समावेशीकरणको दिशामा एउटा फड्को:गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
जब चाडबाड आउँछन्, परदेशीले देश सम्झन्छ । भदौको कुशेऔँसी हुँदै जब स्वदेशमा चाडपर्व सुरु हुन्छन्, त्यस बेलादेखि परदेशीको मनमा बेचैनी हुन्छ । जन्मभूमिमा खेलेका, हुर्केका साथीभाइ, वल्लोपल्लो घर अनि उकाली ओराली गरेको खेतगरो, खोलानाला, डाँडाकाँडा अनि मेलापातको याद आउन थाल्छ । आफ्नो थातवासको यादले विदेशमा जति सुखसयल भए पनि मन अमिलो हुन्छ । नारायणगोपालको स्वर लहरीमा गुञ्जेको गीतमा झैँ ‘म जन्मे जहाँ, म हुर्के जहाँ, म खेले जहाँ त्यही आँगन प्यारो छ, यो छातीभरि मुरीका मुरी नेपालको माया छ’ जस्ता सुमधुर गीतका आवाजले मन चसक चसक बिझाउँछ । देश छोडेर आउने
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) आइसिसीका अध्यक्षका उम्मेदवार राजेन्द्रकुमार (आर.के.) शर्माले आफ्नो नेतृत्वमा आइसिसी गठन हुने बित्तिकै गैरआवासीय नेपालीलाई एकताबद्ध बनाउने घोषणा गर्नुभएको छ । राजधानीमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उहाँले आफू विजयी भएमा कार्यकालभर जुटेको एनआरएन बन्ने उहाँको भनाइ थियो । अध्यक्षको कार्यकाल २४ महिनाको हुने र सो अवधिका लागि २४ वटा कार्यक्रमको खाका बनाएको उहाँले जानकारी दिनुभयो । “त्यति मात्र होइन, प्रत्येक तीन महिनामा प्रगति विवरण तयार गर्ने लक्ष्य पनि राखेको छु,” उहाँले भन्नुभयो ।
ग्रामीण भेगमा कोदो खेतीले ढाकिने बारी अहिले खाली हुँदै गएका छन् । गाउँका बारी कोदो खेतीले भरिन्थे । गाउँमा सबैका जसो घर–घरमा कोदो लगाइन्थ्यो । पछिल्ला वर्षमा भने कोदो खेती कम हुँदै गएको बताउनुहुन्छ, पाल्पा रामपुर नगरपालिका–१ स्थित कुमैडाँडाकी ६५ वर्षीया शान्ति विश्वकर्मा ।
कर्णाली प्रदेशका स्थानीय तहले महिनावारीको समयमा महिला तथा किशोरीलाई ‘पर होइन घर’ राख्ने प्रतिबद्धता जनाएका छन् । मर्यादित महिनावारी व्यवस्थापनसम्बन्धी सुर्खेतमा आयोजित दुईदिने भेलामा कर्णाली प्रदेशका जनप्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् । भेलाले मर्यादित महिनावारी व्यवस्थापनका लागि १२ बुँदे सुर्खेत घोषणापत्रसमेत जारी गरेको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को: गोरखापत्रद्वारा प्रकाशित उर्दू भाषा
जिल्लाको महावै गाउँपालिका कर्णाली राजमार्गसँग अझै प्रत्यक्ष जोडिइसकेको छैन । गाउँपालिकालाई राजमार्गसँग जोड्न तिला नदीमा पुल निर्माण गर्नुपर्ने वा छिमेकी शुभकालिका गाउँपालिका हुँदै सडक जोड्नु पर्छ । बिचमा तिला नदीले बार लगाएका कारण अहिले पनि महाबै गाउँपालिका राष्ट्रिय राजमार्गसँग जोडिन सकेको छैन ।
मुस्ताङको मौलिक कला र संस्कृति पर्यटक आकर्षित गर्ने माध्यम बनेको छ । धार्मिक र प्राकृतिकसँगै मुस्ताङका बासिन्दाले परम्परागत मौलिक कला तथा संस्कृतिको जगेर्ना गरेर पर्यटक भित्र्याउने माध्यम बनाएका हुन् ।
