सिगानामा दसैँ अगावै फलेका बेमौसमी सुन्तला टोपबहादुर खड्काले प्रतिकेजी एक सयका दरले बिक्री गर्नुभयो ।
धनकुटाको व्यापारिक तथा पर्यटकीय नगरी हिले बजारमा सडक बत्ती जडान गरिएको छ । हिले बजारको दुई किलो मिटरको क्षेत्रमा करिब सात लाख ५० हजार रुपियाँको लागतमा एक सय बढी सडक बत्ती जडान गरिएको धनकुटा नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष ओङ्दा तामाङले जानकारी दिनुभयो ।
प्रदेश राजधानी रहेको सुर्खेत वीरेन्द्रनगर नगरपालिका-११ झुप्रा खोला किनारका वादी समुदायले ३६ वर्षदेखि दसैँको अनुभूति गर्न पाएका छैनन् ।
विजया दशमीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिनुहुने भएको छ ।
अछामका डम्बर साउदले ७२ वर्षको उमेरमा नागरिकता प्राप्त गर्नुभएको छ । मेल्लेख गाउँपालिका वडा नम्बर ७ का साउदलाई बुधबार जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले नागरिकता हस्तान्तरण गर्नुभयो ।
बजारमा चिनी अभाव भएपछि काठमाडौँको सुपथ मूल्य पसलमा धादिङदेखि मानिसहरू दुई किलो चिनी किन्नका लागि काठमाडौँ आएका छन् ।
पर्वतमा गाईभैँसीलाई सुत्केरी पोषण भत्ता वितरण गर्न थालिएको छ । जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको हो ।
दसैँ सुरु भएसँगै उपत्यका छाड्नेको सङ्ख्या बढ्दै गएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरेको छ ।
भारत र चीनसँग सीमा जोडिएका कोशी प्रदेशअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधिहरूले सीमावर्ती क्षेत्रबाट हुने आपराधिक, अराजक तथा अवैध गतिविधि नियन्त्रणका लागि सीमा सुरक्षामा परिचालित सुरक्षा निकायलाई आ–आफ्नो तहबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
निसीखोला गाउँपालिकाको विभिन्न स्थानमा अवरुद्ध भएका ग्रामीण सडक सञ्चालनमा आएसँगै सामान ढुवानी गर्न सहज भएको छ । वर्षाका कारण अवरुद्ध भएका सडक निसीखोला गाउँपालिकाले यही साता सञ्चालनमा ल्याएको हो ।
निसीखोला गाउँपालिकाको विभिन्न स्थानमा अवरुद्ध भएका ग्रामीण सडक सञ्चालनमा आएसँगै सामान ढुवानी गर्न सहज भएको छ । वर्षाका कारण अवरुद्ध भएका सडक निसीखोला गाउँपालिकाले यही साता सञ्चालनमा ल्याएको हो ।
गत वर्ष दायित्व सिर्जना भइ भुक्तानी हुन बाँकी रहेको निर्माण व्यवसायीहरुको ६ अर्ब रुपिया भुक्तानी हुने भएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज काठमाडौँको वसुन्धरास्थित लिङ्ग भैरवीको मन्दिरमा पुगेर पूजाआजा गर्नुभएको छ । नवरात्रको अवसर पारेर पूर्वराष्ट्रपति भण्डारीले लिङ्ग भैरवीमा आज दिउँसो पूजा आराधना गर्नुभएको हो ।
पाल्पाको रिब्दिकोट गाउँपालिकामा अवस्थित भैरवस्थानमा नवदुर्गा सुरु भएसँगै विशेष पूजा गरिएको छ ।
मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठान हेटौँडा अस्पतालद्वारा सञ्चालित डायलासिस युनिटले डाइलायसिस सेवालाई तीव्रता दिएको छ । युनिटले दुवै मृगौला फेल भएका बिरामीको उपचारमा गरिने दैनिक डाइलायसिस सेवालाई तीव्रता दिएको हो ।