लोक प्रशासन लोक हितका लागि समर्पित हुनुपर्ने कुरामा कसैको बिमति छैन तर लोक प्रशासन नियम, कानुन र प्रक्रिया छरितो छैन। नियम, कानुन र प्रक्रियाको व्याख्या, आफ्ना मान्छे, चिनेजानेका मान्छे, स्वार्थ गाँसिएका मान्छे र ठूलाबडाका लागि अलगअलग हुनु चाहिँ अहिलेको मुख्य समस्या हो। सयौँको लाइनमा पालो कुरेर बस्नेलाई ओभरटेक गर्दै पहुँचवालाले चुड्कीका भरमा काम फत्ते गर्ने गराउने परिपाटीका कारण हाम्रो लोक प्रशासन आमसेवाग्राहीको नजरमा लोकप्रिय हुन सकेको छैन।
म्यानचेस्टर सिटी च्याम्पियन्स लिग फुटबलमा बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा सिटी एफसी कोपनहेगनसँग गोलरहित बराबरीमा रोकिएको हो ।
शासकीय व्यवस्थाका कमजोरी हटाई त्यसमा सुधार ल्याउने उद्देश्य राखेर विकास गरिएको सुशासनको अवधारणा सर्वप्रथम विश्व बैङ्कले सन् १९८९ मा अफ्रिका महादेशमा पहिलो पटक प्रयोगमा ल्याएको हो। सन् १९९० को दशकका अन्तिम वर्षहरू सुशासन वर्षका रूपमा विश्वमा परिभाषित भई अहिले यो अवधारणा दिगो विकासको लक्ष्य हासिल गर्ने महìवपूर्ण औजारका रूपमा विकास भएको छ।
१. पद्मश्री पुरस्कार–२०७८ कसलाई प्रदान गरियो ? केशवराज ज्ञवाली (कथा सङ्ग्रह ः अर्को भोर) २०७९ असोज २३ मा ज्ञवालीलाई सो अवार्ड प्रदान गरिएको।
सङ्घीय संसद्को विशेषाधिकार १. चाडपर्व नजिकिएसँगै उपभोक्ताको हक हनन भएका समाचार पढ्न र सुन्न पाइन्छ। यस सन्दर्भमा उपभोक्ताको हकहितको संरक्षण गर्न बिक्रेता तथा सेवा प्रदायकको दायित्व के कस्तो रहन्छ उल्लेख गर्नुहोस् ।
नागरिक उन्मुक्ति पार्टीका दुई नेता रेशम चौधरी र लक्ष्मण थारू (चौधरी)को उम्मेदवारी खारेज भएको छ। चौधरीले बर्दिया क्षेत्र नम्बर २ र थारूले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएको थियो। टीकापुर घटनामा दोषी ठहर भई चौधरी जेलमा हुनुहुन्छ।
गोरखापत्र संस्थानमा कार्यरत कर्मचारीद्वय हरिकृष्ण अर्याल र हरिशरण पुरीलाई सम्मानपत्रसहित बिदाइ गरिएको छ। संस्थानमा मङ्गलबार आयोजित कार्यक्रममा संस्थानको सेवामा लामो समयदेखि कार्यरत कर्मचारीद्वय अर्याल र पुरीलाई संस्थान परिवारतर्फबाट बिदाइ गरिएको हो। संस्थान सेवामा २०५३ सालमा प्रवेश गर्नुभएका अर्यालले वरिष्ठ प्राविधिक सहायक पदबाट उमेरहदका कारण अवकाश पाउनुभएको हो। त्यसैगरी पुरीले सिनियर प्रेस म्यान पदबाट स्वेच्छिक अवकाश लिनुभएको हो।
नेपालमा हाइड्रोजनको व्यावसायिक उत्पादन र बजारीकरण नाफामुखी दृष्टिले तत्काल उपयुक्त नहुने निष्कर्षसहित नेपाल हरित हाइड्रोजन सम्मेलन सम्पन्न भएको छ । राजधानीमा सोमबार र मङ्गलबार दुई दिन भएको सम्मेलनले पहिलो चरणमा सरकारले पहल गरेको रासायनिक मल कारखानाको नमुना परियोजना सम्भव बनाउने र निजी क्षेत्रलाई ब्लिन्डेड फाइनान्सको मोडेलमा क्रमिक रूपमा समावेश गर्दै लैजान उपयुक्त हुने निष्कर्ष निकालेको छ ।
