दसैँतिहार पर्व सुरु भएसँगै बझाङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने साइपाल गाउँपालिकाबाट करिब चार करोड रुपियाँ मूल्य बराबरका भेडाच्याङ्ग्रा बिक्रीवितरणका लागि गण्डकी प्रदेशको कास्की पोखरा निर्यात गरिएको छ । यस गाउँपालिकाबाट २२ ट्रक भेडाच्याङ्ग्रा बिक्रीका लागि पोखरा पु¥याएको जानकारी स्थानीय जनप्रतिनिधिले नै दिएका हुन् । निकै कम खाद्यान्न उत्पादन हुने साइपाल क्षेत्रका स्थानीयको मुख्य आम्दानीको स्रोत भेडापालन तथा जडीबुटी हो ।
सार्वजनिक यातायातका साधनमा नयाँ भाडा दर लागु भए पनि बाजुराका सवारीचालकले भने पुरानै भाडादर उठाउने धन्दा यथावत् राखेको स्थानीयले गुनासो गरेका छन् । असोजमा जिल्ला प्रशासन कार्यालय सवारीसाधनको नयाँ भाडादर कायम गरेको हो । चालकले मनोमानी भाडा लिने गरेको गुनासो स्थानीय बाजुरावासीको छ। खप्तड छेडेदह गाउँपालिका–५ का स्थानीय धन रावतले सार्वजनिक सवारीसाधनको नयाँ भाडादर तोकिए पनि पुरानै भाडा लिने गरेको बताउनुभयो ।
गुल्मीमा डोजर (डोजर) को ठक्करबाट एक वृद्धको ज्यान गएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १४ मा डोजरको ठक्करबाट सोही वडाका ९२ वर्षीय ९२ कृष्ण बहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सोमबार राति आएको ठुलो हावाहुरीसहितको पानीले रुपन्देहीको धानबालीमा ठुलो क्षति गरेको छ । किसानले काट्न तयारी गरिरहेको अवस्थामा आएको हावाहुरीसहितको पानीले अधिकांश खेतको धान सुताएको छ । धान पानीले भिजेका कारण उत्पादनमा समेत ठुलो असर पु¥याउने अवस्था देखिएको कृषि ज्ञान केन्द्र रुपन्देहीले जनाएको छ । कृषि ज्ञान केन्द्रका अनुसार किसानले पाकेर काटेको धान, पाक्नै लागेको र पसाएर फुल्दै गरेका धान बालीमा क्षति पुगेको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकृत अनिलकानु बानियाँले किसानको क्षति भएको धानको तथ्याङ्क सङ्कलनको काम भइरहेको बताउनुभयो ।
दाङको घोराही–तुलसीपुर चार लेन सडक मर्मतको काम पूरा नहुँदै म्याद सकिएको छ । चार लेन सडक निर्माण लामो समयसम्म अलपत्र परेको थियो । २०८० असोज मसान्तसम्म सडक मर्मत गरिसक्ने गरी गएको असार १८ गते सडक डिभिजन कार्यालय दाङले दुई वटा निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । ठेक्का सम्झौता अनुसार सडक मर्मतको काम सकिनुपर्ने भए पनि अहिलेसम्म करिब ६० प्रतिशत मात्रै काम सकिएको छ ।
पर्वत जिल्लाको पवित्र कालीगण्डकी नदीको काखमा अवस्थित फलेवास नगरपालिकालाई भौगोलिक विविधताले भरिएको रमणीय क्षेत्र मानिन्छ । फलेवास कृषि उत्पादनका दृष्टिले पर्वत जिल्लाकै महत्वपूर्ण क्षेत्र हो । यो पालिका राजनीतिक विभाजन अनुसार पर्वत जिल्ला निर्वाचन क्षेत्र नं. २ मा पर्छ । यहाँ साना उद्योग, वन पैदावारको राम्रो सम्भावना छ । प्राकृतिक सौन्दर्यले पर्यट
गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्र भन्सार नाकालाई तत्कालीन सरकारले ‘क’ श्रेणीको भन्सार घोषणा गरेको थियो । विकासका पूर्वाधार निर्माण गरी नाका चाँडै विस्तार गर्ने भनिए पनि अहिलेसम्म यो नाका नाम मात्रको भन्सार कार्यालय भएको छ । गण्डकी प्रदेशको एक मात्र पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सारलाई मूल भन्सारका रूपमा स्तरोन्नति गरिएको पाँच वर्ष बित्यो तर त्यो कागजमा मात्रै सीमिति भयो ।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आज बिहानदेखि टिपर सञ्चालनमा रोक लगाएको छ । चाडपर्वमा हुने सवारीसाधन दुर्घटनाको ख्याल गर्दै टिपर सञ्चालनमा रोक लगाएको हो ।
