प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोशी प्रदेशमा मुख्यमन्त्री बनाउने सवालमा गठबन्धनबिच देखिएको समस्या समाधान भएको बताउनुभएको छ ।
युरोपेली युनियन (इयु) का विदेश नीति प्रमुख जोसेप बोरेलले उत्तरी गाजाबाट एकै दिनमा १० लाखभन्दा बढी मानिसलाई बाहिर निकाल्ने इजरायलको योजना कार्यान्वयन गर्न पूर्णरूपमा असम्भव रहेको शनिबार बताउनुभएको छ ।
नेपालगञ्जका सामुदायिक विद्यालयमा अध्ययनरत २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शक्ति समूहले विद्यालय छाडेका र छोड्न सक्ने विद्यार्थीलाई कपी, कलम, पोसाक, जुत्ता, झोलासहितको उक्त शैक्षिक सामग्री सहयोग गरेको हो ।
एक दशकको अवधिमा मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब १२ करोड ५८ लाख ७७ हजार पुगेको छ । विश्वविद्यालय प्रशासनले सुर्खेतको वीरेन्द्रनगरस्थित शुक्रबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन कार्यक्रममार्फत बेरुजु अवस्था सार्वजनिक गरेको हो ।
मणिपाल अस्पतालका चिकित्सकमाथि आक्रमण र अस्पताल तोडफोड अभियोगमा पक्राउ परेका दुई जनालाई कारागार चलान गरिएको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाबीच आज कोशी प्रदेशमा सरकार गठनका सम्बन्धमा देखिएको समस्या र केन्द्रमा सत्ता गठबन्धनलाई थप सुदृढ बनाउने सम्बन्धमा छलफल भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहजिल्ला चितवन आइपुग्नु भएको छ । भरतपुर महानगरपालिका प्रमुख एवम् प्रधानमन्त्री पुत्री रेणु दाहालका अनुसार प्रधानमन्त्री दाहालले चितवनमा रहँदा भोलि आइतबार तीन वटा खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।
नवलपुर र चितवनका थारु समुदायले आज यमोसा पर्व धूमधामका साथ मनाउन थालेका छन् । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारु समुदायले सांस्कृतिक र धार्मिकरुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धूमधामसँग मनाउँदै छन् ।
काठमाडौँ सहर भन्ने बित्तिकै धुलो, धुवाँ, हिलो मनमा आइहाल्छ । काठमाडौँ उपत्यकाका सडकको अवस्था नै यस्तै छ । जता हेर्यो, त्यतै धुवाँ र धुलो अनि खाल्डाखुल्डी । ट्राफिक जाम, पैदल यात्रु मैत्री फुटपाथ नहुनु लगायतका अन्य दुःखका कुरा मनमा खेल्ने गर्दछन् ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उहाँले बहुमत जुटाउनुभएको हो । कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर गर्नुभएको थियो । यो संख्या प्रदेश सभामाको कुल सदस्य संख्याको बहुमत हो ।
कोशी प्रदेशमा मुुख्यमन्त्री पद नियुक्तिका लागि पेश गरिएका हस्ताक्षर सनाखतको कार्य सम्पन्न भएको छ । प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख परशुराम खापुङको समुस्थितिमा सनाखत कार्य सम्पन्न भएको हो ।
ध्यानद्वारा ऊर्जा जागरण कार्यशालालाई स्वजागरण अभियानका रूपमा मातहतका सबै निकाय, सबै तहका कर्मचारी र कैदी बन्दीसम्म पुर्याउने गृह मन्त्रालयको चरणबद्ध अभियान अन्तर्गत शनिबार योग कार्यशालाको अर्को शृङ्खला सुरु भएको छ।
स्थानीय तहको दोस्रो निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट दोलखाको वैतेश्वर गाउँपालिकाको अध्यक्षमा छवि लामा निर्वाचित हुनुभएको छ । दोस्रो पटक गाउँपालिका अध्यक्षमा निर्वाचित लामासँगै गाउँपालिकाका जनप्रतिनिधिले डेढ वर्षको
बर्खालाई बिदा गर्दै मनसुन टाढिएको छ । आकाश छ्याङ्ङ उघ्रिएको छ । शरद् ऋतुले छपक्कै छोपेको छ । गर्मी उत्तरार्धतिर छ । सिरसिर चलेको मन्द चिसो हावाले शीतकाललाई स्वागत गरिरहेको छ । महान् चाड दसैँ दैलोमै आइपुगेको छ । मनलाई मोहित पार्ने शारदीय मौसम र दसैँको यो सम्मिलनका बिच विशिष्ट नाता जोडिएको एउटा सांस्कृतिक पहिचान हो– चङ्गा । नेपाली शब्दकोष पल्टाउने हो भने ‘चङ्गा’ को अर्थ ‘धागो छोडेर हावामा उडाइने कागज वा प्लास्टिकको खेलौना’ मा मात्रै सीमित छैन । चङ्गाले तन्दुरुस्त, फुर्तिलो र स्वच्छतालाई प्रतिविम्बित गर्दछ । चङ्गा उडाउँदा मनमस्तिष्क
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आर्थिक समुन्नतिका दिशामा निजी क्षेत्रमैत्री वातावरण निर्माणमा सघाउ पुर्याउनेतर्फ सरकार क्रियाशील रहेको बताउनुभएको छ ।