काठमाडौं, असोज २७ गते। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ पालना गराउन आचारसंहिता लागू हुने सबै निकायका प्रमुखलाई निर्देशन दिने निर्णय गरेको छ। आयोगका उपसचिव एवम् सहायक प्रवक्ता कमल भट्टराईले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवम् धाँधलीरहित बनाउने सन्दर्भमा आचारसंहिता कार्यान्वयनका लागि निर्देशन दिने निर्णय गरेको छ। नेपाल सरकार, प्रदेश, स्थानीय तह, अर्धसरकारी तथा सरकारी संस्था अन्तर्गत निकायमा कार्यरत कर्मचारीले आचारसंहिता विपरीत काम कारबाही गरेको अवस्थामा सो को जानकारी निर्वाचन आयोग र सम्बन्धित जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिति लगायत सबै निकायका प्रमुखलाई निर्देशन दिने निर्णय भएको उहाँको भनाइ छ।आयोगले कुनै पनि कर्मचरीले राजनीतिक दल वा उम्मेदवारको पक्ष, विपक्षमा प्रचारप्रसार वा संलग्न हुने, सामाजिक सञ्जालमा मत माग्ने, पोष्ट एवम् शेयर गर्ने लागयतका गतिविधि आचारसंहिता विपरीत भएकोले सचेत गराउदै आएको छ। उपरोक्त निर्णय भए बमोजिम कारबाही नगर्ने कार्यालय प्रमुखलाई निर्वाचन आयोग ऐन, २०७३ बमोजिमको कारबी गरी सोको विवरण केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पेश गर्न आयोगको सचिवालयलाई निर्देशन दिइएको छ।
एक हप्ता लामो बर्षाका कारण हुम्लामा मानवीय तथा भौतिक क्षति भएको छ । यसबाट ६ जनाले ज्यान गुुमाउनुु भएको छ । सयौंका घरहरु भत्किएकाले पीडित स्थानीयहरु आफन्तको घरमा शरण लिन बाध्य हुनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आफू त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहँदा स्वास्थ्यलाभको कामना गर्नुहुने सबैमा आभार प्रकट गर्नुभएको छ । विहीबार सामाजिक सञ्जालमार्फत् उहाँले सो आभार प्रकट गर्नुभएको हो ।
चन्द्र पन्दाकताप्लेजुङ, असोज २७ गते। जिल्ला सुरक्षा समिति ताप्लेजुङले जिल्लाका २३ मतदानस्थललाई ‘अति सम्वेदनशील’ सूचीमा राखेको छ। मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि तोकिएकामध्ये २३ मतदानस्थललाई जिल्ला सुरक्षा समितिले अति सम्वेदनशील सूचीमा राखेको हो। जिल्ला सुरक्षा समिति अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार ७५ मतदानस्थलमध्ये २३ वटा मतदानस्थललाई अति सम्वेदनशील सूचीमा राखिएको हो। समितिले सामान्य अवस्थाको भनेर २९ मतदानस्थललाई औंल्याएको छ।यसअघि वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा ७३ वटा मतदानस्थल कायम थिए। प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भने फुङ्लिङ नगरपालिका-९ हाङ्देवको शिव आधारभूत विद्यालय र मिक्वाखोला गाउँपालिका-५ पापुङस्थित सिम्बुक आधारभूत विद्यालयमा गरी दुई वटा मतदान स्थल थप भएका छन्। नयाँ भएका मतदानस्थल पनि सम्वेदनशीतलाको दृष्टिकोणले सामान्य अवस्थाको भएको सुरक्षा समितिले जनाएको छ।समितिका अनुसार विगतका निर्वाचनमा भएका गतिविधि, भौगोलिक विकटता, सुरक्षा सम्वेदनशीलता लगायतका अवस्थालाई विश्लेषण गरी मतदानस्थलको वर्गीकरण गरिएको हो। विगतको निर्वाचनसँगै भविष्यमा हुनसक्ने गतिविधि समेतलाई आधार मानी मतदानस्थलको वर्गीकरण गरिएको प्रजिअ पोखरेलले जानकारी दिनुभयो।
बैंकिङ कसूर मुद्दामा फरार रहेका जना प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१२ भोटेबहाल बस्ने भारत हरियाना राज्य भिवानी जिल्ला चर्खिदादरी घर भएका ४४ वर्षीय शशी शर्मा र चन्द्रागिरी–६ थानकोट बस्ने कास्की मादी गाउँपालिका–७ बस्ने ५८ वर्षीय नारायण भण्डारी रहेका छन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित अन्सारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा पचरौता गाउँपालिका–८ बस्ने २२ वर्षीय प्रवेज मिया अन्सारी रहेका छन् । उहाँलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
नेपाल कराते महासंघ र रेफ्री काउन्सिलले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत कराते खेलका लागि रेफ्री छनोटको विषयमा आपत्ति जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट आफू नेतृत्वको सरकारमा मन्त्रीभएकाहरुलाई पदमुक्त गर्नुभएको छ । जसपाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले सो दलबाट मन्त्रीभएकालाई आज बिहीबार पदमुक्त गर्नुभएको हो ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार देखि सुरु भएको महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आज (बिहीबार) बाट सुरु गरेको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आजबाट सुरु गर्ने बताउनुभएको हो ।
काठमाडौंको सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएकाहरुलाई असोज ३१ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न आग्रह गरेको छ ।
रेखा पौडेलले ह्याट्रिक गरेसँगै विभागीय टोली नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा विजयी सुरुवात गरेको छ । स्याङ्जामा बिहीबार भएको समूह ‘ए’ को खेलमा पुलिसले बागमती प्रदेशलाई ५–० गोलले हरायो ।
आँखामा हुने अन्धोपनको ८० प्रतिशतसम्म उपचार गर्न सकिने त्रिवि शिक्षण अस्पतालका उप–प्राध्यापक डा. सञ्जीव भट्टराईले बताउनुभएको छ।
राष्ट्रिय खेलाडीले भरिएको विभागीय टोली एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा आयोजक गण्डकी प्रदेशमाथि सानदार जित निकालेको छ । प्रतियोगितामा दोस्रो जित निकालेको एपीएफले सेमिफाइनलमा पुग्ने सम्भावना समेत बलियो बनाएको छ ।