कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–९ का एक युवा तिलानदीमा बेपत्ता भएका छन् । दसैँ मनाउन घर जाने क्रममा भैंसीगौडास्थित तिलानदीमा ढुङ्गाबाट चिप्लिएर बेपत्ता भएका हुन् ।
साहित्यकार, इतिहासकार, पुरातत्वविद् तथा प्रशासक चित्तरञ्जन नेपालीको सोमबार साँझ निधन भएका छ । उहाँ ९२ वर्षको हुनुहुन्थ्यो । चित्तरञ्जनको असली नाम नारायणप्रसाद राजभण्डारी हो ।
निर्वाचन आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले कार्यविधिको मस्यौदा तयार गरी आगामी कात्तिक मासन्तभित्र राय सुझाव पेस गर्न आग्रह गरेको छ ।
सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ । ढोरपाटन नगरपालिका–४ खुङ्खा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापरबाली र तरकारी नष्ट गरिदिएको हो ।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु भएको छ । अधिवेशनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको छ । महाधिवेशन कात्तिक ३ गतेसम्म चल्ने छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले संसारभर रहनुभएका नेपालीहरू नेपालका गैर आवासीय दूत भएको बताउनुभएको छ ।
महानगर प्रहरी टोलीले यात्रुको स्वास्थ्य परीक्षणका लागि डेस्क स्थापना गरेको हो । महानगर प्रहरीका प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले हेल्थ डेस्कमार्फत उच्च रक्तचाप जाँच, प्राथमिक स्वास्थ्योपचार र आवश्यक औषधि वितरण गरिएको बताउनुभयो ।
रौतहटको मौलापुर नगरपालिकाका नगरप्रमुख रिनाकुमारी साहको पद गएको छ । मङ्गलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो ।
धादिङको नीलकण्ठ नगरपालिका–३, बिचबजार चोकमा कलात्मक ढुङ्गेधारा निर्माण गरी राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिक राखिएको छ । उक्त धारा र सालिक नीलकण्ठ नगरपालिका–३ का वडाध्यक्ष राजकुमार श्रेष्ठले अनावरण गर्नुभयो । राष्ट्रिय विभू
सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का कार्यकारी अध्यक्ष बद्री केसी र अध्यक्ष कुल आचार्यलाई गैरआवासीय नागरिकता प्रदान गर्नुभयो ।
बागमती प्रदेश सभाको दोस्रो अधिवेशन कानुन निर्माणका दृष्टिले सुस्त बनेको छ । प्रदेशका एकल र साझा अधिकारका अझै तीन दर्जनभन्दा बढी कानुन निर्माण गर्न बाँकी रहे पनि प्रदेश सभाको दोस्रो कार्यकालको दोस्रो अधिवेशनबाट मूल विधेयक एउटा मात्र पारित भयो ।
गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशन आज असोज ३० देखि कात्तिक ३ गते सम्म काठमाडौँमा हुन लागेको हो ।
खेलकुद तथा समाजसेवामा योगदान दिनुभएका तीन जना व्यक्तित्व सम्मानित हुनुभएको छ । नेपाल टाइगर्सद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि चेम्बर अफ कमर्सका अध्यक्ष एवं युवा समाजसेवी रामनारायण घिमिरे, ५५औँ एसियाली शारीरिक सुगठनमा स्वर्ण पदक विजेता रजनी श्रेष्ठ र तेक्वान्दोका प्रशिक्षक श्याम थापामगर सम्मानित हुनुभएको हो ।
जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले दसैँतिहारलगायतका चाडपर्व लक्षित गरेर ‘चाडपर्व विशेष सुरक्षा योजना’ तयार पारेको छ । चाडपर्व सुरक्षित बनाउन प्रहरीले प्रहरी उपरीक्षकको कमान्डमा जिल्ला कमान्ड पोस्ट, प्रहरी नायब उपरीक्षकको कमान्डमा जिल्ला रिजर्भ फोर्स, प्रहरी निरीक्षकको कमान्डमा स्ट्राइकिङ, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी नायब उपरीक्षकको कमान्डमा क्युआरटी तयार गरिएको प्रहरीले जनाएको छ ।
मानसरोवर नमुना माध्यमिक विद्यालयमा विद्यार्थी नहुँदा डिप्लोमा सिभिल इन्जिनियरिङ विषयको कक्षा सञ्चालन हुन सकेको छैन। तोकिएको विद्यार्थी कोटा निरन्तर नपुग्दा विषय नै खारेज हुने अवस्थामा पुगेको छ। सिमकोट गाउँपालिका–६ को विद्यालयमा भर्ना खोले पनि विद्यार्थी नहुँदा यस शैक्षिक सत्रको पहिलो सेमेस्टरका लागि भर्ना हुन नसकेको हो।