रौतहटको दुर्गाभगवती गाउँपालिका–३, मत्सरीमा सडक ढलान कार्य तीव्रताका साथ भइरहेको छ । मत्सरी गाउँको मुख्य सडकस्थित वडा कार्यालयदेखि बागमती नदी जाने सडकखण्डको गाउँबस्तीसम्म सडक ढलान कार्य प्रारम्भ गरिएको हो ।
चलचित्रको नायकलाई पनि मात दिने व्यक्तित्वसँगै देखिएको सक्रियताले तीसको दशकमा नाम जस्तै बन्नुभएको थियो राजकुमार थापा । यतिखेर उहाँको नाम धेरैले थाहा नपाएको नाम पनि हुन सक्छ । हामी विगत बिर्सन्छौँ, वर्तमानमा रमाउँछौँ, सुनौलो भविष्यको कल्पनामा । जीवनको उर्वर समय साहित्य, सङ्गीत, खेलकुद, प्रशासनमै
समयको मृत्यु हुँदोरहेछ थाहा थिएन बाजा अगाडि बज्दै गइरहेछ समयको शव पछिपछि कमिलाहरूले मौन मौन बोकेर
ऐना–केही चिजलाई जस्ताको तस्तै प्रतिरूप देखाइदिने वस्तु, दर्पण । ऐना रामलाल जोशीको सुदूरपश्चिमका दुःख पीडाका घटनालाई उनेर बनाइएको कथानकका कथाहरूको सङ्ग्रह (२०७२) पनि हो । ऐना झ्यालको पुतली ऐनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको सुजित बिडारी निर्देशित चलचित्र (२०७९) । ऐना जोडिएका यी दुई हालैका उदाहरणीय विषय हुन् । ऐना (२०७७) कांग्रेसका तत्कालीन प्रवक्ताले चलाएको एउटा टेलिभिजन कार्यक्रम पनि हो ।
उत्तरी मकवानपुरमा सञ्चालित आँखा शिविरबाट ७० वर्ष नाघेका दुई ज्येष्ठ नागरिकको गुमेको दृष्टि फर्किएको छ । तीन वर्षदेखि गुमेको दृष्टि फर्किएसँगै उहाँहरूका ओठमा मुस्कानसहित खुसीको सीमा छैन ।
अवतरणका क्रममा सन्तुलन मिलाउन पाइलटले कमजोरी गर्दा मनाङ एयरको हेलिकप्टर खुम्बु पासाङ ल्हामु गाउँपालिका–लबुचेमा शनिबार बिहान दुर्घटना भएको छ ।
एथेन्समा संसारको पहिलो थिएटर ! म एकाएक उत्साहित हुन्छु । त्यस ऐतिहासिक स्थानमा स्पर्श गर्न मन उद्वेलित हुन्छ । नाटकप्रेमी मेरो मनमा अचानक जिज्ञासाका पर्दाहरू खुल्न थाल्छन् । आतुरता प्रकाशको गतिमा दौडन्छ । मेरा पाइला त अझै एथेन्सको एक्रोपोलिसमै छन् । एक्रोपोलिसमा अवस्थित एथेना देवीको मन्दिरबाट थिएटरलाई चियाउने प्रयास गर्छु । ठिक मुनि अलिकति भिरालो परेको ठाउँमा छ ‘द थिएटर अफ डायोनाइसस ।’ खासै ठम्याउन सक्दिनँ । विलम्ब नगरी एक्रोपोलिस डाँडाबाट खुत्रुक खुत्रुक उत्रन्छु तलतिर । समथर जमिनमा लम्किरहेको छु लमकलमक । हिँडिरहेको छु एउटा आदिम बा
म सानो छँदा घरमा मुवालाई ‘मास्टर्नी’ भनेर बोलाएको सुन्थेँ । जिजुमुवाले प्रायः मुवालाई मास्टर्नी बुहारी भन्नुहुन्थ्यो । जिजुबुवाले पनि मास्टर्नी नै भनेर बोलाउनुहुन्थ्यो । परिवारका अरूले पनि मास्टर्नीकै पछाडि साइनो जोडेर नै बोलाएको सुनेँ । गाउँका मानिसले पनि मास्टर्नी नै भनेर बोलाउँथे । मुवाको नाम त के थियो, त्यतिबेला मलाई थाहा थिएन । कतै मास्टर्नी भन्ने शब्द सुन्यो भने मेरो मुवा नै हो भन्ने लाग्थ्यो मलाई । विस्तृत कुरामा त ध्यान पनि गएन । मेरो मुवाको नाम नै मास्टर्नी हो भन्ने लागेको थियो ।
आमाले बच्चालाई भन्छिन्, “तातो छ, नछोऊ, पोल्छ !” बच्चो मान्दैन । मौका पारेर आगोमा हात हाल्छ । उसलाई साँच्चै नै पोल्छ । त्यसपछि आमाले ‘आगो छोऊ’ भने पनि उसले छुने कोसिस गर्दैन । के शान्तिलाई यसरी नै अनुभवसँग जोड्न सकिन्छ ? के शान्ति र आनन्द मानव जीवनको यथार्थ हो ? मानिस जति हतास र उदास भए पनि उसको अन्तिम लक्ष्य खुसी नै होइन र ? जतिसुकै पीडाले विक्षिप्त भए पनि मूल गन्तव्य शान्तिको खोजी नै हो । भौतिक उन्नति वा समृद्धिसँग पनि उसले वास्तविक सुख र शान्तिकै अपेक्षा गरिरहेको हुन्छ ।
