छुट्टा छुुट्टै दुुई स्थानमा पहिरोमा परी गम्भीर घाइते भएका चार जनाको हेलिकोप्टरबाट उद्धार भएको छ । सुुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर उद्धार गर्ने प्रयास गरेको भएपनि खराव मौसमको कारण हेलिकोप्टरले अवतरण गर्न नसकेपछि मंगलबार हुन नसकेको उद्धार कार्य बुधबार बिहानै भएको हो ।
निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेदवारहरुलाई आज (बुधबार) निर्वाचन चिह्न प्रदान गर्दैछ ।
आज (बुधबार) मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसमविज्ञान विभागले जनाएको छ । विभागका अनुसार हाल प्रदेश १ र मधेस प्रदेशमा मौसम सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ ।
सिरहाको दुई निर्वाचन क्षेत्रमा पूर्वमन्त्रीहरूबीच कडा प्रतिस्पर्धा हुनेभएको छ । क्षेत्र २ र ३ मा पूर्वमन्त्रीहरू आमनेसामने चुनावमा उत्रेपछि कसले बाजी मार्ला भन्न अहिले हतार हुने भए पनि चुनावी प्रतिस्पर्धा भने रोचक हु्ने देखिएको छ । सिरहा–२ मा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय नेत्री तथा पूर्वशिक्षामन्त्री चित्रलेखा यादव र एमाले–जसपा तालमेलबाट पूर्व सूचना सञ्चार तथा सञ्चारमन्त्री राजकिशोर यादव चुनावी मैदानमा उत्रिनु भएको छ । यस क्षेत्रमा धनगडीमाई नगरपालिका, गोलबजार
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल र गठबन्धनबाट टिकट पाएका तथा स्वतन्त्र उम्मेदवारहरु चुनावी मैदानमा ओर्लिसक्नु भएको छ । तर, यस पटक सुदूरपश्चिम प्रदेशमा केही अप्रत्याशित घटना देखिएका छन् । राष्ट्रिय राजनीतिमा समेत प्रभाव राख्ने नेतादेखि पाँच वर्ष अनवरत मुख्यमन्त्री रहेका नेता र मन्त्रीहरु यस पटक निर्वाचन लड्नबाट बञ्चित हुनुभएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सिन्धुली जिल्लामा ५० जना उम्मेदवारमध्ये महिला तीन जना मात्र छन्। जिल्लामा दुई प्रतिनिधि सभा सदस्यका लागि २४ जनाको उम्मेदवारी दर्ता हुँदा दुई जना महिलाको मात्रै उम्मेदवारी परेको छ। त्यस्तै चार प्रदेश सभा सदस्यका लागि २६ जनाको उम्मेदवारी दर्ता हुँदा एक जना महिलाको मात्रै उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन नजिकिदै छ । निर्वाचन नजिकिएसँगै धनकुटास्थित सामुदायीक भवन समेत धेरै ब्यस्त हुन्छ । किनकी निर्वाचनका सम्पूर्ण कार्यक्रम सहित मतगणना यही भवनमा हुने गरेको छ । मुख्य निर्वाचन अधिकृतका कार्यलय स्थापना भई निर्वाचनको सम्पूर्ण कार्यक्रम समेत यही सञ्चालन हुन थालिसकेको छ ।
सरिन पोखरेलको कथा र निर्देशनमा बनेको वेभ सिरिज ‘लभ नम्बर २२’को ट्रेलर सार्वजनिक गरिएको छ। ‘ओटीटी प्लाटफर्म फोपी’मार्फत असोज ३० देखि रिलिज हुन लागेको यो सिरिजमा युवाहरूको कथा रहेको छ। ईश्वर गुरुङ र इभान गुरुङले निर्माण गरेको सिरिजमा अमृत ढुङ्गाना, रक्षा थापा, अमितेश शाह, अस्मिता खनाल, रिवाज लामा, सेजल गौतम, नारायण प्रधान, स्वर्णिमा खतिवडालगायतका कलाकारको अभिनय छ।
