बडादसैँ सुरु भएसँगै भक्तजनहरू विभिन्न शक्तिपीठ धाउन थालेका छन् । नवरात्रभर सप्तरीको छिन्नमस्ता भगवती मन्दिर, कङ्कालिनी मन्दिर, राजदेवी मन्दिर, बाराको गढीमाई मन्दिर, पर्साको गहवामाई मन्दिरमा सबैभन्दा बढी भिड लाग्छ । धेरैले दिनभरि नै उपवास तथा निराहार बसेर नवरात्रभर पूजापाठ गर्छन् । कोही अरवा मात्र खाएर नवरात्रमा पूजापाठ गर्छन् ।
प्यालेस्टाइनी लडाकू समूहले आठ दिनअघि घातक आक्रमण गरेयता हमासले १२६ जनालाई बन्धक बनाएको इजरायली सेनाले आइतबार पुष्टि गरेको छ ।
नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मन्सुन आजदेखि बाहिरिएको छ ।
चिकित्सा शिक्षासँग सम्बन्धित शिक्षण संस्था र प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउनुपर्ने बहस सुरु भएको छ । नेपालमा चिकित्सा विज्ञानसँग सम्बन्धित पहिलो विश्वविद्यालय स्थापना हुने गरी सङ्घीय संसद्को माथिल्लो सदनमा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० पेस भएको छ । विधेयक पेस भएपछि बहस सिर्जना भएको हो ।
संविधान कानुनका विषयमा सूचना पाउनु नागरिकको वैध अपेक्षा भएको व्याख्या सर्वोच्च अदालतले गरेको छ । निःशुल्क संविधान वितरणको माग गर्दै अधिवक्ता विकास भट्टराईद्वारा दायर रिटमा आदेश गर्दै सर्वोच्चले आफूले दिएको सुझावबारे जानकारी पाउनु सामान्य अपेक्षा भएको व्याख्या गरेको छ ।
सरकारले सङ्घीयता कार्यान्वयनमा सहजीकरण गर्ने उद्देश्यले ८० वटा नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाएको छ । स्थानीय तहको कामलाई थप प्रभावकारी र व्यवस्थित गर्न सङ्घीय सरकारले स्थानीय तहका लागि नमुना कानुन निर्माण गरेको हो । कतिपय कानुन निर्माणका लागि स्थानीय तहसँग अनुभव र दक्ष जनशक्तिको अभाव हुँदा सङ्घीय सरकारले स्थानीय तहको कामलाई सहजीकरण गर्न नमुना कानुन निर्माण गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
इजरायलमा प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी दुःखद निधन भएका १० जनामध्ये पाँचवटा शव प्राप्त भएका छन्।
जेरुसेलम, असोज २८ गते । संयुक्त राष्ट्रसङ्घीय राहत तथा सहयोगसम्बन्धी निकायले गाजामा जारी द्वन्द्वको पहिलो सात दिनमा करिब १० लाख मानिस विस्थापित भएको जनाएको छ । युएनआरडब्लुएका सञ्चार निर्देशक जुलिएट टौमाले एएफपीसँग भन्नुभयो, “गाजामा जारी युद्धका कारण पहिलो सात दिनमा अनुमानित १० लाख मानिस विस्थापित भएका छन् ।’’प्यालेस्टिनी शरणार्थीलाई सहयोग पुराउँदै आएको युएनआरडब्लुएका अधिकारीहरूले भनेका छन्, ‘‘मानिसहरू घर छोडेर हिँड्ने क्रम जारी रहेकाले यो सङ्ख्या अझ बढी हुने सम्भावना छ ।”गत अक्टोबर ७ मा इजरायलको दक्षिणी भागमा इस्लामिक लडाकुसमूहले गरेको आक्रमणमा एक हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएपछि इजरायलले गाजापट्टीमा हमासको निशानामा आक्रमण गर्दै आएको छ ।इजरायली हवाई आक्रमणमा गाजामा हमासका नेता, लडाकू र उनीहरूका लुकेका स्थानहरूलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा परी दुई हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । रासस, एएफपी
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्यमा क्रमशः प्रतिलिटर रु ११ र रु ५ घटाएको हो ।
नेकपा (बिप्लव समूह) का महासचिव नेत्र बिक्रम चन्द (बिप्लव) ले बझाङका भूकम्प पीडितहरु लागि जिल्ला बिपद ब्यवस्थापन समिति नगदसहित राहत सामग्री हस्तान्तरण गर्नुभएको छ ।
दाङको घोराही उपमहानगरपालिका १८ स्थित अम्बिकेश्वरी मन्दिरको संरचना निर्माण गर्न आइतबारबाट सुरु हुन लागेको श्रीमद् वाल्मीकि राम कथा नवाह महायज्ञको कलश यात्रामा सहभागी स्थानीय थारु महिला ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार नढल्ने बताउनुभएको छ । आइतबार वीरेन्द्रनगरमा आयोजित समाजवादी जागरण अभियान कार्यक्रममा बोल्दै उहाँले गठबन्धन सरकार ढल्छ भनेर केहीले चुरिफुरी गरेको भन्दै त्यस्तो नहुने बताउनुभएको हो ।
मकवानपुरको मनहरी गाउँपालिका ७ को वडा कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । वडा कार्यालय भवनको आइतबार नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले उद्घाटन गर्नुभएको हो ।
सुदूरपश्चिम प्रदेशमा डेङ्गु सङ्क्रमित सङ्ख्या हजार नाघेको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा हालसम्म एक हजार १४२ जनालाई डेङ्गु सङ्क्रमण भएको छ ।
साहित्यकार टङ्कबहादुर भट्टराईले लेख्नुभएको ‘ठाँटीको घाम’ नामक उपन्यास सार्वजनिक (विमोचन) गरिएको छ । घटस्थापनाको अवसर पारेर सदरमुकाम फुङ्लिङमा आइतबार आयोजित कार्यक्रमबीच सो उपन्यास सार्वजनिक गरिएको हो ।