सुनसरी क्षेत्र नम्बर ३ मा दुई नेता बीच तेस्रो पटक प्रतिस्पर्धा हुनेभएको छ । आगामी मंसिर ४ गतेको निर्वाचनमा उहाँहरुबीच प्रतिस्पर्धा हुन लागेको हो ।
सत्ता गठबन्धनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएकालाई तोकिएको समय अवधिभित्रै उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ।
सप्तरीको प्रसिद्ध छिन्नमस्ता मन्दिरभित्र अवस्थित छिन्नमस्तिका भगवतीलाई नयाँ मुकुट चढाइएको मन्दिर समितिले जनाएको छ । पौने एक तोला रहेको पुरानो मुकुटको कल्कीहरू झरिसकेकाले विगत पाँच वर्षदेखि भगवतीको मुकुट फेर्ने भनिए पनि समितिको निर्णय कुर्दै ढिला भएको थियो ।
निर्वाचन आयोगले सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि कारबाही प्रारम्भ गरेको छ ।
नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले गठबन्धनलाई कार्यान्वयनमा ल्याउन आग्रह गर्नु भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले आफुलाई काठमाडौं र नवलपरासी लगायतका क्षेत्रबाट निर्वाचनमा उम्मेदवार हुन अनुरोध भए पनि आफुले गृह जिल्लाको क्षेत्र रोजेको बताउनु भएको छ ।
हिउँले लिमीको जग्गामा पाकेको उवा बालीमा क्षति पुर्याएको छ। नाम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीको तील गाउँका स्थानीय टुन्जोक तामाङले जग्गामा पाकेर काटेर राखिएको बालीमा हिमपातले क्षति गरेको जानकारी दिनुभयो।
ओखलढुङ्गामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बन्नुभएका रामहरि खतिवडा र नेकपा (एमाले) को तर्फबाट यज्ञराज सुनुवारले उम्मेदवारी दिनुभएपछि दुई जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
विश्वका आधाभन्दा बढी गरिब जनताको हिस्सा ओगटेका ५४ वटा विकासशील अर्थतन्त्रलाई विश्वव्यापी सङ्कटका कारण उत्पन्न समस्या सम्बोधन गर्न तत्काल ऋण राहत दिनुपर्नेमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले जोड दिएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा इलाममा छ सिटका लागि ५४ जनाको उम्मेदवारी परेको छ।
जिल्ला प्रशासन कार्यालय जाजरकोटले इजाजत प्राप्त हातहतियार बुझाउन स्थानीयलाई अनुरोध गरेको छ ।
गुल्मीमा आइतबार मनोनयन दर्ता गरेका कुनै पनि उम्मेदवार विरुद्ध उजुरी परेको छैन । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार दिउँसो तीन बजेसम्म उम्मेदवारविरुद्ध दाबी र विरोध गर्ने समय रहेको थियो ।
तनहुँमा ६ वटा मतदानस्थल ‘अति संवेदनशील’ रहेका छन्। मतदानस्थलको स्थलगत निरीक्षण गर्दा सो सङ्ख्यामा अति संवेदनशील रहेको पाइएको जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले जनाएको छ।
बाँकेमा लगातारको वर्षाका कारण राप्ती नदी आसपासका बस्ती सबैभन्दा प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार प्रारम्भिक तथ्याङ्क अनुसार बाढीबाट करिब नौ हजार घर परिवार प्रभावित भएका छन् ।
नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा विभागीय टोली टोली नेपाल एपीएफ क्लबले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा मंगलबार भएको खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले हरायो ।