नेपालका एक सय पर्यटकीय गन्तव्यस्थलमध्येको बाँफीकोट गाउँपालिकामा रहेको स्यार्पु ताल पनि एक हो । सो ताल जिल्लाको भने मुख्य पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । ताल अवलोकनका लागि आन्तरिकसँगै बाह्य पर्यटकसमेत आउने गरेका छन् ।
शिक्षण अस्पताल निर्माणका लागि बाह्य लगानी जुटाउन आवश्यक छलफल र पहल थालिएको छ । दैलेखको आठबिस नगरपालिकाको केन्द्र राकम कर्णालीमा ट्रमा सेन्टरसहितको शिक्षण अस्पताल निर्माणका लागि लगानी जुटाउन पहल भइरहेको हो ।
गुल्मी जिल्ला कारागारमा रहेका कैदीबन्दीको आँखा जाँच गरिएको छ । विश्व दृष्टि दिवसको अवसरमा नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र तम्घासको आयोजनामा कैदीबन्दीको आँखा जाँच गरिएको हो ।
बागलुङको काठेखोला गाउँपालिकाले गाउँगाउँमै पुगेर नागरिकलाई सेवा दिन थालेको छ । गाउँपालिकाले घुम्ती शिविरमार्फत योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण र ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिरहेको छ ।
सुर्खेतको बावियौचारदेखि सुदूरपश्चिम प्रदेशमा जोड्ने बस सेवा सञ्चालनमा आएको छ । पञ्चपुरी नगरपालिकादेखि सुदूरपश्चिम प्रदेशको कैलालीसम्म नियमित यातायातका साधनहरू शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
सर्लाहीको लालबन्दीका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विकास निर्माणका काममा राजनीतिकरण गर्न नहुने बताउनुभएको छ । पर्वतको मोदी गाउँपालिका-२ देउपुरमा आज बिहान आयोजित एक श्रद्धाञ्जली सभामा तीनवटै तहका सरकारबिच समन्वय र सहकार्य हुन सकेमामात्र समृद्ध मुलुक बन्न सक्ने बताउनुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शैक्षिक क्षेत्रको विकासका निम्ति लगानी बढाउन आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले दिउँसोको समयमा ट्राफिक व्यवस्थापनका लागि मालवाहक सवारी साधन र अन्य सवारी साधनको व्यवस्थापनको काम अघि बढाएको छ ।
इजरायल–हमास द्वन्द्वको पछिल्लो नयाँ अपडेटमा इजरायली प्रतिरक्षा फौज (आईडीएफ) का प्रवक्ता लेफ्टिनेन्ट कर्णेल जोनाथन कनरिकसले गाजा पट्टीका जनताले इजरायली सेनाको चेतावनी सुनिरहेको र सही काम गरिरहेको शनिबार बताउनुभएको छ ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–२, कुनौटादेखि माछखर्क जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । बेनी-जोमसोम सडकखण्डअन्तर्गत माछखर्क जाने पुरानो घोरेटोबाटो जीर्ण भएपछि आवतजावत कठिन हुन थालेको भन्दै श्रमदान जुटाएर पक्की पदमार्ग निर्माण थालिएको हो ।
सोह्र श्राद्धको चतुर्दशीतीथिका दिनमा बेनी नगरपालिका वडा –२ बगरफाँटका ९९ वर्षीय खड्गबहादुर थापा लौरी टेकेर जिल्ला सदरमुकाम बेनी जाँदै हुनुहुन्थ्यो । उहाँको साथमा उहाँकी पत्नी खिरकुमारी पनि सँगै हुनुहुन्थ्यो ।
उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताउनुभएको छ ।
चितवन मेडिकल कलेज शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा स्तन क्यान्सरको परीक्षण निः शुल्क गरिएको छ । अक्टोबर महिनाभरि स्तन क्यान्सरको बहिरङ्ग (ओपिडी) सेवा निः शुल्क गरिएको हो ।
। प्रहरी महानिरीक्षक बसन्त कुँवर स्वदेश फिर्ता हुनुभएको छ । बेलायत सरकारको निमन्त्रणामा यही असोज २२ देखि २६ गतेसम्म आयोजना भएको ‘सुरक्षा र न्याय सुदृढीकरणका लागि एकीकृत कार्यक्रम’मा सहभागी भएर प्रहरी महानिरीक्षक कुँवर आज (शनिबार) स्वदेश फिर्ता हुनुभएको हो ।