भियतनाममा जारी एएफसी यू–१७ एसियन कप छनोटमा नेपालले लगातार दोस्रो हार खेपेको छ । शुक्रबार राति भएको खेलमा नेपाल आयोजक भियतनामसँग ५–० गोलले पराजित भयो । नेपाल यसअघि थाइल्यान्डसँगको पहिलो खेलमा ३–० गोलले पराजित भएको थियो ।
कालीगण्डकी करिडोर अन्तर्गत पीपलडाँडा–रामपुर सडक खण्डको सहदीखोला पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको छ । रम्भाको पीपलडाँडा र फोक्सिङकोटको सिमाना सहदीखोलामा डाँडा भाँसिएपछि कालीगण्डकी कोरिडोर अबरुद्ध बनेको हो ।
सल्यानमा पहिरोमा परी दुई जनाको मृत्युभएको छ । जिल्लाको शारदा नगरपालिका –८ मार्के ओरगाउँका १२ वर्षिय अजय बिकको पहिरोमा परी ज्यान गएको छ । त्यस्तै, त्रिबेणी गाउँपालिका –२ गैह्रगिठीका माथिबाट झरेको ढुंगाले लागेर चन्द्रवहादुर पुनको मुत्यु भएको छ ।
अविरल वर्षाको कारण जनजीवन कष्टकर भईरहेका छ । तर वालिङका युवाहरु भने निरन्तरको झरीको कुनै वास्ता नगरी खेल मैदान निर्माणमा जुटेका छन् ।
निरन्तरको वर्षापछिको चिसो र जाडो समय शुरु भएसँगै अस्पतालमा डेंगुका बिरामीहरु कम हुँदैगएका छन् । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दशैं शुरु हुनुअघिको तुलनामा दशैं अवधिमा डेंगुका बिरामी कम हुँदैगएको देखिएको हो ।
प्रतिनिधिसभा सदस्य ताप्लेजुङमा नेकपा (एमाले) सचिव योगेशकुमार भट्टराई र माओवादी केन्द्रका केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्रीबीच प्रतिस्पर्धा हुनेभएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा भट्टराई र बुढाक्षेत्रीले प्रतिनिधिसभा सदस्यका लागि टिकट पाएसँगै उहाँहरुबीच प्रतिस्पर्धा हुनेभएको हो ।
सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गर्नुभएको छ । राजदूत यान्छीले शनिबार विहान सभामुखसँग उहाँको सरकारी निवास लैनचौरमा बिदाइ भेट गर्नुभएको हो ।
प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । सिंहदरवारमा शनिबार पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले सो घोषणा गर्नुभएको हो ।
जुम्लामा पहिरोमा परी सात जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जिल्लाको कनकासुन्दरी गाउँपालिका –५ बारकोटेबाडामा स्थानीय गणेश शाहीको घर पहिरोले भत्किदा ७ जनाको मृत्यु भएको हो ।
केही दिनदेखि परेको अविरल वर्षापछि बबई नदीमा आएको बाढीले बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया जोड्ने जब्दी पुल बगाएको छ । करिब दश वर्षअघि निर्माण सुरु भएको ४२५ मिटर सो पुल १६ करोड ६८ लाख रुपियाँ लागतमा २०७४ मा सम्पन्न भएको थियो ।
पहिरोको जोखिममा परेपछि पाल्पाको निस्दी –३, स्थित क्याङ्रुङ् गाउँका बासिन्दा विस्थापित बनेका छन् । वर्षात्ले क्याङ्रुङ्मा गएको पहिरोले गाउँ नै लग्न थालेपछि सो गाउँका ४५ घरधुरी गाउँबाट बिस्थापित भएर सुरक्षित स्थानमा सरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र जनता समाजवादी नेपाल (जसपा) बीच चुनावी तालमेल भएको छ । अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष यादवबीच आज शनिबार सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार जसपाले १७ सिट पाउने छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना हुनुभएको छ । राष्ट्रपति भण्डारीको स्वास्थ्यमा समस्या देखिएपछि स्वास्थ्य परीक्षका लागि उहाँ अस्पताल भर्ना हुनुभएको उहाँको मुख्य स्वकीय डा. भेषराज अधिकारीले जानकारी दिनुभयो ।
नेकपा (एमाले) का पोलिटब्युराे सदस्य बालकृष्ण ढुङ्गेलको निधन भएको छ । आज शनिबार उहाँको आफ्नै घरमा चिप्लेर निधन भएको उहाँका परिवारजनले बताएका छन् ।
काठमाडौं, असोज २२ गते । बलिउडका चर्चित अभिनेता अरुण बालीको निधन भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार ७९ वर्षको उमेरमा मुम्बईको उपनगरस्थित आफ्नै निवासमा बालीको निधन भएको हो ।‘सौगन्ध’, ‘राजु बन गया जेन्टलम्यान’, ‘खलनायक’, ‘सत्या’, ‘हे राम’, ‘लगे रहो मुन्ना भाइ’, ‘थ्री इडियट्स’, ‘रेडी’, ‘बर्फी’, ‘मनमर्जियाँ’, ‘केदारनाथ’, ‘सम्राट् पृथ्वीराज’, र ‘लाल सिंह चड्ढा’ फिल्महरूमा उहाँको अभिनय देख्न सकिन्छ ।