गोरखाका शक्तिपिठमा जमरा राखिएको छ । नेपालकै ऐतिहासिक गोरखा दरबारमा रहेको गोरखकाली, गोरखनाथ गुफा, पवित्र धार्मिकस्थल मनकामना, श्रीनाथमण्डली, लिगलिगकोट, तान्द्राङकोट, अजिरकोटलगायतका विभिन्न ठाउँमा जमरा राखिएको हो ।
तनहुँमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । असोज सुरु भएयता जिल्लाका सबै स्थानीय तहमा गरी डेङ्गु सङ्क्रमण हुनेको सङ्ख्या पाँच हजार ११ पुगेको हो ।
पोखराको विन्ध्यवासिनी मन्दिरमा आइतबारबाट नवदुर्गा महोत्सव सुरु भएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाबाट महोत्सव सुरु भएको हो ।
मुग्लिङ–नारायणगढ सडक खण्डमा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले दिनु भएको जानकारी अनुसार आइतबार बिहान करिब ७ः४५ बजेको समयमा मुग्लिङ–नारायणगढ सडकखण्डको नौ किलो भन्ने स्थानमा बा.प्र ०२०४६प १६९२ नम्बरको स्कुटल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।
नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको आफ्नै विशिष्ट खालको आर्थिक नीति रहेकाले दातृ निकायले राख्ने दृष्टिकोणसँग फरक पर्नसक्ने बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा समाजवादको आधार तयार गर्दैगर्दा केहीलाई छटपटाहट भएर वर्तमान सरकार गठबन्धन भत्काउन लागेका आरोप लगाउनुभएको छ ।
नेपालीहरूको महान् चाड बडा दसैँ आजबाट सुरु भएको छ । यस अवसरमा आइतबार काठमाडौँको हनुमानढोकास्थित दसैँ घरमा घटस्थापना गरिएको छ । बिहान ११ः२९ मिनेटको शुभसाइतमा दसैँ घरमा घटस्थापना गरिएको हो ।
गोरखाको गण्डकी गाउँपालिकामा बुधबारदेखि सुरु भएको प्रथम गाउँपालिका अध्यक्षकप फुटबल प्रतियोगिता ‘२०८०’ को उपाधि दिर्घेश्वर माविले उचालेको छ ।
हिमाली जिल्ला हुम्लाका गाउँ–गाउँबाट मानिस बिरामी हुँदा बोकेर स्वास्थ्य संस्था पुर्याउनु पर्ने अवस्था विद्यमान रहेको पाइएको छ । जिल्ला भित्रका गाउँहरू कर्णाली कोरिडोरसँग लिङ्क रोड नजोडिएका कारण बिरामीलाई बोक्नु पर्ने अवस्था छ ।
गढवा गाउँपालिका–१ पत्रिङ्गा निवासी राजकुमार थारु कुमाललाई विगतमा जस्तो अहिले आफैँ माटो मुछ्ने, माटोका सामग्री बनाउँदा चक्का हातले घुमाउनुपर्ने र बनाएका भाँडा पकाउन दाउरा खोज्नुपर्ने समस्या छैन ।
‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ को मान्यता आधारित भएर क्रियाशील ‘मनिप्लान्ट सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड’को सम्पन्न १४ औँ साधारण सभाले नयाँ सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको चयन गरेको छ ।
सूचनाको हक, सुशासनका क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएका विज्ञ टङ्कराज अर्याललाई सूचनाको हक राष्ट्रिय अवार्ड २०८० बाट सम्मान गरिएको छ ।
गतवर्ष फिल्म ‘प्रेमगञ्ज’ निर्देशन गरेर तारिफ कमाएका निर्देशक परिच्छेद सेनले नयाँ फिल्म निर्माणको घोषणा गर्नुभएको छ ।
नारायणगढ–मुग्लिङ सडकखण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षीया सङ्गीता भण्डारी रहेकी छन् ।