भरतपुर अस्पतालमा नयाँ इमर्जेन्सी (आकस्मिक) कक्ष सञ्चालन गरिएको छ। काम चलाउका रूपमा सञ्चालन हुँदै आएको आकस्मिक कक्षले बिरामीको चापलाई धान्न नसकेपछि दुई वर्ष अगाडिदेखि नयाँ इमर्जेन्सी भवन निर्माण सुरु गरिएको थियो। छ करोड ५० लाख रुपियाँको निर्माण लागत रहेको भवनमा पहिलो चरणमा पहिलो तला मात्र निर्माण गरिएको छ। अस्पतालका इन्जिनियर विपिन
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पा“चथर जिल्लाबाट प्रतिनिधि सभा सदस्यका लागि दुई प्रभावशाली नेताबीच रोचक प्रतिस्पर्धा हुने सङ्केत देखिएको छ। मङ्सिर ४ गते सम्पन्न हुन लागेको निर्वाचनमा कांग्रेसबाट केन्द्रीय सह महामन्त्री एवं संविधान सभा सदस्य भीष्मराज आङदेम्बे र एमालेबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङको उम्मेदवारी दर्ता भएसँगै उहाँहरूबीच प्रतिस्पर्धा सुरु भएको हो।
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गर्न दशैँको अवधिमा मात्र करिब १६ हजार भक्तजन आएका छन्। दशैँको घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन्। दशैँ र तिहारको अवधिलार्ई पाथीभरा दर्शनका लागि मुख्य मौसम मानिन्छ। यस वर्षको मुख्य सिजन नवरात्र अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा कुल १५ हजार ९२९ जना भक्तजनले पाथीभरा माताको दर्शन गरेका पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। विगतमा झैँ यो वर्ष पनि दशैँको अवधिमा पाथीभरा दर्शन गर्ने भक्तजनको भीड लागेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक
काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरू नक्कली नागरिकताको सिफारिस, नक्कली नाता प्रमाणितमा संलग्न रहेको पाइएको छ। जिल्लामा नक्कली तथा दोहोरो नागरिकताका विषयमा भएका अनुसन्धानबाट वडाध्यक्षलगायतका जनप्रतिनिधि र वडा सचिवको संलग्नता रहेको पाइएको हो।
गुणस्तरहीन मर्मत, सवारी चाप र भारवहन क्षमताभन्दा बढीका सवारीसाधन चल्नाले बीपी राजमार्गको सडक खाल्टैखाल्टा भएको छ। चार महिनाअघि मर्मत गरी टालटुल पारिएको बीपी राजमार्ग फेरि उस्तै भएर भत्किएको छ। वर्षा अगाडि मर्मत भएको बीपी राजमार्गको नेपालथोक–धुलिखेल चौथो खण्डमा सबैभन्दा बढी खाल्टाखुल्टी छन्।
दशैँतिहारका बेलामा सञ्चालनमा आउने अपेक्षा गरिएको रुकुमपश्चिमको चौरजहारी विमानस्थल यस पटक पनि सञ्चालनमा आएन । लामो समयदेखि बन्द रहेको सो विमानस्थल सञ्चालनमा नआउँदा यहाँका सर्वसाधारणले सास्ती पाएका छन् । चौरजहारी नगरपालिका–२ का मदनकुमार गौतमले आठ वर्षदेखि बन्द अवस्थामा रहेको विमानस्थल यस वर्ष दशैँतिहारमा सञ्चालन गरिने आशा बोकेको भए पनि निराशामा परिणत भएको बताउनुभयो ।
हिमाली क्षेत्र अन्नपूर्ण बेस क्याम्प क्षेत्रमा समस्यामा परेका पर्यटकहरूको उद्धार भइरहेको छ । निरन्तर वर्षा र प्रतिकूल मौसमका कारण पदयात्रामा पर्यटक बीचबाटोमै अलपत्र परेका हुन् । पर्यटन व्यवसायीका अनुसार विभिन्न क्षेत्रमा गएका करिब दुई दर्जन पर्यटक सम्पर्कविहीन अवस्थामा छन् ।