राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बेनीमा जारी महिला भलिबलको मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई पराजित गर्दै शसस्त्र प्रहरीको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।
गण्डकी प्रदेशमा अहिले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जारी छ । प्रतियोगिताको आयोजक हो, राष्ट्रिय खेलकुद परिषद (राखेप) । प्रतियोगितामा स्थानीय पालिका, जिल्ला हुँदै प्रदेशबाट खेलाडी छनोट भइ अहिले राष्ट्रिय खेलकुदमा खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले इथियोपियामा हिंसा बन्द गर्न आग्रह गर्नुभएको छ । उहाँले इथियोपियाको टिगरे क्षेत्रमा अहिले पनि हिंसा जारी रहेकाले हिंसा रोक्नुपर्ने र सो क्षेत्रमा इरिट्रयाका सेना रहेकाले ती सेना पनि फर्किनुपर्ने बताउनुभएको हो ।
धनगढी उपमहानगरपालिका–८ की ललिता सोब एकल महिला हुनुहुन्छ । बेरोजगार उहाँ एकल महिला भत्ताको भरमा जेनतेन गुजारा गर्दै आउनुभएको छ । एकल महिलाले क्षमतानुसारको रोजगारी पाउनुपर्ने माग राख्दै आउनुभएकी ललिताले उम्मेदवारले यस्ता सवाल सम्बोधन गर्न पहल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कैयौँ निर्वाचनमा भोट खसालिसकेँ तर हामीजस्ता महिलाको समस्या दीर्घकालीन रूपमा समाधानका लागि पहल गर्ने जनप्रतिनिधि भेटिएका छैनन् । अब हुने निर्वाचनका उम्मेदवारले कम्तीमा पनि यस्ता सवाललाई समेट्नुपर्दछ ।”
तीन महिनामा कैलालीमा ४२३ जनामा डेङ्गु सङ्क्रमण भएको छ । वर्षायामको बेला अत्यधिक व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कैलालीमा यो वर्ष सबैभन्दा बढी धनगढी उपमहानगरपालिकामा सबैभन्दा बढी व्यक्तिमा डेङ्गु सङ्क्रमण भएको छ । यो पालिकामा अहिलेसम्म डेङ्गुका बिरामीको सङ्ख्या १४१ पुगेको छ ।
डडेल्धुरामा यस आर्थिक वर्षमा ५२ वटा विद्यालय भवन बन्ने भएका छन् । सामाजिक विकास कार्यालय डडेल्धुराअन्तर्गत विभिन्न विद्यालयमा चार र दुईकोठे गरेर ५२ वटा भवन निर्माण गरिने भएको छ । आर्थिक वर्ष २०७९/८० मा वर्षको बजेट र योजनाबारे सो कार्यालयले आइतबार अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा दिइएको जानकारीअनुसार ४० लाख रुपियाँका दरले ११ वटा चारकोठे र २१ लाख रुपियाँका दरले ४१ वटा दुईकोठे भवन निर्माण गरिनेछन् । यस्तै २० लाख रुपियाँमा एउटा दुईकोठे भवन निर्माण गरिने सो कार्यालयका प्रमुख प्रयागराज जोशीले जानकारी दिनुभयो ।
बाढीपहिरोले क्षति पु-याएका कर्णालीका सङ्कटग्रस्त क्षेत्रमा राहत पु-याइएको छ । असोज १९ गतेदेखि परेको वर्षाले क्षति पु-याएका स्थानलाई सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको थियो । कर्णालीका चार जिल्लामा प्रदेश सरकारले हेलिकोप्टरबाट अत्यावश्यकीय राहत सामग्री पु-याएको हो ।
झापामा मोटरसाइकल दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ । बिर्तामोड–२ स्थित बेलडाँगीमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको ज्यान गएको हो ।
कालीकोट जिल्लामा १२ दिनपछि अवरुद्ध विद्युत् प्रसारण लाइन सञ्चालन भएको छ । असोज १९ गते बिहान ११ बजेबाट अवरुद्ध भएको विद्युत् सेवा ३० गते रातिबाट सञ्चालन भएको हो । अविरल वर्षापछिको पहिरोले विद्युत् प्रसारणका पोल ढल्दा दैलेखको दुल्लुलगायतका ठाउँठाउँमा विद्युत्का पोल ढल्नुका साथै
भरतपुर अस्पतालको मेडिसिन कक्ष डेङ्गु र स्क्रबटाइफसका बिरामीले भरिएको छ। अस्पतालका मेडिसिन वार्डका लागि छुट्याइएको ५२ शय्यामध्ये अधिकांश डेङ्गु र स्क्रबटाइफसले भरिएको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिनुभयो। आकस्मिक (इमर्जेन्सी) कक्षमासमेत अधिकांश बिरामी डेङ्गु र स्क्रबटाइफसका छन्। अस्पतालका १२ शय्या अब्जरभेसन, ३५ शøया आकस्मिक, २० शøया आईसीयूमध्ये ७० प्रतिशतभन्दा बढी डेङ्गु र स्क्रबटाइफसका बिरामी रहेका छन्।
कर्णाली राजमार्ग पहिरोले बन्द भएपछि जुम्लाको हवाई टिकटमा चाप परेका कारण टिकट वितरणमा नयाँ व्यवस्था सुरु गरिएको छ । टिकटका लागि विमानस्थलमा भीड बढेको र टिकट प्रणाली व्यवस्थापन गर्न कठिन भएपछि पहिलो चरणमा विमानस्थलमा पुगेका नागरिकलाई लाम लगाएर ११ वटा टिकटको दरले सातवटा उडानको रकम समेत उठाइएको छ ।
वर्षापछि मर्मत गरिएका जिल्लाका अधिकांश सडक पुनः अवरुद्ध भएका छन् । सदरमुकामबाट पालिका पुग्ने मुख्य सडक र अन्य ग्रामीण सडक मर्मतका लागि स्थानीय तह पुनः जुटेका हुन् । खलङ्गा–कालीमाटी, खलङ्गा–जयतपानी–सल्लीबजार, थारमारे–चौरपानी–चौरजहारी, श्रीनगर–दहखोला, मोखला–दमाचौरलगायत तीन दर्जन बढी सडक अवरुद्ध बनेका छन् । मर्मत गरेको केही दिनमा नै आएको वर्षाले पुनः सडक अवरुद्ध हुँदा पालिकालाई व्ययभार थपिएको छ । दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले सदरमुकामबाट पालिका जोड्ने मुख्य सडकलाई मर्मत गरी सञ्चालन गरिएको बताउनुभयो ।
काठमाडौं उपत्यकाको तापक्रम मङ्गलबार १२ डिग्री सेल्सियसमा झरेको छ । मनसुन बाहिरिएसँगै पछिल्लो समय न्यूनतम तापक्रम ह्वात्तै सुधार आउँदा चिसो बढेको छ ।