नेपाल दूरसञ्चार प्राधिकरणले सेवालाई चुस्तदुरुस्तरूपमा सञ्चालन गर्न स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिएको छ ।
बाँकेको नौवस्तामा नवनिर्मित क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीबन्दी व्यवस्थापनमा कठिनाइ भएको छ । तीन सय ५० जनाको क्षमताको नेपालगन्ज कारागारमा हाल आठ सय ३९ कैदीबन्दी छन् ।
सांसद ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन समितिको बैठक बस्दै छ ।
बालुवाटारस्थित सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।
राष्ट्रिय सडक सञ्जालसँग हालसम्म जोडिन नसकेको हुम्लाको सदरमुकाम सिमकोटमा बसपार्क निर्माण कार्यको शिलान्यास गरिएको छ ।
पर्वतको महाशिला गाउँपालिकामा गए राति जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् ।
‘महादेव ! बाआमाको घरमा ठूलो उत्सव छ रे । उहाँहरूले महायज्ञको आयोजना गर्नुभएको रहेछ । देवदेवीहरू गइरहेका छन् । हाम्रो त वास्तै भएन । बिर्सेका पो हुन् कि, नत्र यस्तो नहुनुपर्ने । त्यसैले बिन्ती छ हामी पनि जाउँ न है । होइन हजुरलाई जान मन छैन भने पनि केही छैन, कर गर्दिन । मलाई जान दिनुस् । के भएको रहेछ सम्झाएर आउँछु ।’ दक्ष प्रजापतिको घरमा महायज्ञ भइरहेको कुरा थाहा पाएर सतीदेवीले भनिन् ।
माण्डबी गाउँपालिका ५ रम्दी चिनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । रा १ त ४१५६ नम्बरको ट्याक्टर दुर्घटनामा नौ बहिनी गाउँपालिका १ स्याउलिवाङ निवासी २५ वर्षीया चम्फा विकको ज्यान गएको प्रहरीले जनाएको छ ।
इन्टर भ्याली ह्विलचियर बास्केटबल टुर्नामेन्ट २०७९ को प्रथम उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ ओमेन ह्विलचियर बास्केटबल एसोसिएसन (डब्लुडब्लुबिए) ले हात पारेका छन्।
नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्याएबापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ ।
प्रतिनिधि सभाले सार्वजनिक सेवा प्रसारण विधेयक संशोधन दर्ता प्रक्रियाका लागि अनुमोदन गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको प्रस्तावमा विधेयक संशोधनका लागि स्वीकृत भएको हो। विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा पेस भएको हो। विधेयकमा अब सांसदहरूले संशोधनको समय पाउनेछन्। मङ्गलबारदेखि तीन दिनसम्म संशोधनको समय सांसदहरूले पाउनेछन्। संशोधनसहितको विधेयक पुनः सभामै पेस हुनेछ।
पश्चिम नेपालको बाँके र बर्दियालगायतका थारू समुदायमा जनस्वास्थ्य समस्याका रूपमा रहेको सिकलसेल एनिमिया नियन्त्रणका लागि कोहलपुर नगरपालिकाले विभिन्न योजना बनाएर काम सुरु गरेको छ। नगरपालिकाले गर्भवती र नौ महिनाका बालबालिकाको अनिवार्य सिकलसेल जाँच गर्न सुरु गरेको छ। वंशाणुगत मानिने यो रोगको समयमै पहिचान गरी त्यसको नियन्त्रणका लागि गर्भवती र नौ महिनाका बालबालिकामा रगत परीक्षण गरेर सिकलसेल जाँच गर्न सुरु गरिएको कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आयार्चले बताउनुभयो।
वि.सं. २०५७ मा बुटवलको मैनाबगरमा स्थापना भएको नेपालकै पहिलो नमुना अटोभिलेज पूर्वाधारको अभावमा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको छ। बुटवलका विभिन्न स्थानमा छरिएर रहेका अटो व्यवसायीलाई एकत्रित गरी बुटवलको वडा नं. २ मा रहेको मैनाबगरको बगर क्षेत्रमा बुटवल उपमहानगरपालिकाको पहलमा २२ वर्षअघि मैनाबगर अटोभिलेज स्थापना गरिएको थियो। अहिले अटोभिलेजमा एक हजार अटो व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन्। यहाँ १० हजारभन्दा बढी मजदुरले रोजगारी प्राप्त गरेका छन्।