नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक १३ दशमलव १८ अङ्कले बढेर एक हजार आठ सय ६४ दशमलव ६२ को बिन्दुमा कायम भएको हो ।
मासु तथा मासुजन्य पदार्थ उपभोगका लागि संवेदनशील मानिन्छ । मासुबाट रोग सर्ने सम्भावना बढी भएकाले मासु पसलको आफ्नै तापक्रम, मापदण्ड र सरसफाइ हुनु जरुरी छ ।
मानवीय आधारमा इजरायल र हमासबीच युद्धविराम गर्ने रुसी प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले अस्वीकार गरेको छ ।
नेकपा (एमाले) निकट भ्रातृ सङ्गठन युवा सङ्घ नेपालले कात्तिक २५ गतेदेखि पब्जी प्रतियोगिता गर्ने भएको छ ।
पोखरा नयाँबजार निवासी प्रेमबहादुर क्षत्री दसैँका लागि चिनी खरिद गर्न सोमबार दिउँसो पोखराको पृथ्वीचोकस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको सहुलियत पसलको बिक्री केन्द्र पुग्नुभयो । तर त्यहाँ चिनी नै बिक्रीमा नभएपछि रित्तो हात घर फर्कनुपर्यो ।
पूर्वी नवलपरासीको हुप्सेकोट–१ का महिला अर्ग्यानिक खेतीसँगै पिँडालु खेतीमा आत्मनिर्भर बनेका छन् । जुकेपानीमा पानीको अभाव भएका कारण धान, गहुँ, तोरीलगायत बाली नहुने भएपछि महिला पिँडालु खेतीमा लागेका हुन् ।
नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानीका लागि अर्जेन्टिनालाई आग्रह गरेको छ । नेपालका लागि अर्जेन्टिनाका राजदूत ह्युगो जाभियर गोवीसँग चेम्बर भवनमा आज (मङ्गलबार) भएको भेटमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले लगानीका लागि आग्रह गर्नुभएको हो ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिकामा तेस्रो नवलपुर बालिका सम्मेलन सुरु हुँदैछ । ‘बालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ तेस्रो नवलपुर बालिका सम्मेलन-२०८० आयोजना गरिएको हो ।
औद्योगिक कोरिडोरका रूपमा विकास हुँदैगएको बाँकेको जानकी गाउँपालिका –६, गनापुर क्षेत्रमा ६३ वटा ठुला उद्योग सञ्चालनमा आएका छन् ।
यसपालिको मनसुनका समयमा देशभर विपद्जन्य घटनाबाट ९२ जनाको मृत्यु भएको छ । ती घटनामा परेर ३० जना बेपत्ता भएका छन् भने एक सय ६८ घाइते भएका छन् ।
वरुण बेभरेज कम्पनी प्रालिबाट उत्पादित म्याद नाघेका लाखौँ मूल्यका पेय पदार्थ बरामद गरिएको छ ।
बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका –३ मल्लाज माझफाँटका महिलाले नौमती बाजा बजाउन थालेका छन् ।
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को सम्बन्धन, विद्यार्थी भर्ना र गुणस्तरका सम्बन्धमा गठित उपसमितिको कार्यविधि आगामी कात्तिक २० गतेसम्मका लागि थप गरेको छ ।
दाह्री कपाल पूरै फुलेका छन् । आँखामा पावरवाला चस्मा । जिउ नुघेको छ । गाला चाउरी परेका छन् । कावासोती –१० का झंगबहादुर विश्वकर्मा उमेरले झण्डै ७० वर्ष पुग्नुभयो । आरनको काम उहाँको पुर्ख्यौली पेसा हो ।
मुलुकभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरणका लागि महत्त्वपूर्ण मानिएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ मा चार सय केभी क्षमताको इनरुवा सबस्टेशन निर्माण सम्पन्न भएको छ ।