाई स्विकारेको छ । संस्कृतिलाई महìव दिएको छ । दसैँको दिन मन्दिरबाट चिठी बनाएर दियो भन्ने कतिपय विद्यालयमा बिदा पनि दिने उहाँ बताउनुहुन्छ । यहाँको कानुनी दायराभित्र बसेर आफ्नो संस्कृतिको प्रवर्धन गर्न कुनै रोकतोक छैन । स्थानीय तहले मन्दिर निर्माणमा सहयोग गरेको उहाँले जानकारी दिनुभयो । अहिले पनि हरेक आइतबार करिब तीन सय नेपाली मन्दिरमा आउने उहाँ बताउनुहुन्छ । यसै गरी टेक्सासको वाकोमा पनि धुमधामका साथ दसैँ मनाइँदै आएको छ । वाको नेपाली सोसाइटीमार्फत सामूहिक र घर घरमा टीका जमरा लगाइने गरिने सोसाइटीका पवन अर्याल बताउनुहुन्छ । दसैँमा ठुलाले खानपिन, नाजगान गर्ने मात्र होइन बालबालिका र युवा पुस्ता पनि दसैँ नेपाली परम्परा अनुसार मनाउनु पर्छ भन्नेमा सजग छन् । दसैँको दिन नेपाली वेशभूषामा सजिएर नयाँ पुस्ता नेपाली मौलिक धुनमा नाचगान गर्नुले पनि भविष्यमा नयाँ पुस्ताले दसैँको संस्कृतिलाई निरन्तरता दिने कुरामा आफू विश्वस्त रहेको अर्याल बताउनुहुन्छ । टेक्सासबाहेक अमेरिकाका अन्य राज्यमा पनि नेपाली परम्परा अनुसार टीका जमरा लगाउनुका साथै त्यहाँ रहेका विभिन्न सङ्घ संस्थाले शुभकामना आदानप्रदान गर्छन् । लस एन्जल्स, बाल्टिमोर, भर्जिनिया, न्युयोर्कलगायतका सहरमा नेपाली मन्दिर र कम्युनिटी सेन्टर रहेका छन ।
क्यानडा, जर्मनी, स्पेन, फ्रान्स, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, माल्टा, नर्वे, अस्ट्रिया, साइप्रस, इजरायल, रुस, आयरल्यान्ड, कतार, मलेसिया, साउदी अरब, दक्षिण कोरिया, भारत, चीनलगायतका देशमा पनि नेपाली समुदायले व्यक्तिगत र सामूहिक रूपमा दसैँ मनाउँदै आएका छन् । यसरी दसैँ झल्काउने राता टीका, जमरा, मठ–मन्दिर, पूजाआजाका कार्यव्रmम व्यक्तिगत, पारिवारिक र सामुदायिक रूपमै विश्वभर देखिनुले नेपाली संस्कृति बलियो हुँदै गएको आभास मिल्छ । अवसरका लागि बिदेसिएका लाखौँ नेपाली आफ्नो भाषा, संस्कृतिको प्रवर्धनका संवाहक पनि बनिरहेका छन् ।