झन्डै दुई महिनादेखि सिलबन्दी गरिएका म्याद गुज्रेका बियर कम्पनीका गोदाम अहिलेसम्म खुुल्न सकेका छैनन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उक्त बियर कम्पनीको अनुसन्धान गरिरहेकै बेलामा विभागका महानिर्देशक महेश भट्टराईको सरुवा भएका कारण रोकिएका गोदाम अहिलेसम्म खुुल्न नसकेका हुन् । विभागको अनुगमन टोलीले विभिन्न सात ब्रान्डका बियर कम्पनीका गोदामको अनुगमनका क्रममा म्याद गुज्रेका बियर भेटिएपछि गोदाममा सिलबन्दी गरिएको थियो । विभागका निर्देशक होमनाथ भट्टराईले विभागमा मङ्गलबार नयाँ महानिर्देशकका रूपमा गजेन्द्रकुमार ठाकुर आउनु भएकाले सिलबन्दी भएका बियर नष्ट
घोराही उपमहानगरपालिका–५, धर्ना निवासी मिलन बुढाथोकीले लामो समयदेखि माछापालन गर्दै आउनुभएको छ । ११ वटा पोखरीमा माछापालन गरी उहाँ वार्षिक दुई सय क्विन्टल माछा उत्पादन गर्ने गर्नुहुन्छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घमा अध्यक्षबाहेक बाँकी सबै पदका लागि बुधबार निर्वाचन हुँदै छ । महासङ्घको विधानअनुसार हालको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था भएकाले चन्द्रप्रसाद ढकाल महासङ्घको अध्यक्ष बन्दै हुनुहुन्छ । यसबाहेक बाँकी पदमा निर्वाचन हुन लागेको हो । भविष्यको अध्यक्षसमेत हुने भएकाले वरिष्ठ उपाध्यक्ष पदको निर्वाचनमा त्रिपक्षीय उम्मेदवारी परेको छ । त्यसका लागि अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र सङ्घाईले उम्मेदवारी दिनुभएको छ । तीनै जनाले आफ्नो समूह बनाएर निर्वाचनमा उम्मेदवारी दिनुभएको हो । महासङ्घको निर्वाचनमा जिल्ला, वस्तुगत र एसोसिएट गरेर तीनवटा अध्यक्ष रहने व्यवस्था छ । त्यसका
साखः ग्रुपले जापानी प्रविधिमा आधारित रिकिसी कम्पोस्ट मल उत्पादन सुरु गरेको छ । रासायनिक मलको हाहाकार भइरहेको बेला साखः ग्रुपले किसानका लागि सो मल उत्पादन सुरु गरेको छ । उदयपुरको दुधौली नगरपालिकामा प्लान्ट स्थापना गरी सो मल उत्पादन सुरु गरेको साखः ग्रुपका प्रमुख किरणप्रकाश साखःले बताउनुभयो । १४ करोड रुपियाँको लगानीमा सुरु भएको सो प्लान्टबाट प्रत्येक दुई महिनामा छ हजारदेखि आठ हजार मेट्रिक टन मल उत्पादन हुन्छ । उत्पादन सुरु भएदेखियता पाँच सय मेट्रिक टन बिक्री भइसकेको उहाँले जानकारी दिनुभयो ।
जङ्गली हात्ती हिँड्ने बाटोमा बस्ती बसाएपछि सिन्धुलीको कमलाखुँज क्षेत्रका बासिन्दा सधँै हात्तीको त्रासमा बस्न बाध्य भएका छन्। हात्तीले प्रयोग गर्दै आएको बाटोमा बस्ती विकास र खेती जमिनको प्रयोग हुँदा कमलाखुँज क्षेत्रका बासिन्दा मानवीय क्षतिदेखि भौतिक संरचना र अन्नबालीको नोक्सानीसमेत सहन बाध्य भएका छन्। डिभिजन वन कार्यालयका अनुसार कमलाखुँज क्षेत्रमा पर्ने दुधौली नगरपालिकाका १४ वडामध्ये वडा नं. १, २, ३, ४, ५, ६, ८, ९, १०, ११ का बासिन्दा सधैँ त्रसित छन्। कमलामाई नगरपालिकाका वडा नं. ९, १३ र १४ का बासिन्दा बर्सेनि जङ्गली हात्तीको त्रासमा बस्न बाध्य छन्। पर्सा राष्ट्रिय निकुञ्ज र कोशीटप्पु राष्ट्रिय निकुञ्जमा मौसमी स्थानान्तरण हुने (जाने/आउने) क्रममा हात्तीको समूह वर्षको दुई÷तीन पटक त्यस क्षेत्रमा आउँछन्। पर्सा राष्ट्रिय निकुञ्ज र कोशीटप्पु राष्ट्रिय निकुञ्जसम्म फैलिएको चुरे जङ्गलको
मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समिति नेपाल र गृह मन्त्रालयबीच भएको छलफल मङ्गलबार पनि निष्कर्षमा पुगेन। दुवै पक्षबीच तीन दिनदेखि छलफल जारी छ। गृह मन्त्रालयका वार्ता टोलीका संयोजक प्रदीप कोइरालाले समितिले राखेका माग विभिन्न प्रकृतिका रहेकाले समाधानको पहल भइरहेको जानकारी दिनुभयो। मङ्गलबारको छलफलमा समितिले राखेको नीतिगत विषय समाधानका लागि प्रस्ताव बनाएर छलफल गर्ने सहमति भएको छ। उहाँका अनुसार समितिले राखेका छबुँदे मागमा नीतिगत प्रक्रिया, अदालती प्रक्रिया र प्रशासनिक प्रक्रिया गरी तीन क्षेत्रसँग सम्बन्धित छन्। अदालती प्रक्रियाको विषयमा आफूहरूले केही गर्न नसक्ने उहाँको भनाइ छ।
जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीलाई प्रहरीले पक्राउ गरेको छ। वैवाहिक बलात्कारको आरोपमा जिल्ला प्रहरी परिसरको टोलीले काठमाडौँको सामाखुसीस्थित पवित्रनगरबाट गिरीलाई पक्राउ गरेको हो। काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख दानबहादुर कार्कीले आरोपित गिरीलाई पीडित आरती रावल गिरीको कोठाबाट नियन्त्रणमा लिइएको जानकारी दिनुभयो।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का मन्त्रीले पार्टीका नेता तथा कार्यकर्तालाई मन्त्रालयमा नभई पार्टी कार्यालयमा भेट्ने व्यवस्था गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास, प्रधानमन्त्री कार्यालय र मन्त्रालयमा अत्यन्तै भिडभाड हुन थालेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने व्यवस्था गरिएको हो।
बैतडी, बझाङ र दार्चुला जिल्लाको यात्रा गाडीमा गर्दा करिब दुई दिन लाग्छ । बैतडीबाट बझाङ पुग्न पनि गाडीमा एक दिन लाग्छ तर सुदूरपश्चिमका बैतडी, दार्चुला र बझाङ जिल्लाका चारवटा सरकारी कार्यालय प्रमुखको जिम्मेवारी भने एक जना कर्मचारीमा छ । बैतडी र दार्चुला जिल्ला हेर्ने पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर जङ्गबहादुर थापालाई बैतडीस्थित भवन डिभिजन कार्यालय र बझाङको पूर्वाधार विकास कार्यालयको पनि जिम्मेवारी थपिएपछि उहाँका अफिस तीन जिल्लाका चार पुगेका हुन् । बझाङ एक दिन बसेर उहाँ भोलिपल्ट दार्चुलाको स्थलगत कार्यालय पुग्नुहुन्छ । त्यहाँका योजना हेरेर उहाँ पूर्वाधार विकास र भवन डिभिजन कार्यालय बैतडी पुग्दा चार दिन बित्छ ।
विस्फोटक पदार्थको अभावमा पहाड फोर्न नसक्दा नारायणगढ–मुग्लिन सडकअन्तर्गतको तुइन खोलामाथिको पुल निर्माण कार्य लामो समयदेखि रोकिएको छ । पुलसँगै रहेको पहाड काट्न विस्फोट नै गर्नुपर्ने तर त्यसका लागि आवश्यक पर्ने बारुदको खरिद प्रक्रिया ढिला हुँदा समस्या भएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकृत कृष्ण आचार्यले जानकारी दिनुभयो ।
बैतडी-बझाङ जोड्ने जयपृथ्वी मार्गको खोड्पे-विन्द्रावन सडक खण्डको झौलेक भिरमा जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। पाँच जना हाम फालेर बाँच्न सफल भएका छन्। पाटन नगरपालिका-८, झौलेक गाउँ जाने बाटो नजिक भिरबाट दुर्घटना भएको जिप करिब पाँचसय मिटर तल भिरमा खसेको छ । घटनास्थलमा बैतडीका प्रमुख जिल्ला अधिकारी शुरेश पन्थी सुरक्षाकर्मीसहित पुग्नु भएको छ।
धनगढीको धार्मिक तथा पर्यटकीय स्थल शिवपुरीधाममा मङ्गलबार पुतला नाँच (रनपुतला) प्रस्तुत गर्दै अछामी महिला ।
बालुवाको ढिस्कोमा पुरिएर बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सिगास गाउँपालिका–२ धौलाडीकी ३३ वर्षीया राजमती भाट रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलले पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि मेलामा घोटाला गरेको भन्दै थप अनुसन्धान गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।
गोरखाको बालुवा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।