‘चित्त दुख्छ रे उनैको’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा वरिष्ठ गायक सिताराम पोखरेलको सुमधुर स्वर रहेको छ ।
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले अध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूले कार्यकारी शक्तिको अभ्यास मात्र नगरी राष्ट्र निर्माण गर्ने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
माथिल्लो अरुण जलविद्युत आयोजनामा एक खर्ब ३० अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैङ्क सकारात्मक भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले विकास र समृद्धिका लागि सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा गर्नुभएको छ । थापाले राजनीतिक उत्तरचढावको एउटा कारक आफू पनि भएको महसुस गरी पदबाट राजीनामा गरेको उहाँले बताउनुभयो ।
यस वर्षको बडादसैँ अर्थात् दुर्गा पक्षको सुरुआत असोज २८ गते आइतबार हुनेछ । जसलाई नवरात्रारम्भ पनि भनिन्छ । त्यस दिन बिहान ११ः२९ बजे घटस्थापना गर्ने साइत रहेको छ ।
बढ्दो आधुनिकताका कारण तयारी सामानहरूको प्रयोगमा बढोत्तरी भए पछि तराई मधेशका जिल्लाहरूमा बसोबास गर्दै आएका कुम्हार जातिको पुर्ख्यौली पेसा सङ्कटमा परेको छ ।
गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को आर्थिक सहयोगमा निर्मित अक्सिजन प्लान्ट भरतपुर अस्पताललाई हस्तान्तरण गरिएको छ । अस्पतालको पूर्वाधारमा ५० एमएम क्युब क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११ औँ महाधिवेशनमा नवलपुरको गैँडाकोट घर भएका तिलकप्रसाद गैरेले सह–कोषाध्यक्षमा उम्मेदवारी दिने बताउनुभएको छ ।
चितवनको कालिका नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका सात सय ९४ घर परिवारको निः शुल्क स्वास्थ्य बिमा गरेको छ ।
नेपालमा दलित समुदायभित्रका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारलाई मूल प्रवाहीकरण गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठान (नाफा) मा कला कार्यशाला सुरु भएको छ ।
बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको राप्तीसोनारी गाउँपालिकामा फेरि पाटेबाघ देखिएको छ । विगतमा पनि धेरै पटक निकुञ्जबाट छिरेर गाउँपालिकामा त्रास उत्पन्न गराउँदैआएको बाघ फेरि देखिएको हो ।
शुक्रबार राति गरिएको हवाई आक्रमणमा हमासको वायु सेना प्रमुख मुराद अबु मुराद मारिएको इजरायली वायु सेनाले बताएको छ ।
चाडपर्व नजिकिँदै गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले जिल्लाको चार स्थानमा यात्रु सहायता कक्षको स्थापना गरेको छ ।