• २० असोज २०८१, आइतबार

पहिचानका लागि दसैँ मनाउँछन् बझाङवासी

blog

जिल्लाको खप्तडछान्ना–५ मोतुवामा रहेको दसैं मनाउने कालिका मन्दिर । तस्बिर : शैलेन्द्र रोकाया

शैलेन्द्र रोकाया 

बझाङ, असोज २७ गते । हिन्दुहरूको महान् चाडका रूपमा रहेको बडादसैँ बझाङका स्थानीयले पहिचान संरक्षणका लागि मनाउँदैआएका छन् । जिल्लाका प्रायजसो सबै ठाउँमा मनाइने यो पर्व संस्कार र संस्कृतिको जगेर्नासँगै आपसी सदभावका रूपमा मनाउने गर्छन् ।  

जिल्लाका ३० भन्दा बढी ठाउँमा दसैँ मेला लाग्ने भए पनि प्रायजसो जिल्लाभरि घर–घरमा बोका वली चढाएर अष्टमी, नवमी र दशमीका दिनमा यो पर्व हर्ष उल्लासका साथ मनाउने प्रचलन छ । जिल्लाको उत्तरी भेगमा पर्ने तल्कोटी राजाको दरबार, खप्तडछान्नाको मोतुवा बारा, थलाराको खोलीलगायतका दुई दर्जन भन्दा बढी ठाउँमा राँगा र बोका वली दिएर नवदुर्गाको पूजागरि धूमधामका साथ दसैँ मनाउने प्रचलन छ । 

तल्कोटी राजपरिवारका सदस्य नारायणबहादुर सिंहले तल्कोट क्षेत्रमा झण्डै ८ सय वर्ष अघिदेखि नवदुर्गाको पूजा आराधना गरी भव्य रूपमा दसैँ मनाउँदैआएको बताउनुभयो । उहाँले अष्टमी र नवमीका दिन झण्डै ३० वटा राँगा एकसय पचासभन्दा बढी बोका बली गरेर दसैँ मनाउने प्रचलन रहेको स्थानीयको भनाइ छ । 

दशमीका दिन स्थानीय गाउँलेहरू तल्कोट दरबारमा आएर राजपरिबारबाट टीका र जमरा पहिरेर आशीर्वाद लिने प्रचलन अझै कायम छ । त्यस्तै, छान्ना क्षेत्रको ठुलो पर्वका रूपमा मनाइने मोतुवा दसैँमा पनि राँगा र बोका बली दिएर मनाइने प्रचलन छ । स्थानीयस्तरमा मनाइने दसैँ पर्वले संस्कृति जर्गेनागरी आफूभन्दा सानालाई माया र ठुलोको आदर गर्ने गरिन्छ ।

इतिहाससम्बन्धी जानकार स्थानीय भूमिराज पिठातोलीले भन्नुभयो, “पौराणिक कथामा आधारित हिन्दु संकारअनुसार रामायणमा उल्लेख भएका गन्थलाई आधार मान्दा महिसुर राक्षस र देवीहरूको लडाइँ हुँदा देवीदुर्गाले विजयी गरेको उपलक्ष्यमा दसैँ मनाइन्छ । 

“दसैँ प्रतिपदाका दिनदेखि नवमीसम्म लडाइँ भएको र दसौँ दिनमा दुर्गा देवीले विजयी हासिल गरेको हुँदा दशमीको दिनमा विजयादशमी मनाउने चलन छ” उहाँले यसलाई कतिपयले पौराणिक कथाका पात्र रामले रावणमाथि विजयी गरेको हुँदा यो पर्वलाई विजयी उत्सवका रूपमा मनाउने गर्छन् ।