• २० असोज २०८१, आइतबार

पर्यटकीयस्थल भैरवस्थानमा विशेष पूजा

blog

बिन्दु थापा
पाल्पा, कात्तिक २ गते ।
पाल्पाको रिब्दिकोट गाउँपालिकामा अवस्थित भैरवस्थानमा नवदुर्गा सुरु भएसँगै विशेष पूजा गरिएको छ । मन्दिरको धार्मीक आस्थालाई बचाइराख्न अखण्ड दियो बालेर पूजा सुरु गरिएको हो । दुर्गा पूजा सुरु भएसँगै  भैरवस्थानमा दर्शन गर्नेको चहलपहल पनि बढ्न थालेको छ ।

पर्यटकीय विश्रामस्थल बन्दै गरेको पाल्पामा प्राकृतिक दृश्य अवलोकनका लागि पनि घुम्न आउने पर्यटक बढी हुन्छन् । यसैले बाह्य पर्यटक पनि पुग्ने गर्छन् ।  पाल्लाको रिब्दिकोट गाउँपालीकामा रहेको यो क्षेत्रमा पाल्पाबाट झर्ने र रुपन्देहीबाट निस्कने आन्तररिक पर्यटकको दिनहु भीड लाग्ने गर्छ । त्यतिमात्र नभइ  गुल्मी, अर्घाखाची लगाएतका नजिकका ठाउबाट उस्तै भीड लाग्ने गर्दछ  ।

तानसेन बजारबाट १० किलोमिटरमा पर्ने भैरवस्थान मन्दिर रिब्दिकोट गाउँपालिका ४ मा पर्दछ । भैरवस्थान पर्यटकीय क्षेत्र मात्र होइन पवित्र तिर्थस्थल पनि हो । एसियाकै सबैभन्दा सुन्दर ठूलो त्रिसुल सुसजित्त यो मन्दिर १६ औ शताब्दीमा पाल्पाली राजा मणिमुकुन्द सेनले स्थापना गर्नुभएको हो । यहाँ एक पटक दर्शन मात्र गरे पाप पखालिने धार्मिक विश्वास छ । यही विश्वासका साथ यहाँं नेपालसँगै भारतीय हिन्दु धर्मावलम्बीसमेत आउने गर्छन् ।

मन्दिरमा शिवरात्री, एकादशी र वैशाख महिनाका प्रत्येक शनिबार भीड लाग्छ । सोमबार र शनिबार पूजा गर्ने दर्शनार्थीको पनि भीड लाग्छ । यो क्षेत्रका बासिन्दाले नयाँ सवारीको साधन किन्दा यहाँ पूजा नगरी चलाउँदैनन् ।