जिल्ला सदरमुकामदेखि सात कोशको दुरीमा रहेको महावै गाउँपालिकामा सात वटा वडा छन् । सडक पहुँच स्थापित नभएको महाबै गाउँपालिकाले सडक निर्माणलाई पहिलो प्राथमिकतामा राखेको छ । शिक्षा र स्वास्थ्यका योजनालाई पनि प्राथमिकतासाथ गाउँपालिकाले विकास गरिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बाट अध्यक्षमा निर्वाचित खेमबहादुर सिंहले पालिकाको विकास र समृद्धिमा नै योजनालाई केन्द्रित गर्दै आउनुभएको छ । प्रस्तुत छ, अध्यक्ष सिंहसँग गाउँपालिकाका विकास निर्माण, योजना र विकासका लागि देखिएका चुनौतीका सन्दर्भमा कालीकोट समाचारदाता प्रेमराज सिम्खडाले गर्नुभएको कुराकानी :
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सोमबार बिहान करिब १० बजे प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गर्नुभएको छ । मुख्यमन्त्री यादव पहिलो पटक जनस्वास्थ्य प्रयोगशाला पुग्नुभएको हो । निरीक्षणका व्रmममा उहाँले सेवा प्रवाहका बारेमा प्रयोगशालाका प्रमुख र सेवाग्राहीहरूसँग जानकारी लिनुभएको थियो ।
सुर्खेत बसपार्कमा दसैँ मान्न घर फर्किनेको भिड बढेको छ । घटस्थापनादेखि बसपार्कमा चहलपहल बढेको हो । शिक्षण संस्था बन्द भएकाले धेरैजसो विद्यार्थी यसअघि नै आफ्नो गाउँघर पुगिसकेका छन् । रोजगारीका लागि भारत गएका धमाधम गाउँ फर्किने क्रम बढेको छ ।
कर्णाली कोरिडोरसँग सडक पहुँच नभएका ग्रामीण बस्तीका मानिस बिरामी हुँदा डोली या डोकामा बोकेर अस्पताल लैजानुपर्ने बाध्यता छ । खार्पुनाथ गाउँपालिका–५ को खर्पेल गाउँका स्थानीय जनक शाहीले घरमा भाउजू बिरामी भएपछि दुई घण्टा बोकेर गाउँपालिका केन्द्र याङ्चु बजारमा रहेको सामुदायिक अस्पतालमा लग्नु परेको बताउनुभयो । उहाँले गाउँमा सडक नजोडिएका कारण बिरामीलाई मानिसले बोकेर स्वास्थ्य संस्थामा लैजानुको विकल्प नभएको उल्लेख गर्नुभयो ।
यसअघिका वर्षमा पटक पटक नापी हुँदा पनि जग्गा पाउने आशा गुमाएका रुपन्देही कञ्चन गाउँपालिका–४, सन्डहवाका देवीप्रसाद पौडेललाई यस पटक भने जग्गाको पुर्जा पाउने आशा र विश्वास बढेको छ । २०२९ सालदेखि कञ्चन गाउँपालिकाको सन्डहवामा बसोबास गर्दै आउनुभएका पौडेललाई यस पटक जग्गा जोतभोग गरेको ५१ वर्षपछि पक्कै पुर्जा पाउने आशा पलाएको हो ।
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाँके जिल्ला वैजनाथ गाउँपालिका–१, मा रहेको बहिरा अपाङ्ग बालगृहमा ४४ जनाभन्दा बढी विभिन्न जिल्लाका बहिरा अपाङ्ग बालबालिका रहेका छन् । बाँकेले बहिरा अपाङ्ग बालबालिकाका लागि निःशुल्क रूपमा खाने बस्ने व्यवस्थासहित सो बालगृह सञ्चालनमा ल्याएको छ ।
रामपुर नगरपालिका–१ का ७५ वर्षीय शेयरबहादुर खाण एक दिनको समय बिताएर बैंकमा पालो पर्खेर भत्ता सामाजिक सुरक्षा बुझ्ने गर्नुहुन्थ्यो । उहाँलाई भत्ता बुझ्न रामपुर बेझाडस्थित बैंकमा नपुगेसम्म अर्को विकल्प थिएन ।
राष्ट्रिय र सामुदायिक वन क्षेत्रमा जथाभाबी रूपमा निर्माण हुने चिहानले गर्दा वनको सौन्दर्य गुम्दै गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी मोरङको बेलबारीदेखि पथरीशनिश्चरे नगरको पूर्वी सीमाको उत्तरतर्फको जङ्गलमा रुखबिरुवाकै हाराहारीमा कङ्क्रटिका चिहान निर्माण भइसकेका छन् ।
दुुई महिनाअघिको बाढीको पीडा भुुलेर मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुुनःनिर्माणमा जुुटेका छन् । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूूलो क्षति पुुर्याएको थियो ।
नवलपुरका मिटरब्याज र लघुवित्तीय संस्थाका पीडितले आफूहरूमाथि अन्यायपूर्ण तरिकाले थोपरिएको ऋण र ब्याज नतिर्ने घोषणा गरेका छन् । राष्ट्र बैङ्कको निर्देशनविपरीत सञ्चालित संस्थाले आफूहरूमाथि सामाजिक र आर्थिक शोषण गरिरहेको भन्दै त्यसरी लगाइएको ऋण र ब्याज नतिर्ने घोषणा गरेका हुन् ।
जिल्लाको जैमिनी नगरपालिकाले धमाधम सडक मर्मत गरिरहेको छ । वर्षामा आएको भेलबाढीले बिगारेको सडक नगरले चाडवाडलक्षित गरेर मर्मत थालेको हो । गोरेटो बाटो सरसफाइ, सवारी चल्ने सडक सरसफाइमा श्रमदान जुटाएर नगरले धमाधम काम गरिरहेको हो ।
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली गाउँमा सुविधासम्पन्न विद्यालय भवन निर्माण भएपछि गाउँलेले खुसियाली मनाएका छन् । जयन्ती माध्यमिक विद्यालयमा निर्माण भएको २२ कोठे भवनको उद्घाटनका अवसरमा स्थानीयवासीले नौमती बाजा, पहिचान झल्किने विभिन्न झाँकीसहित नाचगान गर्दै ¥याली निकालेका थिए । भवन बनेको खुसियालीमा अभिभावक, शिक्षक र विद्यार्थीले नाचगान गरे ।
कर्णाली कोरिडोर अन्तर्गत सिस्नेगडा मा डबल क्याप बलेरो जिप आज बिहान ३ बजे दुर्घटना भएको छ । बाजुरा वाट कालिकोट आउने क्रममा सान्नित्रिवेणी गाउँपालिका को सिस्नेगडामा दुर्घटना भएको हो । ग १ ज ५७९५ नम्बरको वलेरो जिप सडक बाट करिब ५० मिटर तल कर्णाली नदिको किनारमा खस्दा चालकको घटना स्थलमै मृत्यु भएको छ ।
नेपाली कांग्रेस पार्टीको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले काठमाडौँ–धनगढी हवाई भाडा बढाइएको प्रति विरोध जनाउँदै धनगढी विमानस्थलको मूलगेटमा शान्तिपूर्ण धर्ना दिएको छ । नेविसङ्घका कैलाली जिल्ला अध्यक्ष मनीष कुँवरको नेतृत्वमा रहेको विद्यार्थीको समूहले विमानस्थल गेटबाहिर उभिई हवाई भाडा वृद्धिको विरोध जनाएको छ ।