विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउँदा आफू नेपाली मूलका विदेशी नागरिक नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि–२०८० मा यस्तो व्यवस्था गरेको हो ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनलाई मध्यपूर्वमा शान्ति कायम गर्न आफ्नो ‘प्रभाव’ प्रयोग गर्न आग्रह गर्नुभएको छ ।
लोपोन्मुख गिद्ध संरक्षण गर्न १९ वर्ष अगाडि पूर्वी नवलपरासीको कावासोती नगरपालिका १३ पिठौलीमा स्थापना गरिएको जटायु रेष्टुरेन्ट अहिले पर्यापर्यटनको गन्तव्यसंगै जैविक विविधता अध्ययन केन्द्रका रूपमा विकास गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ वराह बाहिनी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच सीमा समन्वय बैठक सम्पन्न भएको छ । वराह बाहिनी मुख्यालय पकली सुनसरी र भारतीय सशस्त्र सीमा बलबीच मोरङको विराटचौकस्थित होटल नेपालिरिकामा बाहिनीस्तरीय सीमा समन्वय बैठक सम्पन्न भएको हो ।
विगत डेढसय बर्षदेखि नेपालगन्जमा सञ्चालन हुँदैआएको रामलिला यसवर्ष पनि भव्य रुपमा आयोजना गरिनेभएको छ । आइतवारबाट सुरु हुने रामलिलाको सबै तयारी पूरा भएको रामलिला सञ्चालक समितिले जनाएको छ ।
त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले शनिबार १५ औं काठमाडौं म्याराथनमा पहिलो स्थान हात पार्नुभएको छ । उहाँले निर्धारीत दूरी दुई घन्टा ३० मिनेट २५ सकेन्डमा पूरा गर्नुभयो । होमलालले उपाधि जितेपछि एक लाख रुपियाँसहित इनड्राइभरले प्रायोजन गरेको इलेक्ट्रिक स्कुटर हासिल गर्नुभयो ।
पोखराको महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ । पोखरा महानगरपालिका र गैह्र आवासीय नेपाली संघ (एनआरएनए) को लागत साझेदारीमा शौचालय निर्माण गरिएको हो ।
चाडवाड नजिकिएसँगै हरेक नेपालीका घर–घरमा विभिन्न प्रकारका रोटीहरु बन्ने गर्छन् । हरेक चाडवाडमा नेपालीका घरमा रोटी बनाउनु र पाहुनालाई रोटीले स्वागत गर्ने परम्परादेखि चल्दैआएको चलन हो ।
अग्रिम टिकट बुकिङ् खुलेको पाँच दिनमा ९५ हजारले अग्रिम टिकट बुकिङ् गरेका छन् । काठमाडौंबाट दसैं, तिहार तथा छठ पर्वमा घर जानका लागि ९५ हजार यात्रुले अग्रिम टिकट लिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव टेकनाथ गौतमले बताउनुभयो।
कोटेश्वर डोजाङले शनिबार नेपाली तेक्वान्दोमा योगदान पुराएको कदर स्वरुप अशोक खड्कालाई सम्मान गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले सहकारी क्षेत्रमा देखिएको समस्या हल गरेरै छाड्ने बताउनुभएको छ । शनिबार दाङको गढवा गाउँपालिका महिला उद्यमी सहकारी संस्थाको भेलामा सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
दुर्घटनामा परी ज्यान गुमाउनेको परिवारले पितृको उद्धार होस् भनी दुर्घटनास्थल तमादी खोला पुगेर स्वस्ति शान्ति (पितृ कर्म) गरेका छन् । दुर्घटनाको पन्ध्र दिनपछि शनिवार विहान घटनास्थल तमादिखोलामा नै पुगेर मृतक माधव पौडेलको परिवारले पितृ उद्धार र आत्मा शान्तिका लागि स्वस्ति शान्ति कर्म गरेको हो ।
काठमाडौंको तारकेश्वर नगरपालिका वडा ४ मा रहेको गुह्येश्वरी तेक्वान्दो डोजाङ, सृजना ज्ञान सागर मावि, सिर्जना तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा ओलम्पियन विजेता विधान लामालाई सम्मानित गरिएको छ ।
कोशी प्रदेशअन्तर्गतका पहाडी जिल्लाहरू धनकुटा, उदयपुर र भोजपुर जिल्लाको विभिन्न स्थानमा ठुलो परिमाणमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।
कपिलवस्तुको बाणगंगामा सञ्चालन भएको दोस्रो साइकल पलाङ्क ब्यालेन्स प्रतियोगिताको उपाधि रुपन्देहीका ११ वर्षीय बालकले जितेका छन् । बुटवल उपमहानगरपालिकाका एभरेष्ट बोडिङ्ग स्कुलका कक्षा ६ मा अध्ययनरत मनिक श्रेष्ठले उपाधि जित्नुभएको हो ।