नेपाली कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तयार गरिएको पार्टीको घोषणापत्रको प्रारम्भिक मस्यौंदा प्राप्त सुझाव समावेश गर्ने गरी पारित गरेको छ।
गण्डकी प्रदेशको राजधानी पोखरामा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत हुने साइक्लिङ खेल शनिबारदेखि शुरु हुँदैछ । पोखरामा हुने प्रतियोगितामा विभिन्न चार विधामा १ सय ४० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटन समारोहका अवसरमा मार्चपाससहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकप्रति आयोग पूर्णतः स्पष्ट रहेको बताउनुभएको छ । आयोगले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्न लागेको भन्ने मनोगत प्रकारका मिथ्या सूचना प्रवाह नगर्न उहाँले आग्रह गर्नुभएको छ ।
छिन्चु समाचारदातासुर्खेत, असोज २८ गते। नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीले लोकतन्त्रवादी र वामपन्थीबीचको गठबन्धन दीर्घकालसम्म टिक्ने बताउनु भएको छ। एउटै उद्देश्य बोकेर पाँच दलीय गठबन्धन बनेको बताउनुहुँदै उहाँले उद्देश्य पूरा नहुँदासम्म गठबन्धन रहने उल्लेख गर्नुभयो।‘सङ्घीयता र गणतन्त्रविरुद्धमा लाग्नेलाई परास्त गर्नका लागि गठबन्धन बनेको हो’, शुक्रबार पाँच दलीय गठबन्धनले गुर्भाकोटमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य शाहीले भन्नुभयो, ‘सङ्घीयताको कार्यान्वयन र गणतन्त्रको स्थायित्वका लागि पाँच दलीय गठबन्धन बनेको हो। यो दीर्घकालसम्म रहन्छ।’ कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएका शाहीले विकास र समृद्धिका लागि नीतिसँगै नेतृत्व पनि राम्रो हुनुपर्ने बताउनुभयो। ‘सुर्खेतले देश हाँक्ने नेतृत्व पाएको छ,’ उहाँले भन्नुभयो, ‘देशलाई सही मार्गमा डोर्याउन कर्णालीसहित समग्र देशको विकास गर्नका लागि सही नेतृत्वलाई जिताउन आवश्यक छ।’ गठबन्धनबाट सुर्खेत क्षेत्र नम्बर १ ‘क’ का उम्मेदवार खड्कबहादुर पोखरेलले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो। नेकपा (माओवादी केन्द्र)बाट सुर्खेत क्षेत्र नम्बर १ ‘ख’ का उम्मेदवार कृष्ण जिसीले गठबन्धनको जित सुनिश्चित रहेको बताउनुभयो। नेपाली कांग्रेसका नेता चित्रबहादुर रेग्मीले संविधान मिच्ने, लोकतन्त्रको चीरहरण गर्ने, जनप्रतिनिधि संस्थालाई विघटन गर्ने विरुद्ध गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले आफू ४० वर्षपछि फेरि गोरखा फर्किएको बताउनुभएको छ । गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनुभएका उहाँले पार्टीका अगुवा कार्यकर्तालाई आज सम्बोधन गर्दै आफू चिनकाङसाङ फर्केको बताउनुभयो ।
नेपाली खेलकुदको सबै भन्दा ठूलो घरेलु महाकुम्भ नवौँ राष्ट्रिय खेलकुदको औपचारिक शुभारम्भ पर्यटकीय नगरी पोखरामा सुरु भएको छ।
मालवाहक ट्रकको ठक्करबाट पर्सामा एक जना पैदययात्रीको मृत्यु भएको छ । वीरगञ्जको सिर्सियामा रहेको सुक्खा बन्दरगाह छेउको चोकमा सोमबार बिहान मालवाहक ट्रकले सडक पार गरिरहेका पैदलयात्रीलाई ठक्कर दिँदा ६० वर्षीय वृद्धको घटना स्थलमा मृत्यु भएको हो ।
शुक्रबार काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ नैकापमा एक र बुढानिलकण्ठ नगरपालिका–१० कपनमा एक गरी दुई जना मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसको शुक्रबारको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा आगामी निर्वाचनको घोषणापत्रलाई अन्तिम रुप दिने विषयमा छलफल भएको छ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित घोषणापत्र तयारी समितिका सदस्य एवम् पदाधिकारी, पूर्व पदाधिकारीबीच शुक्रबार केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा बसेको बैठकमा सो छलफल भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले निर्वाचन सम्बन्धी जिज्ञासाको सम्बोधन गर्न टोल फ्रि नम्बर ११०२ सञ्चालनमा ल्याएको छ । मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले शुक्रबारदेखि टोल फ्रि नम्बर ११०२ सञ्चालनमा ल्याएको हो ।
करिब एक साताको अविरल वर्षाका कारण आएको बाढीले नरैनापुर सोनवर्षामा भत्काएको बाँध तत्काल मर्मत गर्न स्थानीयले माग गरेका छन् । सो बाँधलगायत नरैनापुर क्षेत्रमा आएको बाढी र डुबानको स्थलगत निरीक्षण गर्न नरैनापुर पुग्नु भएका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीसहितको टोलीसँग पीडित स्थानीयले सो माग गरेका हुन् ।
पशुपतिनाथमा भक्तजनहरुले चढाएका सामग्रीहरुको बिक्री सुरु गरिएको छ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुले अर्पण गरेका गहना, लत्ताकपडालगायतका जिन्सी सामग्रीहरुलाई बिक्री कक्षमार्फत बिक्री गर्न सुरु गरेको हो ।
शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था झन कमजोर बन्दै गएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख अमिष पाठकले उपचाररत जोशीको स्वास्थ्य अवस्था कमजोर बन्दैगएको जानकारी दिनुभयो ।
पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ६९ कोरोना परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।