संविधानले महिला वा पुरुषले गर्ने काम (श्रम) मा अन्तर नहुने व्यवस्था गरेको भए पनि समाजले महिलाले गर्दै आएका कतिपय श्रमलाई हेलाको दृष्टिले हेर्ने गरेको धनगढीमा आयोजित एक कार्यक्रमका सहभागीले गुनासो गर्नुभएको छ । श्रमिक महिला रक्षा सङ्घले शुक्रबार योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र अनौपचारिक मनोरञ्जनात्मक क्रियाशील क्षेत्रमा महिलाको अवस्था विषयक सरोकारवाला निकायसँग गरेको अन्तव्रिर्mया कार्यक्रमका सहभागीले यस्तो बताउनुभएको हो ।
व्यापार व्यवसाय र अन्य काम गर्न जाँदै गरेका हुम्लावासीलाई चीनको ताक्लाकोट जान रोक लगाएको छ । चीनपट्टिको हिल्सामा स्थापना भएको भन्सार कार्यालयमा मानिसका लागि जाँच गर्न राखिएको मेसिन बिग्रिएपछि तीन दिनयता हुम्लावासीलाई ताक्लाकोट जान रोक लगाएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
नेपाल टेलिकमले दसैँतिहार तथा छठलगायतका विभिन्न पर्वको अवसरमा चाडपर्व अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत ग्राहकले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ । आइतबारदेखि सुरु हुने यो अफर कात्तिक १० गतेसम्म उपलब्ध हुने छ ।
बाजुराको अर्गानिक स्याउ बिक्रीका लागि बजारमा लगिएको छ । बाजुरामा उत्पादन गरिएको अर्गानिक स्याउ स्थानीय रूपमा बिक्री नभएपछि किसानले सहर लगेका हुन् । कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदान ग्रेप परियोजनाले गरेको कार्टोनको सहयोगमा बाजुराको स्वामिकार्तिक गाउँपालिकामा उत्पादन गरिएको स्याउ बिक्रीका लागि सहर लगिएको स्वामिकार्तिक गाउँपालिका–१, जोरुका स्याउ किसान धनबहादुर रावलले बताउनुभयो । उहाँले भन्नुभयो, “केही समयअघि बाटो बन्दका कारण बारीमै रहेको स्याउ यति बेला मार्तडी–कोल्टी सडक सञ्चालनमा आएपछि बिक्री लागि जिल्लाबाहिर लगिएको हो ।”
उपराष्ट्रपति रामसहायप्रसाद यादवले ‘विश्व हात धुने दिवस’, २०२३ को अवसरमा सम्पूर्ण नेपालीमा स्वच्छ र स्वस्थ जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सन् २००८ यता विश्वभर हरेक वर्ष अक्टोबर १५ मा यो दिवस मनाइन्छ ।
सभामुख देवराज घिमिरेले ‘विश्व हात धुने दिवस’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
माथिल्लो अरुण जलविद्युत् आयोजनामा एक खर्ब ३० अर्ब रुपियाँ सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैङ्क सकारात्मक देखिएको छ । नेपालका लागि रणनीतिक महत्वको मानिएको यो जलविद्युत् आयोजनामा विश्व बैङ्कको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी हप्ता वासिङ्टनमा प्राविधिक तथा वित्तीय पक्षबारे छलफल पनि गर्ने भएको छ ।
आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
बागमती प्रदेश सरकारले केन्द्रीय सरकारविरुद्ध मुद्दा दायर गर्ने भएको छ। सङ्घीय संसद्ले पारित गरेको ऐन केन्द्र सरकारले कार्यान्वयन नगर्दा कानुनी उपचारमा जाने तयारी गरिएको प्रदेश सरकारले जनाएको छ । बागमती प्रदेश सरकारका कानुन तथा आन्तरिक मामिलामन्त्री एवं प्रवक्ता गङ्गानारायण श्रेष्ठले शनिबार पत्रकारसँगको अन्तव्रिर्mयामा केन्द्रीय सरकारविरुद्ध मुद्दा दायर गर्ने तयारी भएको जानकारी दिनुभयो।
नयाँ प्रसारण लाइन निर्माणमा अवरोध झेल्दै आएको नेपाल विद्युत् प्राधिकरणले पछिल्लो पटक भएकै प्रसारण लाइनको तार फेर्नसमेत स्थानीयको अवरोध झेल्नु परेको छ । सर्लाहीको लालबन्दी क्षेत्रका बासिन्दाले १३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) कार्यमा अवरोध गरेका छन् ।
नेपालीको महान् पर्व विजयादशमी सुरु भएसँगै दसैँलाई लक्षित गरेर आइतबारदेखि व्यवसायीले उपत्यकामा खसीबोका ल्याउने भएका छन् । सरकारी कम्पनी र निजी व्यवसायीले गाउँ गाउँमा गएर खसीबोका खरिद गरेर उपत्यकामा ल्याएर बिक्री गर्र्छन् । चौपाया खरिदबिक्री सेवा सङ्घका अध्यक्ष दीपक थापाका अनुसार दसैँलाई लक्षित गरेर घटस्थापनाको दिनदेखि खसीबोका आउन लागेका हुन् । सामान्य अवस्थामा करिब दुई हजार खसीबोका भित्रिने गरेकामा आइतबारदेखि भने क्रमिक रूपमा बढ्दै जाने उहाँको भनाइ छ । उपत्यकामा फूलपातीको दिनदेखि नवमीसम्म तीन दिन मात्र २० देखि २५ हजार खसीबोका बिक्री हुने उहाँको भनाइ छ ।
हिन्दु धर्मावलम्बीको महान् चाड बडादसैँ आइतबारदेखि सुरु हुँदै छ । आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने बडादसैँको पहिलो दिन घरघरमा घटस्थापना गरी महालक्ष्मी, महाकाली र महासरस्वतीको पूजा गरिन्छ । घटस्थापनामा घडाको पूजा गरी जौ, मकै, गहुँलगायतको बिउ छरेर जमरा राखिन्छ । यस पटक घटस्थापनाको शुभ साइत बिहान ११ बजेर २९ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । नौ दिनसम्म देवीलाई विभिन्न रूपमा पूजा गरेर दशमीको दिनमा विसर्जन गरी घडाको जलले अभिशेष गरी मान्यजनको हातबाट टीका र जमरा लगाउने परम्परा रहेको छ । नौ दिनसम्म हरेक दिन दुर्गाका विभिन्न स्वरूपको पूजा आराधना गरिने भएकाले ती दिनलाई नवरात्रिका रूपमा पनि मनाइन्छ ।
इजरायलमा हमासले आक्रमण गरेपछि असुरक्षित महसुस गरी स्वदेश फर्किन तीन सय जनाले निवेदन दिएका छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालका अनुसार इजरायल शान्त हुन नसकेपछि निवेदन दिनेको सङ्ख्या बढिरहेको छ ।
नेपालमा भ्रष्टाचार बढ्नुमा अदूरदर्शिता, अव्यवस्थित र कमजोर राजनीतिक दल, नेता र कर्मचारीतन्त्र प्रमुख कारक रहेको एक अध्ययनले देखाएको छ । अल्टरनेटिभ फाउन्डेसनले शनिबार यहाँ सार्वजनिक गरेको ‘करप्सन रिफ्लेक्सन नेपाल–२०२३’ प्रतिवेदनमा परम्परागत राजनीतिक कार्यशैली, नातावाद, परिवारवाद, लोभ र छिट्टै धनी बन्ने