दसैँका बेला चङ्गा उडाएर रमाइलो गर्ने जमात हिजोआज देखिँदैन । दसैँको चहलपहल सुरु भएदेखि घरपरिवार, आफन्त, साथीभाइ जम्मा भएर आकाशमा चङ्गा उडाएर मनोरञ्जन गर्ने चलन अहिले हराउँदै गएको छ ।
यस वर्षको दसैँको उमङ्ग सबैभन्दा बढी जन्मभूमि छाडेर विदेशलाई आफ्नो बनाएका गैरआवासीय नेपालीमा छाएको छ किनभने अब उनीहरूले यहाँको पनि नागरिकता पाउन थालेका छन् । कानुनतः विदेशी बनेका गैरआवासीय नेपालीहरूको छाता सङ्गठन गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ विश्व सम्मेलनका सिलसिलामा काठमाडाैँमा आएका बखत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनआरएनए अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीलाई नेपा
संयुक्त राज्य अमेरिका नेपालको पुरानो विकास साझेदार राष्ट्र हो । ७६ वर्षदेखि अमेरिकाले नेपालको लोकतन्त्र सबलीकरण, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा आर्थिक तथा प्राविधिक सहयोग गर्दै आइरहेको छ, जसले आधुनिक नेपाल निर्माणमा महìवपूर्ण योगदान पु¥याएको छ । विकाससँगै नेपालमा लोकतन्त्रको स्थापना र यसको संरचनागत विकासमा पनि अमेरिकाको अहम् भूमिका रहँदै आएको छ । पछिल्लो समयमा सङ्घीयता कार्यान्वयनमा पनि अमेरिकी चासो बढेको छ । अमेरिकाले कृषिलाई व्यवसायीकरण, जलवायु परिवर्तन, दिगो विकास तथा शिक्षा क्षेत्रमा पनि लगानीको दायरा बढाएको छ ।
एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा जब दसैँ सुरु हुन्थ्यो, तब गाउँमा घर रङ्गाउने चटारो हुन्थ्यो । बारीमा रहेको रातोमाटो र सेतो कमेरो निकाल्न स्थानीयलाई भ्याइनभ्याइ हुन्थ्यो । तर अहिले त्यो चलन हराउँदै गएको छ ।
धार्मिक तथा जातीय असमझदारीले हुने द्वन्द्वको समाधानका लागि स्वतन्त्र बुद्धिजीवीहरूले नयाँ तथ्यहरू पस्किएका छन् । पक्ष–विपक्ष आमने–सामने भएर एकअर्कालाई चुनौती दिइरहँदा पनि संयमता प्रदर्शन भए अप्रिय घटना घट्दैनन् । स्थानीय प्रशासनको निषेधाज्ञादेखि स्थानीय जनताको समझदारी सँगै भाषा–संस्कृतिको प्रभाव पनि महत्वपूर्ण हुन्छ ।
नोबेल पुरस्कार विश्वकै प्रतिष्ठित र सम्मानित अन्तर्राष्ट्रिय पुरस्कार हो । यो पुरस्कार पाउने व्यक्ति तथा संस्थाको सान र मान उच्च रहन्छ । स्विडेनका वैज्ञानिक तथा विस्फोटक पदार्थ डाइनामाइटका आविष्कारक अल्फ्रेड नोबेलले सन् १८९५ आफ्नो अथाह सम्पत्तिबाट अक्षय कोष खडा गरी नोबेल पुरस्कार स्थापना गर्नुभएको हो । त्यसपछि सन् १९०१ देखि विभिन्न विधामा उत्कृष्ट व्यक्ति तथा संस्थालाई नोबेल पुरस्कार दिन थालियो । सुरुमा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तिका लागि यो पुरस्कार दिने व्यवस्था गरिएको थियो । सन् १९६८ देखि अर्थशास्त्रमा समेत यो पुरस्कार दिन थालियो । यी पुरस्कारस्व
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मा विश्वभरबाट ९७ हजार जति सदस्य रहेका छन् । यी सदस्यका चार हजारभन्दा बढी प्रतिनिधि सहभागी भएर सङ्घको एघारौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन अहिले काठमाडौँमा धुमधामका साथ चलिरहेको छ । ‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रका साथ सन् २००३ मा स्थापित यो संस्थाले गौरवमय २० वर्ष पूरा गरेको छ । अहिलेसम्म ८७ मुलुकमा सङ्घको राष्ट्रिय समन्वय परिषद् स्थापना गरी नेपालीको सर्वाधिक ठुलो साङ्गठनिक सञ्जालका रूपमा यो संस्था बनेको छ ।