पाल्पा जिल्लामा गएको भदौ महिनाको तुलनामा असोज महिनामा चार गुणाले डेङ्गु सङ्क्रमित बढेका छन्। चालू आर्थिक वर्षको भदौ महिनामा १३४ जनामा डेङ्गु सङ्क्रमण भएकोमा असोज महिनाको हालसम्म ४२९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावको लागि कर्णालीबाट ७४ जना उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन् । १० जिल्ला रहेको कर्णालीमा १२ वटा निर्वाचन क्षेत्र रहेका छन् ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्ता) पश्चिमतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा उद्योगपति विनोद चौधरी र राष्ट्रिय राजनीतिका खेलाडी हृदयेश त्रिपाठीबीच मुख्य प्रतिपस्र्धा हुने आकलन गरिएको छ। सत्ता साझेदार गठबन्धनका उम्मेदवारका रूपमा रहनुभएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं उद्योगपति चौधरी र नेकपा एमालेको समर्थनमा उम्मेदवार बन्नुभएका जनता प्रगतिशील पार्टीका केन्द्रीय अध्यक्ष त्रिपाठीबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको हो। जनता प्रगतिशील पार्टीका त्रिपाठी नवलपरासी पश्चिमको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा अहिलेसम्म लगातार छवटा निर्वाचनमा सहभागी भई पाँच पटकसम्म विजयी हुनुभएका नवलपरासीका पुराना राजनीतिक खेलाडी हुनुहुन्छ। उद्योगपति चौधरी दुई पटक समानुपातिक सांसद बन्नुभएको छ।
पहिरोका कारण सात दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग खुलेको छ। दैलेखको आठबीस नगरपालिका–४ मा पहिरोले अवरुद्ध राजमार्गमा बुधबारदेखि यातायातका साधन सञ्चालन भएका हुन् यद्यपि कर्णालीका विभिन्न स्थानमा अवरुद्ध सडक सञ्चालनका लागि महिनौँ लाग्ने सम्भावना रहेको जनाइएको छ। बाढी र पहिरोका कारण कतिपय जिल्लामा खानेपानी र विद्युत् सेवासमेत अवरुद्ध हुन पुगेको छ। कर्णालीलगायत क्षेत्रमा गत बुधबारदेखि वर्षा भएको थियो।
नवौँ राष्ट्रिय खेलकुद शुक्रबार पोखरामा सुरु हुँदैछ । प्रत्येक दुई वर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुदको नवौँ संस्करणको मिति पटक–पटक सरेपछि अन्ततः हुन लागेको हो । २०७७ सालमा हुनुपर्ने नवौँ राष्ट्रिय खेलकुद कोरोना र अन्य विविध कारणले ढिला भएको हो । नवौँ राष्ट्रिय खेलकुदको उद्घाटन शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुनेछ । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय खेलकुदको उद्घाटन हुने भनिएको थियो तर राष्ट्रपति भण्डारी अस्वस्थ हुनुभएपछि राष्ट्रिय खेलकुद परिषद्ले उद्घाटनका लागि उपराष्ट्रपति पुनलाई निमन्त्रणा दिएको हो । सात दिनपछि हुने राष्ट्रिय खेलकुदको समापन प्रधानमन्त्री तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक शेरबहादुर देउवाले गर्नुहुनेछ । नवौँ राष्ट्रिय खेलकुद कात्तिक ३ गते सकिनेछ । सबै घरेलु खेलकर्मीलाई एकै ठाउँ, एउटै लक्ष्यसहित खेल भावनामा बाँध्ने उद्देश्यले हुन लागे
पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लखन्देही खोलाको पुलमा ठूला खाल्टाखुल्टी पर्दा जोखिम बढेको छ। साँघुरो र अत्यन्तै जीर्ण रहेको यस पुलमा सवारी आवागमन नै प्रभावित हुने गरी ठूला खाल्डा परेका छन्। लखन्देही पुलको अवस्था नाजुक बन्दा पनि सडक कार्यालयले मर्मतमा चासो नदिएको बस व्यवसायी दीपक श्रेष्ठले बताउनुभयो। खाल्डामा परेर गाडी लच्किँदा अर्को सवारीसँग ठोक्किएर दुर्घटना हुने गरेको उहाँले बताउनुभयो। तीव्र गतिमा आउने सवारी खाल्डामा परेर अनियन्त्रित भई दुर्घटना हुने जोखिम रहेको चालक बताउँछन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख ईश्वर कार्कीले खाल्टाखुल्टीका कारण सवारीसाधन बिस्तारै र पालैपालो पार हुनुपर्दा लखन्देही खोलामा सवारीको जाम बढ्दै गइरहेको बताउनुभयो।
