नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत सहभागी भइ कोशी प्रदेश सरकार गठनमा सहमतिको प्रयास भएको छ ।
वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले नेपालको कला संस्कृतिको सिको विश्वका देशले गर्न थालेको बताउनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चाडपर्वमा कोही व्यक्ति सडकमा बस्नु नपरोस् भनेर मानव सेवा आश्रमले आजदेखि सुरु गरेको मेची महाकाली उद्धार अभियानले आफूलाई निकै सन्तोष मिलेको बताउनुभएको छ ।
कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न दुई जनाको दाबी पेश भएपछि प्रदेश प्रमुखको कार्यालयले शनिबार सांसदहरुको सनाखत गराउने भएको छ ।
सरकारले नेपालीहरुको महान् पर्व बडा दसैँमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ ।
‘सत्य अन्वेषण र सत्य सम्प्रेषण अहिलेको मिडियाको मुख्य चुनौति हो किनकि अहिलेको मिथ्या सूचनाले सत्यलाई विस्थापन गर्ने अस्वस्थ प्रतिस्पर्धा चलेको छ । यसले कहीँ न कहीँ देश, जनता र हाम्रो व्यवस्थालाई नोक्सान पु¥याउन सक्नेतर्फ सचेत हुन म तपाईहरूलाई आग्रह गर्दछु ।’’
मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री चन्दन सिंहले नेपाल–भारतवीचको खुला सीमाको व्यवस्थापन समयअनुसार हुनुपर्ने बताउनुभएको छ ।
उपभोक्ता हित संरक्षण तथा स्वच्छ बजार कायम गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगनमलाई तीव्र बनाएको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमन कार्यायोजनाअनुसार सरोकार भएका निकायको समन्वयमा १० वटा विषयगत र दुई वटा विशेष निगरानी टोली खटाएर बजार अनुगमन गरिरहेको छ ।
नेपाल र भारतबीच आगामी ३० महिनाभित्र सप्तकोशी उच्च बाँध बहुउद्देश्यीय आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने सहमति भएको छ । सो आयोजनाको भौगर्भिक अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन र पुनर्वास तथा पुनः स्थापन अध्ययन, बाढी नियन्त्रणबाट हुने लाभजस्ता विषयको महत्वपूर्ण बाँकी अध्ययनलाई प्राथमिकीकरण गरी ३० महिनामा विस्तृत आयोजना प्रतिवेदन तयार गर्ने सहमति भएको हो ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा समसामयिक राजनीति सम्बन्धमा छलफल भएको छ ।
नेपाली कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले कांग्रेस पार्टी नेपाली जनताको सुख दुः खको साथी पार्टी भएको बताउनुभएको छ । नेपाली कांग्रेस जजरकोटको जिल्ला सम्मेलनको आज उद्घाटन गर्दै उपसभापति खड्काले अहिले नेपाली जनता र मतदाताले नेपाली कांग्रेसलाई तीन वटै तहमा पहिलो दल बनाएको उल्लेख गर्नुहुँदै कांग्रेस पनि त्यहि जनताको मतको सम्मान गर्दै सबै जनताको सुख दुः खको साथी पार्टी भएर काम गर्नुपर्ने बताउनुभयो ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि कङ्गोमा तैनाथ नरसिंहदल गण (शान्ति सेना) २९ औँ डफ्फामा कार्यरत प्युठ भूपजित राईको निधन भएको छ ।
श्रीलङ्कामा जारी सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) पुरुष भलिबल च्यालेन्ज कपको चौथो खेलमा नेपाल साउदी अरेबियासँग पराजित भएको छ ।कोलम्बोस्थित सुगाथादास इन्डोर रङ्गशालामा आज पाँच सेट चलेको खेलमा नेपाल साउदी अरेबियासँग ३-२ को सेटमा पराजित भएको हो । खेलको पहिलो सेट २२-२५ ले गुमाएको नेपालले दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्यो ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा संविधान र गणतन्त्र मास्न षड्यन्त्र भइरहेको दाबी गर्नुभएको छ ।
गोकर्णेश्वरको यज्ञडोल क्षेत्रबाट बगेर आउने यज्ञमती र चखुँचा खोलाको आरम्भ चोकमाथिको बहाव क्षेत्र छुट्याउने काम काठमाडौँ उपत्यका विकास प्राधिकरणले गर्ने भएको छ ।