हिन्दु धर्म, संस्कृति र पूर्वीय दर्शनका ज्ञाता, वरिष्ठ लेखक एवं आध्यात्मिक चिन्तक प्रा. चेतोनाथ शर्मा आचार्यले आफ्नो पाँच दशक लामो स्वाध्ययन, चिन्तन र प्राध्यापनबाट आर्जित ज्ञानलाई समेट्नुभएको ‘आत्मानुसन्धान’ नामक दार्शनिक पुस्तकको दोस्रो संस्करण प्रकाशनमा आएको छ।
चलचित्र ‘महापुरुष’को हल ट्रेलर रिलिज गरिएको छ। केन्द्र मोसन पिक्चर्सको युट्युब च्यानलसँगै विभिन्न फेसबुक पेज र एकाउन्टमार्फत ट्रेलर रिलिज गरिएको हो। सामाजिक विषयवस्तु र पारिवारिक कथामा आधारित चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, रवीन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, सिरू विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सबिन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे, सुमन रिमाल, माधव अधिकारी, प्रकाश भट्टराई, घनश्याम जोशी, अर्जुन आचार्य, पण्डित प्रज्वल लुइँटेललगायतको अभिनय छ। चलचित्रमार्फत अरुण क्षेत्री र अञ्जना बराइलीले डेब्यु गर्दै हुनुहुन्छ।
दाङमा प्रतिनिधि सभा निर्वाचनका लागि तीनवटै निर्वाचन क्षेत्रमा महिला नेत्रीहरू माथिल्लो तहका नेतासँग भिड्दै छन्। ठूला दलमध्येबाटै दाङमा तीनवटै निर्वाचन क्षेत्रमा महिला उम्मेदवार छन्। निर्वाचन क्षेत्र नं. १ मा नेकपा एकीकृत समाजवादीका नेता तथा सहरी विकासमन्त्री मेटमणि चौधरीसँग नेकपा एमालेकी नेत्री शान्ता चौधरी भिड्दै हुनुहुन्छ। मन्त्री चौधरी गठबन्धनतर्फबाट उम्मेदवार बन्नुभएको हो।
वर्षा लागेसँगै फाट्टफुट्ट देखा परेको डेंगु पछिल्लो समय भयावह बन्दै गएको छ । फैलिदो क्रममा रहेको डेंगुको प्रकोपबाट मधेश प्रदेशका आठ वटै जिल्ला आक्रान्त छन् । अस्पतालहरुमा डेंगुका विरामी भरिदै गएका छन् । उपचारकै क्रममा दुई जनाको मृत्यु भएको छ ।
लगातारको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका विभिन्न जिल्लाको जनजीवन कष्टकर बनेको छ। बाढी र पहिरोका कारण सयौँ परिवार विस्थापित भएका छन्। तराईका जिल्लामा डुबान र पहाडमा पहिरोले सर्वसाधारणलाई समस्या पारेको छ। बाँके/नेपालगञ्ज समाचारदाताका अनुसार, बाँकेको राप्ती नदीआसपासका बस्ती अति नै प्रभावित भएका छन्। जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार बाढीका कारण करिब नौ हजार घरपरिवार प्रभावित भएका छन्। राप्ती नदीछेउछाउमा रहेका राप्ती–सोनारी गाउँपालिका, नरैनापुर गाउँपालिका र डुडुवा गाउँपालिकाका विभिन्न बस्तीमा क्षति पुगेको छ।
प्रकृतिले मानव हितका निम्ति विभिन्न तत्व उपलब्ध गराएको छ। त्यस्ता तत्वको उपयोगका लागि अध्ययन, अनुसन्धान तथा अन्वेषण आवश्यक हुन्छ। जैविक इन्धनको प्रचुर प्रयोगले विगत एक सय वर्षमा संसारमा आर्थिक तथा सामाजिक विकासले गति त लियो तर विश्व तापमानमा आएको बढोत्तरीको प्रभाव जलवायु परिवर्तनमा परिरहेको छ। बढी जैविक इन्धन प्रयोगका कारण उत्सर्जित कार्बनको प्रतिकूल प्रभाव मूल चुनौती भएको छ। परिणामस्वरूप बेमौसममा निरन्तर वर्षा हुने, बाढीपहिरो जाने, खडेरीलगायतका समस्या देखा परिरहेकै छन्। यस्तो समस्या विश्वभर छ। हाम्रै देशको कुरा गर्ने हो भने पनि जलवायु परिवर्तनका कारण मौ