निर्वाचन आयोगको बाध्यात्मक कानुनी व्यवस्था भएकै कारण मङ्सिर ४ मा हुन गइरहेको निर्वाचनको प्रत्यक्षतर्फ सप्तरीमा महिलाको मनोनयन सङ्ख्या न्यून देखिएको छ। महिला सहभागिता सुनिश्चिताको लागि संविधानमा व्यवस्था भए पनि निर्वाचन आयोगले त्यस्तो बाध्यकारी गरिने कुनै प्रकारको कार्यविधि तथा कानुन नल्याउँदा पार्टीहरूले आफ्नै विधान कार्यान्वयनमा उदासीनता देखाएकोले प्राथमिकतामा महिला उम्मेदवार नपरेको बताइएको छ।
सिरहा र सप्तरीको सिमानामा रहेको बलान नदीले सिरहातर्फको पश्चिमी किनारको तीव्र कटानले पीडित भएका स्थानीयले कटान नियन्त्रण गराउन विश्वास दिलाउन सक्ने उम्मेदवारलाई मात्रै मत दिने बताइएका छन्। बलान नदी कटानले लहान नगरपालिकाको ३, ४, १७, १९ र २३, सखुवानन्कारकट्टी गाउँपालिकाको ४ र ५, भगवानपुर गाउँपालिकाको १ र ४ नम्बर वडाको सयौँ बिघा उर्वर जमिन कटान गरेर सम्पन्न किसानलाई विपन्न र मध्यम वर्गीय किसानलाई सुकुम्बासी बनाइदिएको छ। बलान नदी कटान नियन्त्रणको लागि विगतका चुनावमा प्रतिबद्धता गरेर जितेका दलका नेताहरूले काम गर्न नसकेकोले यस विषयलाई यस पटकको चुनावमा प्रमुखताको साथ उठाउने लहान–२३ का बालकृष्ण यादवले बताउनुभयो।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री अग्नि खरेलले निर्वाचनको समयमा एकले अर्कालाई होच्याउने र नभएका विषयमा भ्रम छर्ने काम कसैले पनि गर्न नहुने बताउनुभएको छ। झापा क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहनुभएका खरेलले लोकतान्त्रिक अभ्यास र संविधानको प्रावधानअनुसार सबैले आफ्नो अधिकार प्रयोग गर्न पाउने जनाउँदै अनावश्यक रूपमा विखण्डन ल्याउने कार्य नगर्न उहाँको अनुरोध छ।
विगतमा स्थानीय तहमा प्रतिनिधित्व गरिसकेका ५३ जना जनप्रतिनिधिले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी दिएका छन्। महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका, वडा र जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख भई काम गरिसकेका स्थानीय तहका पूर्वजनप्रतिनिधिले प्रतिनिधि सभा र प्रदेश सभाका लागि उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिनेमा प्रतिनिधि सभामा भन्दा प्रदेश सभामा बढी छन्।
हिमाली गाउँपालिका वडा नं ४ बोर्ताका बाढीपहिरोबाट विस्थापित ११३ घरपरिवारलाई राहत वितरण गरेको छ ।
वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीविरुद्ध परेका उजुरीबारे समयमा नै जवाफ नदिए कारबाही हुने जनाएको छ । वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीविरुद्व विभागमा दर्ता भएका उजुरीबारे विभागबाट गरिने पत्राचार, आदेश तथा निर्देशनको केही इजाजतपत्रवाला संस्थाले अटेर गरेको भन्दै विभागले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
सूर्यविनायक नगरपालिका–७, गुन्डुका बासिन्दालाई तिहार पर्व नजिकिँदै गर्दा मखमली, सयपत्री फूल टिप्न र माला बनाउने कामले व्यस्त बनाएको छ । दशैँलगत्तै यहाँका किसान तथा फूल व्यवसायीलाई धानसँगै आली, कान्ला तथा खेत, बारीका पाटोमा लगाएको मखमली र सयपत्री फूल सङ्कलन तथा माला उन्ने कामको चटारो हुन्छ । त्यहाँका स्थानीय हरेक घरका आँगनमा मखमली, सयपत्रीको फूलको माला उन्ने काममा परिवारका पूरै सदस्यसहित जुटिरहेको भेटिन्छन् ।
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी व्यवस्थालाई सामान्य संशोधन गरेको छ । बिहीबार गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी विनियमावली २०७३ को पाँचौँ संशोधन गर्दै राष्ट्र बैङ्कले मर्जरका क्रममा हुने सेयर कारोबार रोक्का र त्यस्ता संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) व्यवस्थापनको अवधिसम्बन्धी व्यवस्थामा परिमार्जन गरेको छ ।
नेपाली राजनीतिमा सन्त नेताका रूपमा परिचित कृष्णप्रसाद भट्टराईले काठमाडौँको पानी अभाव समाधान गर्न सिन्धुपाल्चोक जिल्लास्थित मेलम्ची खोलाको पानी ल्याएर समाधान गर्ने सपना देख्नुभएको थियो। यसै अवधारणा अनुरूप झन्डै तीन दशक अघिदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउन विभिन्न तयारी गरिए पनि समयमा काम हुन सकेन। नेपालका निम्ति ठूलो परियोजनाका रूपमा रहेको यो खानेपानी परियोजना असाध्यै ढिला भयो। ढिलासँगै निर्माणकै अन्तिम