बिस्केट जात्राका लागि तानिएको भैरवको रथ आज बिहान दत्तात्रय नजिक थियो । दत्तात्रयदेखि इनाचोसम्म सडकभरि फुटेका छरपष्ट इँटा र ढुङ्गा देख्दा बिहान यही बाटो भएर ओहोरदोहोर गर्नेहरूले सहजै अनुमान लगाउँथे कि यस वर्ष पनि बिस्केट जात्रामा मध्यराति ढुङ्गा हानाहान भयो ।
निर्माण व्यवसायीले समयमा काम नगर्दा जाजरकोटको छेडागाड नगरपालिका–६ र जुनिचाँदे गाउँपालिका–४ को बीचमा रहेको कालेखोलामा वारपार गर्न तुइनकै भर पर्नु परेको छ ।
बसको ठक्करबाट घाइते भई उपचारको क्रममा निधन भएपछि अछाम र बाजुरामा सवारी साधन ठप्प भएका छन् । साँफेबगर नगरपालिका –३ का हेमराज कुँवरको बसको ठक्करबाट उपचारको क्रममा काठमाडौंमा निधन भएपछि साँफेबगर क्षेत्र भएर जाने छोटो तथा लामो दुरीका सवारी शनिबारबाट चल्न सकेको छैन ।
आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोगले तीनवटै निर्वाचन क्षेत्रमा मतदाता शिक्षा स्वयम् सेवक तालिम सञ्चालन गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले सेवालाई चुस्तदुरुस्तरूपमा सञ्चालन गर्न स्मार्ट टेलिकम प्रालिलाई निर्देशन दिएको छ ।
बाँकेको नौवस्तामा नवनिर्मित क्षेत्रीय कारागार सञ्चालनमा नआउँदा कैदीबन्दी व्यवस्थापनमा कठिनाइ भएको छ । तीन सय ५० जनाको क्षमताको नेपालगन्ज कारागारमा हाल आठ सय ३९ कैदीबन्दी छन् ।
सांसद ढाका कुमार श्रेष्ठको अडियो प्रकरणबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनुशासन समितिको बैठक बस्दै छ ।
बालुवाटारस्थित सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ ।
राष्ट्रिय सडक सञ्जालसँग हालसम्म जोडिन नसकेको हुम्लाको सदरमुकाम सिमकोटमा बसपार्क निर्माण कार्यको शिलान्यास गरिएको छ ।
पर्वतको महाशिला गाउँपालिकामा गए राति जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् ।
‘महादेव ! बाआमाको घरमा ठूलो उत्सव छ रे । उहाँहरूले महायज्ञको आयोजना गर्नुभएको रहेछ । देवदेवीहरू गइरहेका छन् । हाम्रो त वास्तै भएन । बिर्सेका पो हुन् कि, नत्र यस्तो नहुनुपर्ने । त्यसैले बिन्ती छ हामी पनि जाउँ न है । होइन हजुरलाई जान मन छैन भने पनि केही छैन, कर गर्दिन । मलाई जान दिनुस् । के भएको रहेछ सम्झाएर आउँछु ।’ दक्ष प्रजापतिको घरमा महायज्ञ भइरहेको कुरा थाहा पाएर सतीदेवीले भनिन् ।
माण्डबी गाउँपालिका ५ रम्दी चिनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । रा १ त ४१५६ नम्बरको ट्याक्टर दुर्घटनामा नौ बहिनी गाउँपालिका १ स्याउलिवाङ निवासी २५ वर्षीया चम्फा विकको ज्यान गएको प्रहरीले जनाएको छ ।
इन्टर भ्याली ह्विलचियर बास्केटबल टुर्नामेन्ट २०७९ को प्रथम उपाधि पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ ओमेन ह्विलचियर बास्केटबल एसोसिएसन (डब्लुडब्लुबिए) ले हात पारेका छन्।
नेपाली संस्कृति, दर्शन र साहित्यमा योगदान पुर्याएबापत यस वर्षको ‘दण्डपाणि–नन्दकुमारी अज्र्याल राष्ट्रिय पुरस्कार’ प्राज्ञ विष्णु प्रभातलाई प्रदान गरिएको छ ।