सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) परियोजना सम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र समितिलाई बुझाउन निर्देशन दिएको छ ।
पोखरा महानगरपालिका-२७ तालचोकदेखि वडा-३१ बेगनास जोड्ने सडक चार लेनमा स्तरोन्नति भइरहेको छ । गत चैतदेखि सडक निर्माण थालिएकामा करिब दश प्रतिशत भौतिक प्रगति भएको महानगरले जनाएको छ ।
राष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘शहीद दशरथ चन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय विधेयक-२०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारमा रहेका कामदारका परिवारका सदस्यसँग नेपालगन्जमा शुक्रवार एक अन्तरक्रिया कार्यक्रम गरेको छ ।
राष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘शहीद दशरथ चन्द स्वास्थ्यविज्ञान विश्वविद्यालय विधेयक–२०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
उदयपुर कटारी नगरपालिका-४ स्थित त्रिवेणी माविका विद्यार्थीले सयपत्री फूलखेती गरेका छन् । बर्सेनि तिहारका समयमा हुने फूलको अभावलाई अन्त्य गर्ने उद्देश्यले विद्यार्थीले जिल्लाको दुई स्थानमा सयपत्री फूलखेती गरेका हुन् । कृषि प्राविधिक धारतर्पmका विद्यार्थीले कटारी तथा सदरमुकाम क्षेत्रका लागि विद्यालय परिसर र त्रियुगा नगरपालिकाको बोक्सेमा फूलखेती गरेका हुन् ।
नेपाली चलचित्र परदेशी २ आजबाट प्रदर्शनमा आएको छ । शुक्रबारबाट देशभरका हलहरुमा चलचित्र प्रदर्शनमा आएको हो ।
डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख विजयराज सुवेदीले सामुदायिक वनले वन अतिक्रमण हटाउन जोड दिनुपर्ने वताउनुभएको छ । त्रिसुली सामुदायिक वन उपभोक्ता समूह बुद्धभुमि –२ गोरुसिङ्गेको आठौँ साधारण सभामा बोल्ने बक्ताहरुले सुकुम्वासीको नाममा गैर सुकुम्वासीका कारणले वन अतिक्रमणमा परेको बताउनुभएको हो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई समृद्धिको अनुभूति दिलाउन सरकार क्रियाशील रहेको बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सर्वोच्च अदालतमा मुद्दा पुनरावेदन गरिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगमा स्थापना कालदेखि अहिलेसम्म दर्ता भएका उजुरीमध्ये ८० प्रतिशत उजुरी द्वन्द्वसँग सम्बन्धित रहेको बताएको छ ।
स्थानीय तहका जनप्रतिनिधिसँग लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मूल प्रवाहीकरणसम्बन्धी छलफल गरिएको छ । दलित महिला केन्द्र नेपालले बिहीबार दिक्तेलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी स्थानीय तहका विषयगत समितिका संयोजक, सदस्यसचिव, पालिका उपप्रमुख, विषयगत समितिका सदस्यसचिव, निर्वाचित जनप्रतिनिधि र कार्यपालिका सदस्यलाई सहभागी गराएर छलफल गरिएको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केहीबेरमा बस्दैछ ।
नेपाल विद्युत प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रोपावर कम्पनीबीच सम्झौता भएको छ । उक्त कम्पनीले निर्माण गर्न लागेको ताक्सुगाड जलविद्युत आयोजनाको विद्युत खरिद बिक्रीका लागि दुई निकायबीच सम्झौता भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले शुक्रबार आफ्नो १६ औँ वार्षिक प्रतिवेदन पेस गरेको छ ।