बिन्दु थापा
पाल्पा, असोज २६ गते । तानसेन नगरपालिका ३ का बासीन्दा घरमा पानी आएपछि खुसी भएका छन् । तम्घास रोड शान्ति स्तुपादेखि सिन्दुरे धाराका घरधुरीका उपभोक्ताले पानीका कारण निकै समस्या झेल्दै आएका थिए ।
तम्घास रोड शान्तिदेखि सिन्दुरे धारा उपभोक्ता समितिको गठन गरी आव. २०७९ ८० को योजनाअनुसार काम सुरु गरिएको थियो । वडा कार्यालय ३ बाट दश लाख र प्रदेश सरकारबाट पाँच लाखगरी पन्ध्र लाखको बजेटमा तानसेन खानेपानी उपभोक्ता समितिको सहयोगमा काम सम्पन्न भएको उपभोक्ता समितिका सचिव केशरी बस्नेतले जानकारी दिनुभयो ।
भुल्केबाट ल्याएको पानी करिब ४० घरधुरीलाई पुग्ने तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठले बताउनुभयो ।