तीन दिनदेखि लगातार भैरहेको वर्षाका कारण बाँकेको नरैनापुर गाउँपालिका सबैभन्दा बढी प्रभावित बनेको छ । सो पालिकाका करिब पाँच हजार स्थानीय बासिन्दा प्रत्यक्ष रुपमा प्रभावित भएको गाउँपालिकाले जनाएको छ ।
अविरल वर्षाले सडकमा पहिरो खसेपछि जिल्लाका मुख्य राजमार्ग र सहायक मार्गहरू अबरुद्ध बनेका छन् । जिल्लाको सहायक राजमार्गको रुपमा रहेको आर्यभाङ्ज्याङ्–रामपुर सडकखण्ड दुई दिनदेखि अबरुद्ध बनेको छ ।
अविरल वर्षासँगै पहिरो जाँदा वालिङ नगरपालिका वडा नम्बर १३ को बायँटारी ठुलाखेतका पाँच घर जोखिममा परेका छन् । अविरल वर्षासँगै पहिरो जाँदा बायँटारीका ती पाँच घर अगाडि पहिरो गएको छ ।
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवनमा नारायणी नदीमा आएको बाढीले ७० घर डुबानमा परेका छन् । मध्यवर्ती क्षेत्रका कारण गाउँपालिकाको सडक सञ्जालबाट जोडिन नसकेको वडा नं १ को बगुवन चारैतिरबाट नारायणी नदीको भेलले घेरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले जानकारी दिनुभयो ।
‘ए हेर त मालिकाको घरमा कत्रा भोगटे फलेका’ कहिले खाने हँ । “यो भोगटे त मङ्सिर पुसमा खाने भन्नुभएको छ आमाले,” मालिकाले भनिन् । “अहिले कुन महिना हो मङ्सिर हैन र मालिका ?” राधाले हाँस्दै सोधिन्, ‘ल ल हामीलाई पनि खुवाउ है” स्याब्रुले भन्यो । हुन्छ, बोटभरि लटरम्मै फलेको छ, कसले खानु र ! एकदिन साँधेर खाने है ? हुन्छ, हामी सबैजना जम्मा भएर खाने । कहिले खाने त ? भोगटेको अचार बनाउँदा त दही पनि हाल्नुपर्छ । “म घरबाट दही लिएर आउँछु है” शुभमले भन्यो । “म त सक्खर लिएर आउँछु । अस्ति आमाले ल्याउनुभएको छ ।” चन्दाले भनिन्, “अकबरे खुर्सानी पनि हाल्नुपर्छ है” स्याबु्र उफ्रियो । ए भोगटेको कुरा सुनेर मेरो त मुख नै रसायो । हेर त मुखभरि पानी आएको ? कमानले आँ गरेर मुख बाउँदै भन्यो । सबै जना हल्ल हाँसे । आउँदो शनिबार खाउँ न त है ? राधाले प्रस्ताव राखिन् । सबैले एकै स्वरमा ‘हुन्छ’ भने । भोगटे बोटभरि लटरम्मै फलेको छ, कसले खानु र! एकदिन साँधेर खाने है? हुन्छ, हामी सबै जना जम्मा भएर खाने। कहिले खाने त? भोगटेको अचार बनाउँदा त दही पनि हाल्नुपर्छ।शनिबार सबै मालिकाको घरमा जम्मा भए । शुभमले दही ल्यायो । चन्दाले सक्खरको चाको नै ल्याइछन् । स्याब्रुले अकबरे खुर्सानीको पाँच ढेँडी नै ल्याए । मालिकाकी आमाले चार गट्टा ठूला भोगटे टिपेर ल्याइदिनुभयो । “ल तिमीहरूले साँधरे हामीलाई पनि खुवाउ है,” भन्नुभयो । सबै आँगनमा वरिपरि बसे । हँसियाले भोगटे काट्न थाले । “भोगटेको टोपी कत्ति राम्रो हुन्छ । मिलाएर टोपी निकाल है,” चन्दाले भनिन् । राधाले काट्दै थिइन् । टोपी त बिग्रियो । ल पख है म बनाइदिन्छु, आमाले भन्नुभयो । आमाले एउटा भोगटे मिलाएर काटिदिनुभयो । बीचबीचमा चिरेर केस्रा निकाली दिनुभो । स्याब्रुको टाउकामा भोगटेको टोपी लाइदिनुभो । स्याब्रु दङ्ग प¥यो । कमानले अर्को भोगटे पनि काटेर टोपी निकाले । “अब टोपी लाउने पालो मेरा” भन्दै थिए शुभम । भोगटेको टोपी कमानले आफ्नै टाउकामा लगाए । मेरो लागि पनि बनाइदेउ है भन्दै राधा उठिन् । राधाले स्याब्रुको टाउकाको टोपी खोसेर लगाइन् । बाँकी रहेका भोगटे सबै छोडाए । माउ हात्ती भोगटेको बोटतिर गयो। उसले पनि ठूला ठूला भोगटे टिप्यो। अनि सुँडले नङ्ग्यायो। आमा पनि फेरि आउनुभयो। ‘ए ल यिनीहरु पनि आएछन खान त दिनुपर्यो नि’ आमाले ठूलो बाटा ल्याएर दिनुभयो।बिजुलाले भाँडो भरियो । दही नुन खुर्सानी हालेर मालिका, राधा र चन्दाले मोले । आमाले तेलमा मेथी डढाएर ल्याउनुभयो । रसिलो अचारमा डढेको मेथी र तेल हाल्दा ‘झ्वाँइय’ आवाज आयो । त्यसबाट उठेको मुस्लोले चन्दाको आँखा रातो भयो । आमाले चन्दालाई मुख धुन भन्नुभयो । चिसो पानीले मुख धोएपछि चन्दाले आँखा खोलिन् । मकैको बुङ्गोमा सबैलाई साँधेको भोगटे भाग लगाए । सबैले वरिपरि बसेर खान थाले । कमानले भनै“ धेरै गुलियो भएछ । म त खुर्सानी टोक्छु । “हुन्छ हुन्छ टोक । तिमीले ल्याएको एक ढेँडी बाँकी नै छ ।” शुभमले भन्यो । “धेरै पिरो हुन्छ भनेर नहालेको ।” ‘हा हा कति पिरो’ भन्दै खाए । ‘यस्तो पिरो पनि !’उनीहरू अचार खाँदै थिए । तल खोलामा एउटा डुङ्गा आएर रोकियो । ‘ए हेर त डुङ्गामा को होलान् ?’ सबैले त्यतै हेरे । नभन्दै एउटा डुङ्गामा चारवटा हात्तीहरू आएका, कहाँ जान्छन् होला ती हात्तीहरू ? सबैको ध्यान त्यतै गयो । ती हात्तीहरू डुङ्गाबाट उत्रिए । एउटा माउ र अरू छावा थिए । उनीहरू सरासर मालिकाकै घरतिर पो आए । पासाङ “अब के हुन्छ हँ” भन्दै अत्तालियो । उ लुक्न खोज्यो । सबै जना मुखामुख गर्न थाले । हात्तीका लस्कर सुँड उचाल्दै उनीहरू बसेका ठाउँमा आए । सुुँडले गन्ध सुँघे । माउ हात्ती भोगटेको बोटतिर गयो । उसले पनि ठूला ठूला भोगटे टिप्यो । अनि सुँडले नङ्ग्यायो । आमा पनि फेरि आउनुभयो । “ए ल यिनीहरू पनि आएछन् खान त दिनुप¥यो नि” आमाले ठूलो बाटा ल्याएर दिनुभयो । स्याब्रु चन्दा, मालिका, शुभम, राधा, कमान पनि छावासँग खुव रमाए । उनीहरूसँगै खेल्न थाले । खेल्दाखेल्दै छावाले भोगटे छोडाएका बोक्रा पनि खाए । माउ ढोइले बिजुला बाटामा हालिन् । आमाले त्यसमा पिठो र नुन मिसाइदिनुभयो । छावा र ढोइ सबै मिलेर त्यो भोगटेको अचार पनि खाए । “आहा कति मीठो” ढोइले भन्न थाली । छावाहरू पनि ‘ढ्याउ ढ्याउ’ गरेर डकार्न थाले । उनीहरू छावाहरूसँग खेल्दै छावाको बुइ चढे । छावाहरूले उनीहरूलाई उफार्न थाले । ‘आहा कति मज्जा हइट् हइट्’ उनीहरु निकै रमाए । त्यसदिन उनीहरू सबैका मनमा रातभरि हात्ती र छावाका चित्रहरू सल्बलाई रह्यो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले इजाजत प्राप्त हातहतियार बुझाउन निर्देशन दिएको छ । एक सूचना जारी गर्दै प्रशासनले कात्तिक ५ गतेभित्र हातहतियार बुझाइसक्न सम्बद्ध पक्षलाई निर्देशन दिएको हो ।
