मधेश प्रदेशका सरकारले नेपाली कांग्रेसबाट बनेका तीन जना मन्त्रीलाई शुक्रबार पदमुक्त गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतले उनीहरुलाई पदमुक्त गर्नुभएको हो ।
नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन सुरु हुनुअघि नै फेन्सिङ प्रतियोगिता सकिएको छ । फेन्सिडमा नेपाल सेना च्याम्पियन बन्यो ।
मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि पाँचथरमा एक हजार १२ जना म्यादी प्रहरी छानिएका छन् ।
सावित्रा भण्डारीको दोहोरो ह्याट्रिक सँगै शसस्त्र प्रहरीको एपीएफ क्लबले महिला फुटबलमा सानदार जित निकालेको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत वालिङमा शुक्रबार भएको खेलमा एपीएफले प्रदेश–१ लाई ७–१ गोलले हरायो ।
अमेरिकी डलरको मूल्यमा लगातार उकालो लागेको छ । डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ । विश्व बजारमा अमेरिकी डलर बलियो भएसँगै नेपाली मुद्राको भाउ अवमूल्यन भएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् उद्योगपति विनोद चौधरीले रोजगारका लागि विदेशिने युवाहरुको जमातलाई स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।
गुल्मीका ३५ मतदानस्थल अति संवेदनशील सूचीमा परेका छन्।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको बेनीमा शुक्रबार देखि सुरु भएको महिला भलिबलमा बागमती प्रदेशले विजयी सुरुवात गरेको छ । बागमतीले प्रदेश १ लाई ३–० को सोझो सेटमा हरायो ।
खेतबारी, करेसाबारी रङ्गिन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले भ्याइनभ्याइ छ ।
सरकारले विदेशी लगानीको न्युनतम सीमा प्रतिविदेशी लगानीकर्ता दुई करोड रुपियाँ तोक्ने निर्णय गरेको छ।
बाँकेको बैजनाथ गाउँपालिकामा रहेको लक्ष्मी प्रथामिक विद्यालयको भौतिक पूर्वाधारहरुको अवस्था दयनिय बनेको छ । बाँकेको बैजनाथ गाँउपालिका वडा नम्बर ८ गुरदयालपुरको श्री लक्ष्मी प्रथामिक विद्यालयको अवस्था पनि डरलाग्दो छ ।
नेपाल सरकारका गृहमन्त्री एवम् सत्ता गठबन्धन रुपन्देही क्षेत्र नं ३ का प्रतिनिधि सभा उम्मेदवार बालकृष्ण खाणले नेपालमा जन्मिएका नागरिकले नागरिकता पाउनुु संवैधानिक अधिकार भएकाले सबै नागरिकलाई नागरिकता दिइने बताउनुभएको छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय गौरवको सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्धारित समयमा नै निर्माण सम्पन्न हुने बताउनुभएको छ ।
प्रतिनिधि तथा प्रदेश सभाको आसन्न निर्वाचनमा महोत्तरीमा बागी तथा स्वतन्त्र उम्मेदवारको बर्चस्व देखिएको छ । अधिकांश बागीहरुले दलको ह्विप अटेर गर्दै नाम फिर्ता लिन नमानेपछि आधिकारिक उम्मेदवारलाई यो निर्वाचन चुनौतीपूर्ण हुने आकंलन गरिएको छ ।
मङ्सिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि जिल्लामा चुनावी सरगर्मी बढेको छ ।