नेपाली औषधी उद्योगको विकास तथा प्रवर्धनका लागि सरकारले प्राथमिकता दिनुपर्ने बताइएको छ । नेपाल औषधी उत्पादक सङ्घ र औषधी व्यवस्था विभागले आयोजना गरेको औषधीसम्बन्धी बृहत् सम्मेलन ‘फार्मा कन्क्लेभ–२०२३’ मा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सरकारले औषधी उद्योगको विकासका लागि सहयोग गर्ने बताउनुभयो । उहाँले औषधीसम्बन्धी नीतिनियममा पनि नेपाली औषधीको हित गर्ने खालका नीति ल्याउन सहयोग गर्ने बताउनुभयो । उहाँले नेपाली औषधी उद्योगको विकास, नीतिगत पैरवी, औषधी बजारलाई सुधार र प्रभावकारी रूपमा स्तरोन्नति गर्नेतर्फ लाग्नुपर्ने बताउनुभयो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले जनताको पक्षमा काम गर्ने बताउनुभयो। गृह जिल्ला गोरखामा नेपाली कांग्रेस जिल्ला पार्टीले आज आयोजना गरेको जिल्ला सम्मेलनमा उहाँले गण्डकी सरकार जनताप्रति उत्तरदायी भएको स्पष्ट पार्नुभएको हो। पाण्डेले सरकारले आफ्नो क्षमताले भ्याएसम्म काम गर्ने बताउनुभयो। नेपाली कांग्रेसलाई कमजोर बनाएर देशले हासिल गरेको उपलब्धि उल्ट्याउन खोजिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “उपलब्धि उल्ट्याउने र कांग्रेसलाई कमजोर बनाउने खेल खेल्नुभन्दा प्राप्त उपलब्धिको रक्षा गर्दै देश विकासमा अघि बढ्नुपर्ने समय आएको छ ।”
पाल्पाको निस्दी–७, बतासाका रामबहादुर विकले बिजुली बत्ती बाल्न १५ हजार रुपियाँ बुझाएको १६ वर्ष भयो। घरमा बिजुली बत्ती बाल्ने रहरले बङ्गुरको पाठो बेचेर उहाँले १५ हजार रुपियाँ सामुदायिक विद्युतीकरणका लागि बुझाउनुभयो। डेढ दशकपछि बल्ल विकको घरमा बिजुली बत्ती बल्यो। यसले विकसहित बतासा गाउँका सबैलाई खुसी बनाएको छ। डेढ दशकपछि गाउँमा बिजुली बल्दा गाउँ र गाउँलेको मुहारसमेत उज्यालो भएको छ। बिजुली बत्तीको पर्खाइमा रहेका निस्दीका बासिन्दा लामो समयपछि बत्तकिो पहुँचमा पुगेका छन्। निस्दीको बतासा, ज्यामिरे र सिन्दुरे गाउँमा पहिलो पटक बिजुली बत्ती बलेपछि यहाँका बासिन्दा खुसी भएका छन्।
विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको छ। पर्यटक बढ्दै जाँदा यहाँका होटल पनि भरिन थालेका छन्। मनाङ भ्रमणमा आउने यो उत्तम सिजन हो। असोज अन्त्यतिर आइपुग्दा मौसम अनुकूल भएकाले अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन बढ्दै गएको हो।
नेपाल सरकार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हालै ऊर्जा विकास मार्गचित्र तथा कार्य योजना, २०८० तयार पारेको छ । आगामी १२ वर्ष अर्थात् सन् २०३५ सम्ममा हुने विद्युत्काे उत्पादन, आन्तरिक खपत, अन्तरदेशीय व्यापार, त्यसका लागि आवश्यक पर्ने पूर्वाधार र वित्तीय स्रोतको अनुमान आदि विषय सो मार्गचित्रमा समेटिएको छ । साथै, मार्गचित्रको प्रभावकारी कार्यान्वयनका लागि गरिनु पर्ने नीतिगत, कानुनी, संरचनागत तथा प्रक्रियागत सुधारका उपायसहितको ८५ बुँदे कार्ययोजना पनि समावेश गरिएको छ । सो मार्गचित्रले सन् २०३५ सम्ममा विद्युत्को कुल जडित क्षमता २८ हजार पाँच सय मेगावाट, प्रतिव्यक्ति विद्युत् खपत एक हजार पाँच सय युनि
विगतमा विद्यालय सञ्चालनको सम्पूर्ण जिम्मा केवल सरकारको नै हो भन्ने आमधारणा थियो । पछि यस धारणा हटेर नागरिक समाज र विशेष गरी अभिभावकको प्रतिनिधिमूलक संस्था विद्यालय व्यवस्थापन समितिलाई अधिकार सम्पन्न र विद्यालयको महत्वपूर्ण अङ्गका रूपमा स्थापित गर्ने दृष्टिकोणबाट विद्यालय समुदाय सम्बन्ध अवधारणाको विकास हुंँदै गएको हो ।