देशका विभिन्न बाल सुधार गृहमा बबाल मच्चाउने १८ वर्षमाथिका बालबन्दीहरुलाई बाँकेको बैजनाथ ३, गाभरस्थित नौवस्तामा निर्माण गरिएको क्षेत्रीय कारागारमा राख्न सुरु गरिएको छ ।
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ
धादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजार चोकमा राष्ट्रिय विभूति शङ्खधर साख्वाको सालिक राखिएको छ । सालिकसँगै सर्वसाधारणका लागि कलात्मक ढुंगेधारा निर्माण गरिएको छ ।
खाद्य, व्यवस्था तथा व्यापार कम्पनीले आजबाट दसैँका लागि खसी बोका बेच्दै छ । चाडपर्वका अवसरमा उपभोक्तामा स्वास्थ्यकर एवं गुणस्तरीय मासु बिक्री वितरण गराउने उद्देश्यले काठमाडौँ उपत्यकाका ११ स्थानमा पशु चिकित्सकसहितको टोली परिचालन गर्दै छ ।
दसैँ तिहारलगायत चाडबाडलाई लक्षित गरी नेपाल राष्ट्र बैङ्कले आजदेखि नयाँ नोट सटही सुविधा सुरु गरेको छ । प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँका दरले नयाँ नोट साट्न पाइने राष्ट्र बैङ्कले जनाएको छ । काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ ।
असिनापानीले पाकेको धान, भटमास, कोदो, र तरकारी नष्ट गरेको डिलाशैनी–७ का मदन धामीले जानकारी दिनुभयो । पाकेर भित्र्याउन तयारी गरेको बाली नष्ट गरेपछि किसान चिन्तित बनेका छन् । धान र भटमासका साथै किसानले आफ्नो खेतमा लगाएको सबै तरकारीसमेत असिनापानीले नष्ट गरेको छ ।
नागडाडाँ–कार्किनेटा सडकमा १७ दिन रोकिएको सवारी साधन सडक कर आँधिखोला गाउँपालिकाले पुनः उठाउन थालेको छ ।
घटस्थापनाका अवसरमा ताप्लेजुङ जिल्ला सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ, जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा, पाथीभारा याङवरक गाउँपालिकाका अध्यक्ष केशरकुमार मेङ्म्बो, मेरिङ्देन गाउँपालिकाका अध्यक्ष यूक हां वीर हांगाम लगायतले
देशको आन्तरिक हवाईसेवामा सम्भवतः यो भाडादर सबैभन्दा बढी हो । काठमाडौँ–नयाँ दिल्लीको हवाई भाडादर योभन्दा कम रहेको यात्रुले बताएका छन् । निजी विमान कम्पनीले काठमाडौँ–धनगढीको हवाई भाडा रु सात हजार नौसयबाट वृद्धि गरी रु सत्र हजारभन्दा बढी पु¥याएको गुनासो यात्रुको छ ।
सप्तकोसी नदीमा सञ्चालन रहेको पानी बोटलाई व्यवस्थित गर्न वराहक्षेत्र नगरपालिकाले चासो देखाएको छ । चाडबाड लागेसँगै जेट बोटमा यात्रा गर्ने युवाहरूलाई मध्यनजर गरेर नगरले सुरक्षामा समेत चासो देखाएको हो ।
चीनको बेइजिङमा आयोजना हुने तेस्रो बेल्ट एण्ड रोड फोरम (बीआरएफ) मा सहभागी हुन उहाँ गए राति चीन प्रस्थान गर्नुभएको नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय विदेश विभाग सचिव डा शङ्कर खतिवडाले राससलाई जानकारी दिनुभयो ।
सिद्धिचरण नगरपालिका ओखलढुङ्गा जिल्लाको सदरमुकाम हो । युगकवि सिद्धिचरण श्रेष्ठको नामबाट यस नगरपालिकाको नाम राखिएको हो । यस नगरपालिकामा साबिकका तलुवा, ठुलाछाप, बर्नालु, ओखलढुङ्गा, ज्यामिरे, सल्लेरी, बेतेनी, विगुटार, अँधेरी, जन्तरखानी र रुम्जा
आस्थाको पर्व विजयादशमी आइतबार घटस्थापना गरी प्रारम्भ भएको छ । जनकपुरधामलगायत तराई मधेशका विभिन्न स्थानका शक्तिपीठ तथा मन्दिरहरूमा पूजाअर्चना गर्ने भक्तजनको घुइँचो लाग्न थालेको छ भने बडादसैँको रमझम सुरु भएको छ ।
महान्यायाधिवक्ता डा. दीनमणि पोख्रेलले आफ्नो पहिचान बनाउनका लागि भूमिका बढाउन सरकारी वकिललाई सुझाव दिनुभएको छ। उहाँले जनताले सरकारी वकिल भनेर चिन्ने गरी सेवाका क्षेत्रमा भूमिका बढाउनुपर्ने बताउनुभयो। उहाँले जिल्ला सरकारी वकिल कार्यालय सुर्खेतको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै पछिल्लो समय सरकारी वकिललाई अवसरका साथै चुनौती पनि थप भएको बताउनुभयो।
नवदुर्गा सुरु भएसँगै बागलुङमा खसीबोकाको बिक्री सुरु भएको छ । गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ । पछिल्लो समय खुकुराको मासुको मूल्य केही वृद्धि हुँदा दसैँको समयमा खसीबोकाकै माग बढ्दो छ ।