पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न थालेका हुन् ।
दसैं–तिहार नजिकिएसँगै बजार अनुगमनलाई बाँकेमा तीव्र पारिएको छ । पछिल्लो पटक जिल्लाको दोस्रो ठूलो सहर कोहलपुरमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका, नेपालमा प्रतिबन्धित र भन्सार छलीका सामान विक्री गर्ने व्यवसायीलाई कारवाही गरिएको छ ।
सत्तरी वर्षीया वृद्धाको हत्याका तीन अभियोगी पुर्पक्षका लागि कारागार चलान भएका छन् । गोरखाको आरुघाट गाउँपालिका-१ श्यामचेतकी ७० वर्षीया बृद्धा सुनमाया लामाको हत्याका अभियोगीलाई जिल्ला अदालतको आदेशमा बिहीबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाडौँ जिल्ला अदालतले दुई वर्ष पुराना मुद्दा चालु आर्थिक वर्षभित्र फर्छ्याेट गर्ने भएको छ । दुई वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्च अदालतको अभियानअनुसार जिल्ला अदालतले आगामी असार मसान्तसम्ममा त्यस्ता मुद्दा फछ्र्यौट गर्ने जनाएको हो ।
चाडपर्व नजिकिएसँगै थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दसैं आउन थालेपछि कैलाली, कञ्चनपुरका थारुले आ–आफ्ना गाउँमा सखिया नाच नाच्न थालेका हुन् ।
राष्ट्रिय सभाबाट अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रश्ताव पारित भएको छ । शुक्रबार बसेको राष्ट्रि सभा बैठकमा सांंसद प्रकाश पन्थले प्रस्तुत गर्नुभएको सो सङ्कल्प प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दक्ष जनशक्ति उत्पादन गर्न आइटी क्षेत्रमा लगानी गर्नुपर्ने र गाउँ–गाउँमा साइबर शिक्षा सञ्चालन गर्नुपर्ने बताउनुभएको छ। प्युठानमा आयोजना गरिएको साइबरक्राइम सम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री शर्माले सबै बिद्यालय, बिश्वबिद्यालयमा साइबर शिक्षा अनिबार्य लागू गराउनु पर्ने बताउनुभएको छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा मानसिक रोगीको उपचार गर्न २५ शय्या सञ्चालनमा ल्याइएको छ । बिहीबार बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले मनोचिकित्सा वार्डको उद्घाटन गर्नुभएको हो ।
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनमा सबैको साझा प्रयासको खाँचो रहेको बताउनुभएको छ ।
सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नहरुको उत्तर सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने कार्यसूची रहेको छ ।
चाडपर्वका बेला अखाद्य वस्तुको बिक्रीवितरण रोक्नका लागि सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले कैलालीको धनगढी र गोदावरी नगरभित्र रहेका खाद्य उद्योग तथा गोदामहरुको अनुगमन थालेको छ ।
नेपाली काँग्रेस कोशी प्रदेश कार्य सम्पादन समितिको बैठकले गठबन्धनमा भएको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको छ ।
मिडियाको शक्तिले सत्तालाई दिशा निर्देश गर्नेभएकाले सञ्चार क्षेत्रमा कुनै प्रकारको गुट उपगुट हावी हुन नहुने मधेश प्रदेशको भौतिक पूर्वाधारमन्त्री कृष्णकुमार यादवले बताउनुभएको छ । सर्लाहीको लालबन्दीमा शुक्रवार नेपाल प्रेस युनियनको प्रादेशिक भेलालाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खेलकुद लगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाइने सरकारको नीति रहेको बताउनुभएको छ ।
उत्तरी मकवानपुरको थाहा नगरपालिका –५ फुर्केका महावीर गोलेले गुमेको दृष्टि पुनः प्राप्त गर्नुभएको छ । तीन वर्षअघि ७२ वर्षको उमेरमा गुमेको दृष्टि गोलेले तिलगङ्गा सामुदायिक आँखा केन्द्र पालुङको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा शल्यक्रियापछि पुनः दृष्टि प्राप्त गर्नुभएको हो ।