दूषित, गुणस्तरहीन तथा मिसावटयुक्त सामग्री उत्पादन गरेको भन्दै रिजाल टासी इन्डस्टिज प्रालि इटहरीलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीले कारबाही चलाएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीका प्रमुख काशीनाथ घिमिरेले दिनुभएको जानकारीअनुसार दूषित खाद्य पदार्थ शीर्षकमा भदौ २ गते सुनसरी जिल्ला अदालतमा कारबाहीको मुद्दा दर्ता गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय दोलखामा नागरिकता बनाउनेको भीड बढेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत औलाखबहादुर आलेले नागरिकतामा रहेको विवरण धमिलो वा फोटो स्पष्ट नभएमा स्क्यानरले लिन मान्दैन त्यसैले नयाँभन्दा पनि प्रतिलिपि लिन आउनेको सङ्ख्या बढी भएको बताउनुभयो । अहिले दिनमा सयभन्दा बढी नागरिकता बनाउन आउने गरेको उहाँको भनाइ छ ।
बिहीबार देसका अधिकांस भूभागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ। जसको प्रभावले मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
एसियाकै ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेको छ। गुल्मी, पर्वत र स्याङ्जाको सङ्गमस्थल सेतीवेनीमा रहेको शिला शालिग्राम कालीगण्डकी नदीको कटानले जीर्ण अवस्थामा पुगेको हो। कालीगण्डकी नदीले गुल्मीतर्फबाट कटान गर्दै लगेको र शिला शालिग्रामको वरपर लगाइएको पर्खाल पनि भत्किएपछि शिला शालिग्राम संरक्षणमा सरोकारवाला कसैको ध्यान जान सकेको छैन।
डेङ्गु नियन्त्रण गर्ने उद्देश्यले सर्लाहीको हरिवनमा मङ्गलबारबाट लामखुट्टे रहन सक्ने स्थानमा औषधि छर्किन थालिएको छ। हरिवन नगरपालिकाले व्यापक रूपमा फैलिँदै गएको डेङ्गु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियानअन्तर्गत औषधि ‘स्प्रे’ गर्न सुरु गरेको हो। मङ्गलबार पहिलो दिन हरिवन बजार, नयाँ रोडलगायतका स्थानमा लामखुट्टे मार्न औषधि छिट्ने (छर्किने) काम भएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशमा दुई हजार १५६ मतदान स्थल निर्माण र चार हजार २३५ मतदान केन्द्र तोकिएको छ। प्रदेशभरि ३२ वटा प्रतिनिधि सभा र ६४ वटा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र छन्। प्रदेशका आठवटै जिल्लाका गरी ३३ लाख ८६ हजार ६२८ जना मतदाता रहेको प्रादेशिक निर्वाचन कार्यालय जनकपुरधामले जानकारी गराएको छ। गत स्थानीय निर्वाचनमा ३३ लाख ३१ हजार १७० जना मतदाता रहेका थिए। यस निर्वाचनमा ५५ हजार ४५८ जना मतदाता थप भएको छ। प्रादेशिक निर्वाचन कार्यालयका अधिकारी श्रीधर पन्तका अनुसार यस पटक ३३ लाख ८६ हजार ६२८ जना मतदाताले मतदान गर्न पाउने भएका छन्। प्रदेशमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्ला छन्।
विश्वका विभिन्न भागमा रोजगारी, अध्ययनका साथै उच्च जीवनस्तरको अभिलाषा तथा अन्य अवसर प्राप्तिका निम्ति एक देशका बासिन्दा अर्को देशमा बसाइँसराइ गर्ने परम्परा लामो छ। विश्वव्यापीकरणको प्रभावले विगत केही दशकयता त यो प्रवृत्ति निकै फस्टाएको छ। अन्तर्राष्ट्रिय आप्रवासनको यस कडीमा नेपाली समुदाय अछुतो छैन। विश्वको थुप्रै मुलुकमा अवसर प्राप्तिका लागि नेपाली पुगेका छन्। यिनै प्रवासी नेपालीको सङ्गठित संस्थाका रूपमा गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले छरिएका नेपालीलाई एकै छातामुनि आबद्ध गरेर मातृभूमिप्रतिको दायित्वलाई झकझकाउने प्रयास गरिरहेको छ। यसमा केही सफलतासमेत प्राप्त हुँदै गएको छ।