पृथ्वी राजमार्गमा पर्ने तनहुँको दुई स्थानमा पहिरो झरेर अवरुद्ध भएको सडक सात घण्टापछि सुचारु भएको छ । व्यास नगरपालिका –१२ घाँसीकुवा र म्याग्दे गाउँपालिका –१ गुणादीमा खसेको पहिरो पन्छाएर सडक सुचारु गरिएको प्रहरीले जनाएको छ । बिहीबार राति खसेको पहिरोले सडक अबरुद्ध भएकोमा गुणादीमा शुक्रबार विहान ६ बजे एक तर्फी खुलाइएको सडक पुन पहिरो खसेकाले दुइतर्फी यातायात बन्द भएको थियो । डोजरले पहिरो हटाएर सडक सुचारु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले जानकारी दिनुभयो ।
तीन दिनदेखि लगातार परेको वर्षाका कारण नारायणी नदीको बाढी नवलपरासीको सुस्तामा बाँध भत्काएर गाउँमा पसेको छ । बाढी गाउँ पसेपछि सुस्तामा त्रास फैलिएको छ ।
अविरल वर्षापछि काठमाडौँको चन्द्रागिरिमा गएराति आएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका तीन जनाको मृत्यु भएको वडा नम्बर २ का वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय कैलालीले प्राकृतिक विपतका कारण मानवीय तथा आर्थिक क्षति हुन सक्ने भन्दै सतर्क रहन सम्बन्धित सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ ।
धर्म-संस्कृतिमा विभिन्न शक्तिको स्रोतमा स्त्री शक्तिलाई विशेष महìव दिएकोे छ । विभिन्न स्त्री देवीमा विजयश्वरीको आकाशयोगिनी पनि एक हो । आकाशमार्गबाट आएको हुँदा यस देवीलाई आकाशयोगिनी भनिन्छ
अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई स्थनान्तरण गरिएको छ ।
थारु घरबास ‘होमस्टे’ चितवनको गोलाघाट घुम्न आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ । राप्ती र नारायणी नदीको सङ्गम भरतपुर–२८ स्थित गोलाघाटमा आउने पर्यटकले परम्परागत संस्कृति, रहनसहन र मौलिक खानाका परिकारका कारण होमस्टेलाई पहिलो रोजाइ बनाउने गरेका हुन् ।
स्याङ्जाको वालिङ–जगत सडकखण्ड गएरातिदेखि अवरुद्ध भएको छ । वालिङ नगरपालिका–६ मिर्दीस्थित सिद्धार्थ राजमार्गबाट चापाकोट नगरपालिका, हरिनास र बिरुवा गाउँपालिकासहित पूर्वी पाल्पालाई जोड्ने उक्त सडकको वालिङ– ५ झल्र्याङ्दी नजिकै पहिरो खस्दा अवरुद्ध भएको हो ।
दूधकुण्ड साँच्चै सुन्दर, अनुपम र धर्तीको स्वर्गझैँ छ । मुलुकमा अनेक दूधकुण्ड छन् : लमजुङको दूधकुण्ड, दोलखाको दूधकुण्ड, खोटाङको दूधकुण्ड आदि । तिनमा सोलुखुम्बुको दूधकुण्ड विभिन्न दृष्टिकोणले उल्लेखनीय छ ।