उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न बहानामा संविधानमाथि प्रहार भइरहेको बताउनुभएको छ ।
‘हाम्रो गोल दुर्व्सनविरुद्धको बोल’ भन्ने नाराका साथ सुनसरीको बराहक्षेत्र ६ चक्रघट्टीमा तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप असोज २९ बाट सुरु हुने भएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले रुसी ओलम्पिक समिति (आरओसी) लाई निलम्बन गरेको छ । बिहीबार मुम्बईमा बसेको आईओसीको कार्यसमितिको बैठकले आरओसीलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
जाजरकोटको भेरी नगरपालिकामा डेंगुको प्रकोप बढ्दै जाँदा स्थानीय त्रसित देखिएका छन् । भेरी नगरपालिकाको वडा नम्बर ९, ११, १२ र १३ मा डेंगुको प्रकोप फैलिएको छ ।
दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । व्यास नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकार प्राप्त नभएको बताउनुभयो ।
कोशी प्रदेशमा विकसित पछिल्लो परिस्थिति एवम् मुलुकको समग्र राजनीतिक अवस्थाबारे समीक्षा गर्न र पार्टीको भावी रणनीति तय गर्न बैठक केहीबेरअघि केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ ।
नेपालगन्जको बिपी चोकमा शुक्रवार बिहान फर्निचर उद्योगहरूमा भएको आगलागीबाट एक करोडको क्षति भएको अनुमान प्रहरीले गरेको छ । आगलागीबाट सात वटा पसल र उद्योग जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
वर्षाका कारण धेरै सडकमा खाल्डाखुल्डी भएकामा तीनको मर्मत सुरु गरिएको विभागले जनाएको छ । मर्मतको काम विभागको नियमित काम भएको र वर्षा सकिनासाथ अघि बढाइएको सम्भार महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर (सिडिइ) नातिबाबु खड्काले बताउनुभयो ।
नेपालमा शिल्पकलाको पठनपाठन सुरुआत भएको छ । काठमाडौँ विश्वविद्यालयले पहिलो पटक शिल्प तथा डिजाइन शिक्षामा स्नातक तहको पढाइ थालनी गरेको हो ।
सङ्घीय सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई मातृशाेक परेको छ । उहाँकी आमा हंशनुमा लिम्बूको शुक्रवार बिहान ५ बजे मोरङको लेटाङ–६ गुवाबारीमा ९९ वर्षको उमेरमा मृत्यु भएको हो ।
केही दिनयता चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या उकालो लागेको छ । केही दिन अघिसम्म स्थिर रहेको डेङ्गु सङ्क्रमितको सङ्ख्या पछिल्लो दिनमा ह्वात्तै उकालो लागेको हो । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी रामकुमार केसीका अनुसार साउनदेखि असोज २२ सम्म ६५१ सङ्क्रमित रहेकामा मङ्गलबार ९९ जना थपिएका छन् । चितवन जिल्लामा डेङ्गुको उपचारका क्रममा मकवानपुरका एक पुरुषको मृत्यु भएको छ । लामो समयदेखि चितवन मेडिकल कलेजमा उपचार गराइरहेका ती पुरुषको सोमबार मृत्यु भएको हो ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एकलौटी रूपमा काम गरेको भन्दै नेपाली काँग्रेसबाट निर्वाचित प्रतिनिधिले कार्यपालिकाको बैठक बहिष्कार गरेको छ ।
गठबन्धन दलहरूबिच भएको सहमतिविपरीत नेपाली कांग्रेसका सांसद केदार कार्कीले नेकपा एमालेको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएपछि कोशीको राजनीतिले नयाँ मोड लिएको छ ।
स्याङ्जाको अधिकांश पसलबाट म्याद गुज्रिएका सामाग्री विक्री गर्ने गरेको पाइएको छ । यहाँका व्यपारीहरुले कमाऊ धन्दा चलाउँदै उपभोक्तालाई अखाद्य सामाग्री विक्री गरेको पाइएपछि मानव स्वास्थ्य माथि खेलबाड गरेको भन्दै जरिवाना गराइएको छ ।
शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘कौसीद’ मा समावेश गीत ‘सपनाको घर’ सार्वजनिक भएको छ । दुःखबाट बाहिर निस्केर सुखी जिन्दगीको सपना बुनेको एक परिवारको कथालाई गीतमा प्रस्तुत गरिएको छ । सार्वजनिक लिरिकल भिडियोसहितको गीतमा स्वर आशिष रोक्काको छ । शब्द तथा सङ्गीत पनि आशिषले नै तयार पार्नुभएको हो । गीतको लिरिकल भिडियोमा प्रमुख कलाकार भोलाराज सापकोटा र ऋचा शर्मासँगै उहाँहरूको फिल्मी परिवारलाई देखाइएको छ । कुमार भाष्करको निर्देशनमा बनेको चलचित्रमा रुपेश दाहाल, परिक्षितविव्रmम राणा, सदीक्षा गौतम, निर्भीक भट्टराई र सन्दीप लोहनी पनि मुख्य अभिनयमा छन् ।