बझाङ भूकम्पका कारण जिल्लाका १२ हजार ३७६ वटा घर तथा भवनमा क्षति पुगेको छ । जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १२ वटै पालिकाबाट प्राप्त विवरण सार्वजनिक गर्दै सो जानकारी दिएको हो । जिल्लामा पूर्ण, आंशिक र सामान्य क्षति भएका १२ हजार ३७६ घर तथा भवन छन् । विवरण अनुसार जिल्लामा दुई हजार ४४५ घरमा पूर्ण क्षति पुगेको छ । छ हजार ८४ आंशिक र तीन हजार ५२४ घरमा सामान्य क्षति पुगेको छ । भूकम्पबाट १२३ वटा सरकारी भवन तथा कार्यालय पूर्ण क्षति र १५२ भवनमा आंशिक क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ ।
बर्खाको समय बाढीपहिरोबाट जोगिएका स्थानीयलाई अहिले फेरि भूकम्पको त्रास पसेको छ । बर्खाको समय बाढीपहिरोबाट जोगिँदै आएका यहाँका स्थानीयको अहिले फेरि भूकम्पले घर चर्किएपछि उनीहरू त्रसित बनेका हुन् । बर्खाको समय गाउँमाथिबाट आएको पहिरोले घर बगाउँछ कि भन्ने डरैडरमा बास बस्नु परेको थियो । अहिले फेरि भूकम्पको त्रासमा रात काट्नु परेको खप्तड छेडेदह गाउँपालिका–५, डोगडीका पदम सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “एक दुई दिन भए कतै गएर त्रिपालमा बास गराैँ भन्नु, परिवार ठुलो छ । बर्खाको समय लेकमा गएर बास बस्यौँ । अब हिउँद लाग्यो, यहाँ धेरै चिसो हुन्छ । त्यो चिसोमा कहाँ गएर रात काट्ने निकै चिन्ता लागेको छ ।”
गोरखापत्रकर्मी सुकृत नेपाल रङ्गपत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । सहारा ग्रुप पाँचौँ सगरमाथा म्युजिक अवार्ड–२०८० बाट उहाँ शक्रबार सम्मानित हुनुभएको हो । कार्यक्रममा वरिष्ठ लोकगायिका तीर्थकुमारी थापालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड–२०८० बाट सम्मानित गरिएको थियो । उहाँलाई नगदसहित सम्मान प्रदान गरिएको हो । उहाँहरूसहित अन्य पाँच जना सञ्चारकर्मी र गायकगायिकालाई पनि सम्मान प्रदान गरिएको छ । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले उहाँहरूलाई सम्मान प्रदान गर्नुभएको थियो । उहाँले कलाकार तथा सञ्चारकर्मीलाई सम्मान गर्नु अत्यन्तै प्रशंसनीय कार्य भएकाले नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अवार्डका लागि अर्थ नेपाल प्रालिको आयोजना र टोखा नगरपालिकाको सहआयोजना रहेको थियो ।
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन सोह्रश्राद्ध अर्थात् पितृपक्ष आजदेखि विधिवत् समापन गरिँदैछ ।
पत्रकार अमृता लम्सालको ‘मिडिया, महिला र म’ पुस्तकको लोकार्पण गरिएको छ । अक्षर क्रियसनद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा पत्रकार लम्सालले आफ्नो पत्रकारिताको यात्रा र नेपालमा महिला समानताको मुद्दालाई स्थापित गराउन विविध माध्यम र भूमिकामा रहेर गर्नुभएको सङ्घर्षबारे लेख्नुभएको छ ।
गायक आशिष थापाको ‘तिमीबिना’ सार्वजनिक भएको छ । थापाको स्वरमा सार्वजनिक भएको गीतमा सरोजवीर विक्रम गिरीको शब्द रहेको छ । गीतमा स्वयम् गायक थापाले नै सङ्गीत दिनुभएको छ । राहुल विश्वकर्माको गितार र भुवन गन्धर्वको तबलाको धुनले गीतलाई झनै सुमधुर बनाएको छ ।
दोलखाको सदरमुकाम चरीकोट बजारमा दसैँको चहलपहल देखिए पनि खासै व्यापार नभएको व्यापारीहरूको गुनासो रहेको छ । कपडा पसलमा फाट्टफुट्ट ग्राहक छन् । रेडिमेड कपडा पसलमा अलि छन् तर खासै व्यापार भएको छैन । एमके स्टोरका मनोज श्रेष्ठले भन्नुभयो, पहिले पहिलेको जस्तो व्यापार छैन । यो बेला त पसलमा खचाखच हुन्थ्यो । अहिले त नगन्य व्यापार भइरहेछ । जीवन जिउन गारो छ ।