प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराउँदै हुनुहुन्छ । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक डडेल्धुराबाट उम्मेदवारी दर्ता गराउन लाग्नुभएको हो ।
पाँचथरमा उम्मेद्वारी दर्ता प्रक्रिया शुरु भएको छ । हालसम्म राप्रपा नेपाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्व सङ्घीय लिम्बुवान मञ्चका प्रतिनिधिले उम्मेद्वारी दर्ता गराइसक्नुभएको छ ।
संयुक्त राज्य अमेरिकाले इरानमाथि लगाएको प्रतिबन्धका कारण सबै इरानी नागरिकको जीबिकोपार्जन, रोजगारी र स्वास्थ्यमा असर परेको इरानले दाबी गरेको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रले गरेको उम्मेदवार छनौट प्रति सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट असन्तुष्ट हुनुभएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाको क्षेत्र नम्बर ३ मा आज बिहान ११ बजे उम्मेद्बारी मनोनयन गर्नुभएको छ ।
प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गर्नका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा पुग्नुभएकाे छ ।
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ ।
प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा गुल्मी जिल्लामा केन्द्रीय नेताहरुबीच प्रतिस्पर्धा हुने भएको छ । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार केन्द्रीय नेताहरुबीच प्रतिस्पर्धा हुने भएको हो ।
क्रेमलिनले क्रिमियालाई आफ्नो कब्जामा लिएको प्रतीकका रुपमा हेरिएको रसिया र क्रिमिया जोड्ने एउटा मुख्य पुलमा शनिबार देखि यातायात पुनः सुरु भएको छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्वाचन क्षेत्र मानिएको चितवनको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)सहितको गठबन्धनको तर्फबाट डा. भोजराज अधिकारीले उम्मेद्वारी दिने हुनुभएको छ ।
झन्डै छ वर्ष हुँदा पनि भरतपुरको ४।४ किलोमिटर लामो बाइपास सडक निर्माण सम्पन्न हुन सकेको छैन । सरकारी निकाय र ठेकेदारको लापरबाहीका कारण भरतपुर महानगरपालिकाको मुख्य क्षेत्र पर्ने केन्द्रीय बसपार्कदेखि आँपटारीसम्मको सडक निर्माणको काम सुस्त भएको हो । सडक, विद्युत् र खानेपानीबीच समन्वय नहुँदा सडक विस्तारको काममा झन् ढिलासुस्ती भएको छ ।
लगातारको वर्षाका कारण पहिरो जाँदा महाकाली राजमार्ग अवरुद्ध भएको छ । आज बिहान खसेको पहिराले राजमार्गअन्तर्गत बैतडीको सिन्केलेक नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको हो ।
शनिवारदेखि मौसममा आएको हल्का सुधारसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा अवस्थित पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल सुरु हुन थालेको छ । दसैँ तिहार विधाको सदुपयोग गर्न निस्केका आन्तरिक पर्यटकहरू प्राकृतिक सुन्दरतामा रमाउन पुनहिल पुग्न थालेका छन् । यो समयमा पुनहिलमा आन्तरिक पर्यटकको निकै भिडभाड लाग्ने गर्दछ ।
नेपालमा नोट छपाइको प्रविधि नहुँदा राष्ट्र बैङ्कले बर्सेनि अर्बौं रुपियाँ नोट छपाइमा खर्च गर्नु परिरहेको छ । विश्वव्यापी मूल्य वृद्धि र अर्थतन्त्रको आकार विस्तारका कारण परिमाण पनि बढाउनुपर्ने हुँदा नोट छपाइ खर्च बढ्दो देखिएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी भाइरल ज्वरोका कारण महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना हुनुभएको छ ।