आगामी मङ्सिर ४ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५, समानुपातिकतर्फको ११० र प्रदेशतर्फको ३३० र समानुपातितर्फ २२० जना जनप्रतिनिधिहरू चुनिँदै छन्। नेपालले लोकतान्त्रिक संविधान प्राप्त गरेको छ। मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएको छ। सबैलाई समेट्ने उद्देश्यले समानुपातिक प्रतिनिधित्व प्रणालीको व्यवस्था गरिएको छ। २०४७ सालको संविधानको तुलनामा वर्तमान संविधानमा धेरै प्रकारका लोकतान्त्रिक व्यवस्थाहरू गरिएका छन्। सङ्घीय शासन प्रणालीको अवलम्बन, गणतन्त्रात्मक राष्ट्रको व्यवस्था र धर्म निरपेक्षतालाई यसको महìवपूर्ण लोकतान्त्रिक परिवर्तनका रूपमा मानिएको छ। यसका अतिरिक्त समावेशी नीतिको व्यवस्था, मानव अधिकार र मौलिक हकको प्रत्याभूति यस संविधानका सुन्दर पक्षहरू हुन्।
आइसल्यान्डकी प्रख्यात पप गायिका ‘बियोर्क’ले आफ्नो साक्षात्कारमा एक पटक भनेकी थिइन्, “मलाई लाग्छ, पुरुष र महिला रोज्नु भनेको केक र आइसक्रिम छनोट गरे जस्तै हो। जसरी आइसक्रिम र केकको स्वाद अलग–अलग हुन्छ त्यसरी नै यौन स्वादको विविधता प्राप्त गर्नु नै मानव जीवन हो । यस्तो प्रकृतिप्रदत्त उपहारबाट आफूलाई वञ्चित गरिनु मूर्खता हो।”
नेपालको संविधान घोषणापश्चात् प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो निर्वाचन आगामी मङ्सिर ४ गते हुँदै छ। यो आमचुनाव निकै महìवपूर्ण छ। संवैधानिक व्यवस्थाबमोजिम प्रत्येक पाँच वर्षका लागि प्रतिनिधि तथा प्रदेश सभाका जनप्रतिनिधिका लागि निर्वाचन गर्नुपर्ने हुन्छ। मुलुकका सबै जनतामा आसन्न चुनावका लागि उत्साहित छन्। जब चुनावको दिन नजिकिँदै जान्छ त्यति त्यति नै चुनावप्रति जनचासो र उत्सुकता बढ्दै गइरहेको छ। मुलुकको लोकतान्त्रिक शासन व्यवस्थामा निर्वाचनलाई विशेष महìवले हेरि
नेपालमा बालबालिकाको अधिकार क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको इतिहास लामै छ। संयुक्त राष्ट्रसङ्घदेखि जापान, बेलायत, जर्मनी, फ्रान्स, नर्बे, अमेरिकाजस्ता मुलुकसहित अन्य धेरै सहयोगी देश यस क्षेत्रमा प्रत्यक्ष/परोक्ष रूपमा क्रियाशील छन्। बालबालिकाको क्षेत्रमा काम गरिरहेका यी सङ्घसंस्था तथा सरकारी कार्यक्रमको अध्ययन गर्दा अधिकांश यिनीहरू बालशिक्षा केन्द्रित बाल अधिकारको वरपर मात्र कार्यरत देखिन्छन्। त्यसमा पनि खासगरी यिनीहरू बाल अधिकारको नाममा स्कुल भर्ना कार्यक्रममा बढी केन्द्रित छन्। यिनीहरू नेपालमा गुणस्तरीय शिक्षाभन्दा स्कुल भर्ना, बालपोषणभन्दा खाजा वितरण, बाल मनोविज्ञानभन्दा अभिभावक रिझाउने, बाल मनोरञ्जनभन्दा आनीबानी सुधारमा बढी क्रियाशील छन्।
रोजगारीका लागि कोरिया युवाको रोजाइमा पर्छ । त्यहाँ रोजगारीमा जानका लागि युवाले लिखित र मौखिक दुवै परीक्षा दिनुपर्छ अर्थात् लोकसेवाजस्तै कडा मेहनत गरी परीक्षा दिएर पास गरी कोरिया जाने गरेका छन् तर यस्ता पनि युवा छन्, जो कोरिया जान छाडेर नेपालमै कृषि पेसा गरी महिनाको लाखौँ रुपियाँ आम्दानी गरिरहेका छन् । ती युवामध्येका एक हुनुहुन्छ गुल्मीका
निर्वाचन आयोगले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि माध्यमबाट उम्मेदवार तथा राजनीतिक दलले पाउने मतबारे सर्वेक्षण नगर्न आग्रह गरेको छ। बुधबार विज्ञप्ति जारी गर्दै आयोगले यस्तो गरेमा एक लाख रुपियाँसम्म कारबाही हुने चेतावनी दिएको छ।
अर्थमन्त्री जनार्दन शर्माले विश्व बैंक समूहको विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको दक्षिण पूर्वी एशियाली समूहको ५३ औँ गभर्नर्स सत्रको अध्यक्षता गर्नुभएको छ ।
मनाङ, मुस्ताङ, गोरखा र उपल्लो डोल्पालगायत हिमाली क्षेत्रमा रोकिएका पर्यटकको उद्धार सुरु गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले विभिन्न क्षेत्रमा अलपत्र परेका पर्यटकको तत्काल उद्धार गर्न निर्देशन दिएसँगै उद्धार कार्यले गति लिएको छ। निरन्तरको वर्षा, हिमपात र प्रतिकूल मौसमका कारण बीचबाटोमै अलपत्र परेका तथा सम्पर्कमा आएका पर्यटकमध्ये बुधबार उपल्लो डोल्पाबाट सात जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।