सरकारले जर्मनीमा नेपाली श्रमिकका लागि संस्थागत व्यवस्थाबाट लैजान अबको तीन महिनापछि आवेदन खुलाउने तयारी गरेको छ । सम्झौता अनुसार जर्मनीले नेपालबाट प्रशिक्षार्थी श्रमिक लैजान अबको तीन महिनापछि आवेदन खुलाउने गरी तयारी गरेको हो । सम्झौता अनुसार नेपाली श्रमिकलाई जर्मनीमा एक वर्ष व्यावसायिक तालिम प्रदान गरी सम्बन्धित क्षेत्रमा रोजगारी उपलब्ध गराउने छ ।
पछिल्लो समय बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ । पछिल्लो १० दिनमा बजारमा सुनको मूल्य तीन हजार पाँच सय रुपियाँले बढेको हो । गत १६ असोजमा मूल्य घटेर प्रतितोला एक लाख छ हजार छ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार बढेर एक लाख १० हजार एक सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । लामो समयदेखि बढ्दै गएको सुुनको मूल्य अमेरिकी फिडर बैङ्कले ब्याजदर बढाएपछि असोज दोस्रो सातादेखि मूल्य घट्न थालेको थियो । महासङ्घका अनुसार पछिल्लो समय इजरायल प्यालेस्टाइन युद्धको प्रभावले यो साता सुनको मूल्य बढेको छ । सोही प्रभावले कच्चा तेलको मूल्य पनि बढ्न सक्ने अनुमान विश्लेषकहरूले गरेका छन् ।
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दुई जनाको दाबी प्रस्तुत भएपछि प्रदेश प्रमुखको कार्यालयले शनिबार सांसदहरूको सनाखत गराउने भएको छ । प्रदेश प्रमुखको कार्यालयले शुक्रबार साँझ विज्ञप्ति जारी गरेर शनिबार बिहान ८ देखि दिउँसो २ बजेसम्म हस्ताक्षरकर्ताको सनाखत गराउने जानकारी गराएको छ ।
सङ्घीय संसद्को चालु अधिवेशन लम्बिएको छ । केही वर्षयता बजेट (बर्खे) अधिवेशन दसैँअगाडि सक्ने अभ्यास भए पनि यो पटक अधिवेशन अन्त्य नगरी करिब तीन सातालाई बैठक मात्र स्थगित गरिएको छ । शुक्रबार अधिवेशन अन्त्य गर्ने सत्तारूढ दलहरूबिचमा परामर्श भए पनि औपचारिक निर्णय भएको थिएन । संसद् सचिवालयलाई संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसको सम्भावित भ्रमण र सदनको सम्बोधनका लागि अधिवेशन अन्त्य नगर्ने जानकारी सरकारले दिएको छ ।
तानसेन नगरपालिका ३ का बासीन्दा घरमा पानी आएपछि खुसी भएका छन् । तम्घास रोड शान्ति स्तुपादेखि सिन्दुरे धाराका घरधुरीका उपभोक्ताले पानीका कारण निकै समस्या झेल्दै आएका थिए ।
तुलसीपुर (दाङ), असोज २६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाङ देउखुरीस्थित राप्ती गाउँपालिकामा एकीकृत कृषि तथा पशु सेवा केन्द्रको भवन शिलान्यास गर्नुभएको छ । लुम्बिनी प्रदेश स्थायी राजधानी देउखुरीस्थित उक्त पालिकामा रु दुई करोड ५० लाख लागतमा निर्माण हुन लागेको उक्त भवनको आज उहाँले शिलान्यास गर्नुभएको हो । रिड परियोजनाअन्तर्गत निर्माण हुन लागेको भवनको शिलान्यास गर्नुहुँदै मन्त्री शर्माले देउखुरी क्षेत्रलाई कृषि उत्पादनको केन्द्रबिन्दु बनाउने गरी तयारी भइरहेको बताउनुभयो । उहाँले सङ्घको कृषि र सिँचाइ मन्त्रालयको समन्वयमा धान उत्पादनका लागि विशेष कार्यक्रम आउन लागेकोसमेत जानकारी दिनुभयो । “देउखुरी क्षेत्रमा दुई बाली धानखेती हुन्छ”, उहाँले भन्नुभयो, “त्यसैले पनि यहाँ कृषि उत्पादनको केन्द्रबिन्दु बनाउने गरी तयारी थालिएको छ ।” राप्ती गाउँपालिकाको प्राङ्गणमा उक्त भवन निर्माण हुन लागेको हो । मन्त्री शर्माले सोही भवनलाई समयमै पूरा गर्नसमेत निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो । रासस
नवलपुरको देवचुली नगरपालिका रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयप्रतिको विश्वास बढ्दै जान थालेपछि विरामीको चाप बढेको छ ।
होटल सङ्घ पोखराले कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई टिकाउन सहजीकरणको माग गर्दै नेपाल राष्ट्र बैंकलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।
जात्राका लागि आज साँखुमाथिको जङ्गलबाट लिङ्गोका लागि रुख काटेर ल्याइएको पचली भैरवका गुठियार कुमार रञ्जितकारले राससलाई जानकारी दिनुभयो ।
कालीकोटको खिना घर भएका दानसिंह विक दसैँको मुखमा भारतको उत्तराखण्ड राज्यको पर्यटकीय नगरी नैनीतालमा भारी बोग्दै गरेको अवस्थामा भेटिनुभयो ।
टोखा नगरपालिकाले गुणस्तरहीन पानी बिक्री वितरण गरेको भन्दै एक उद्योगलाई सिल गरेको छ ।
मकवानपुरको बकैया गाउँपालिका –३ मा च्याउ खाँदा ६ जना बिरामी परेका छन् । आफ्नै घर छेउमा उम्रेको च्याउ खाँदा शुक्रबार उहाँहरु विरामी पर्नुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले श्री कंकाली माध्यमिक विद्यालय अन्तर्गत निर्माण गरिएको प्रशासनिक भवन तथा सामाजिक विषय संग्रहालयको समुदघाटन गर्नुभएको छ ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र अराजकतालाई स्वीकार गर्न नसकिने भन्दै सुदृढ अनुशासन चाहिएको बताउनुभएको छ । शुक्रवार पार्टीको स्कुल विभागले केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
विद्युतीय चुरोट (भेप) मार्फत अवैध रुपमा सुन तस्करी तथा बिक्री प्रकरणमा परेका राहुल भनिने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ ।