तनहुँबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा ६२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले दर्ता गरेको कुनै उम्मेदवारविरुद्ध उजुरी नपरेको जानकारी दिनुभयो ।
समाज साक्षरताका लागि गठन भएको सामुदायिक सिकाइ केन्द्रले महिलालाई उत्पादन काममा जोड्न थालेको छ । तुलसीपुर उपमहानगरपालिका ११ मा रहेको सिकाई केन्द्रले आत्मनिर्भर बन्नका लागि विभिन्न सीप प्रदान गर्दै उत्पादन भएका वस्तुहरुको बजारीकरण समेत गर्न थालेको छ ।
आइतबार ४४ अङ्कले बढेको नेप्से परिसूचक सोमबार २७ अङ्कले गिरावट आएको छ । साताको दोस्रो कारोबारको दिन आज नेप्से परिसूचक २७.१६ अङ्कले घटेर घटेर १८७१.२२ बिन्दुमा झरेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडि)को तथ्याङ्कमा असोज महिनामा मात्रै २० हजार ९६८ जनामा डेंगु पुष्टि भएको र ३१ जनाको मृत्यु भएको उल्लेख छ ।
बंगलादेशमा कार्तिक १५ देखि २५ गतेसम्म आयोजना हुने साफ यू–१५ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारहरुका बारेमा दाबी विरोधको समय आइतबारदेखि शुरु भएको छ । निर्वाचन आयोगका अनुसार असोज २९ गतेसम्म विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फ बुझाएको बन्द सूचिमा समावेश उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोधको निवेदन दिन सकिन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई भोलि (मङ्गलबार) डिस्चार्ज गरिने भएको छ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामबिक्रम अधिकारीले उपचाररत राष्ट्रपति भण्डारीलाई भोलि डिस्चार्ज गरिने जानकारी दिनुभएको हो ।
बुधबारदेखि परेको निरन्तर बर्षाका कारण आएको पहिरोले रत्न राजमार्ग अन्तर्गत सुर्खेत–कोहलपुर सडक खण्ड दुई दिनदेखि अवरुद्ध भएको छ । आईतवारदेखि अवरुद्ध भएको सडक सोमवार दिउँसोसम्म पनि खुल्न सकेको छैन् ।
पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हजार ५४६ जनाको कोरोना परीक्षण गर्दा २७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
सोमबार काठमाडौंमा वायुसेवाको २५ औं वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्नुहुँदै बुद्ध एयरले प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतसँग २५ वर्षको यात्रामा विभिन्न उतारचढाव भोग्नुपरेको बताउनुभयो ।
कालिकोटको तिलागुफा नगरपालिका –४ राँचुली गाउँमा मलामी गएका १५ जना बेपत्ताध्ये १३ जनाको शव फेला परेको छ । मृतक स्थानीय युवक हेमराज शाहीको मलामीमा गएका वडा ४ का वडा अध्यक्ष परबहादुर शाहीसहित १५ जना वेपत्ता हुनुभएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले हाइड्रोजन बिक्री गरेर देशलाई आर्थिक रुपमा समृद्ध बनाउन सकिने बताउनुभएको छ ।
बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले काठमाडौं जिल्ला अदालतमा युवती नाबालिका नरहेको दावी गर्नुभएको छ । प्रहरीले सन्दीपलाई सोमबार अदालतमा पेस गरेको थियो ।
काठमाडौं, असोज २४ गते । ऋचा शर्मा अभिनीत फिल्म ‘कौसीद’को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमले आगामी पुस १५ गतेलाई नयाँ रिलिज मिति तोकेको हो । फिल्ममा भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षितविक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई र सागर भट्टराईकोसमेत अभिनय रहेको छ । नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको लेखन रहेको फिल्मलाई सोसल ड्रामा जनरामा राखिएको छ । फिल्मलाई कुमार भाष्करले निर्देशन गर्नुभएको हो । मुख्य भूमिकामा रहेकी ऋचा फिल्मकी प्रस्तुतकर्ता समेत हुनुहुन्छ ।
मुगु छाँयानाथ रारा नगरपालिका–११ मा पहिरोमा पुरिएर आठ जनाको मृत्यु भएको छ । सोमबार बिहान नगरपालिकाको तल्लो सालिमगाउँको माथिबाट आएको पहिरोमा परी आठ जना बेपत्ता भएका थिए ।