बर्लिनस्थित नेपाली दूतावासले पोल्याण्डको वार्सामा विद्युतीय राहदानीको फारम र बायोमेट्रिक सङ्कलनका लागि तीन दिने घुम्ती सेवा सम्पन्न गरेको छ ।
भारतीय सिमानाका झुलाघाट अझै पूर्णरुपमा सञ्चालनमा आएको छैन । झुलाघाटस्थित महाकाली नदीमा रहेको झोलुङ्गे पुल मर्मत भइरहेकाले असोज ९ गतेदेखि आंशिकरुपमा मात्रै आवतजावत भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिनुभयो ।
ताप्लेजुङमा पछिल्लो समय जन श्रमदान गर्ने संस्कृति बढ्दैगएको छ । श्रमदान गर्ने चलन हराउँदै गइरहेको समयमा हाल स्थानीय तहका जनप्रतिनिधि स्वयम् अग्रसर हुन थालेपछि पुनः श्रमदान गर्ने संस्कार मौलाउँदै गएको हो ।
धादिङको त्रिपुरासुन्दरी-६ गोलाङमा रहेको भीमोदय माध्यमिक विद्यालयले गाउँमै विद्यार्थी टिकाउनका लागि १० लाखको अक्षय कोष स्थापना गरेको छ ।
हिन्दुहरूको महान् चाडका रूपमा रहेको बडादसैँ बझाङका स्थानीयले पहिचान संरक्षणका लागि मनाउँदैआएका छन् । जिल्लाका प्रायजसो सबै ठाउँमा मनाइने यो पर्व संस्कार र संस्कृतिको जगेर्नासँगै आपसी सदभावका रूपमा मनाउने गर्छन् ।
एक साताअघि दक्षिणी इजरायलमा हमासले आक्रमण गरेपछि गाजा सहरमा इजरायली हमलामा मर्नेहरूको सङ्ख्या सात सय २४ बालबालिकासहित कम्तीमा दुई हजार दुई सय १५ पुगेको प्यालेस्टिनी अधीनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले शनिबार बताएको छ ।
प्रथम अन्तर्राष्ट्रिय ट्रेल रेसको २१ किलोमिटर दौडमा महिलातर्फ खोटाङका प्रिया राई र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबको देवराज बस्नेत प्रथम हुनुभएको छ ।
हमास आतङ्ककारी समूहको आक्रमणबाट गत हप्ता इजरायलमा मारिएका नेपालीलगायत इजरायल र अरू देशका निर्दोष नागरिकको स्मृतिमा अमेरिकाको मेरिल्याण्डमा दीप प्रज्वलन तथा शोक सभाको आयोजना गरिएको छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा.वेदुराम भुसालले युवाहरूको विदेश पलायन रोक्न कृषि र पर्यटन क्षेत्रमा देशभित्र रोजगारी सिर्जना गर्ने अभियान सञ्चालन गर्ने तयारी गरेको बताउनुभएको छ ।
पछिल्लो तीन महिनामा मनाङ एयरका दुई वटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ ।
पश्चिम नेपालको प्रमुख सहर नेपालगन्जलाई भारत उत्तरप्रदेशको राजधानी लखनउसँग प्रत्यक्ष सम्पर्क जोड्नका लागि नेपाली यातायात व्यवसायीले बस सेवा सञ्चालन गर्न लागेका छन् ।
नेपालीको मुख्य पर्व दसैँ–तिहारका बेला यातायात व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न गोरखा सदरमुकामको दुई ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।
नेपाली कांग्रेसका नेता डा.शशाङ्क कोइरालाले पार्टीभित्र रहेको इतिहास र विचारका कारण कांग्रेस अरू पार्टीभन्दा बलियो रहेको बताउनुभएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार सुशासन संस्कृति स्थापित गर्ने अभियानमा केन्द्रित रहेको बताउनुभएको छ ।
सर्लाहीको लालबन्दी क्षेत्रका स्थानीय बासिन्दाले एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको स्तरोन्नति (तार फेर्ने) मा अवरोध गरेका छन् ।