• ३१ वैशाख २०८१, सोमबार

रेशम महरालाई थुनामा पठाउन आदेश

blog

काठमाडौं, असोज २६ गते ।  विद्युतीय चुरोट (भेप) मार्फत अवैध रुपमा सुन तस्करी तथा बिक्री प्रकरणमा परेका राहुल भनिने रेशम महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ । 

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले शुक्रबार अदालतले सो थुनछेक आदेश दिएको जानकारी दिनुभयो ।

यसै प्रकरणमा मुद्दा चलाइएका लोकेन्द्रकुमार पौडेलसँग भने पाँच लाख रुपियाँ धरौटी माग गरिएको छ । 

भेप प्रकरणका चार प्रतिवादीमध्ये निमा गुरुङ फरार छन् ।