आइतबार प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मनोनयन दर्ता गरी सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्नुहुँदै नेपाली कांग्रेसका नेता सिंहले हालसम्म संविधानको मर्म र भावना अनुसारको सङ्घीय कानुनहरु बनाउन नसकिएको बताउनुभएको हो ।
गुल्मीमा गठबन्धनविरुद्ध बागी उम्मेदवारी परेको छ । गुल्मी निर्वाचन क्षेत्र नम्वर २ बाट गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीविरुद्ध नेपाली कांग्रेसका महासमिति सदस्य डा. दामोदर भुसालले बागी उम्मेदवारी दर्ता गराउनुभएको हो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का बहुमत केन्द्रीय पदाधिकारीले एन्फा कार्यसमिति बैठक बोलाउन माग गरेका छन् । पदाधिकारीले विभिन्न ६ वटा एजेन्डा माग गर्दै कार्यसमिति बैठक तत्काल बोलाउन अध्यक्ष पंकजविक्रम नेम्वाङ समक्ष माग गरेका हुन् ।
थरुहट–थारुवान आन्दोलनका अगुवासमेत रहनुभएका नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारुले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको चुनावका लागि नेपाली कांग्रेस केन्द्रीय उपसभापति धनराज गुरुङ र नेकपा (एमाले) की केन्द्रीय सचिव पद्मा कुमारी अर्यालले मनोनयन दर्ता गराउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रतिनिधिसभा निर्वाचनमा चितवनको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनु भएको छ ।
आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले दाङ क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।
आणविक शक्ति सम्पन्न अमेरिकी विमानवाहक पोतले कोरियाली प्रायद्वीपमा संयुक्त अभ्यास सम्पन्न गरेको केही घण्टापछि उत्तर कोरियाले आइतबार बिहानै दुई ब्यालेस्टिक क्षेप्यास्त्र समुद्रमा प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।
सहरी विकासमन्त्री मेटमणि चौधरीले सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा दाङ क्षेत्र १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गाउनुभएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही–३ बाट प्रतिनिधिसभा सदस्यमा मनोनयन दर्ता गर्नुुभएको छ ।
नेकपा एमालेका नेता महेश बस्नेतले प्रतिनिधिसभाको निर्वाचनमा मनोनयन दर्ता गराउनुभएको छ । भक्तपुरको प्रतिनिधिसभा २ नम्बरबाट प्रतिनिधिसभामा मनोनयन दर्ता गराउनुभएको हो ।
साविक विजेता म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले साउथह्याम्पटनलाई ४–० गोलले हरायो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक गिरीले सत्तारूढ गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर ३ मा उम्मेदवारी दर्ता गराउनुभएको छ । गिरीले निर्वाचन अधिकृतको कार्यालयले दिएको समयमै कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनुभएको हो ।
गाेरखापत्र अनलाइनरोल्पा, असोज २३ गते । रोल्पाबाट वर्षमान पुनको उम्मेदवारी दर्ता पुनका तर्फबाट माओवादी रोल्पा संयोजक गुणेन्द्र घर्तीमगरले उम्मेदवारी दर्ता गराउनुभएको थियो । पुनको उम्मेदवारीको समर्थकमा रोल्पा नगरपालिकाका निवर्तमान प्रमुख पूर्ण केसी र समर्थकमा माओवादी लुम्बिनी प्रदेश परिषद्का सदस्य भानबहादुर घर्ती छन् । उहाँले व्यस्तताका कारण उम्मेदवारी दर्तामा आफैँ उपस्थित हुन नसकेको बताउनुहुँदै भन्नुभयो । ‘राष्ट्रिय राजनीतिक जिम्मेवारीका कारण उम्मेदवारी दर्तामा सहभागी हुन सकिन । गए राति अबेरसम्म पनि कतिपय निर्वाचन क्षेत्रको सिट बाँडफाँटको काममा व्यस्त थिएँ’, फेरि एकपटक रोल्पाली जनताको प्रतिनिधिका रूपमा काम गर्न मैले उम्मेदवारी दिएको छु ।’प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट पुन यसअघि ०७४ मा निर्वाचित, ०६४ को संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित हुनुभएको थियो ।प्रदेशसभातर्फ भने प्रदेश 'क'मा माओवादीका जोखबहादुर महरा र 'ख'मा काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दर्ता गराउनुभयो ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको वारिसनामा मार्फत डडेल्धुराबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा मनोनयन दर्ता गरिएको छ । प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आइतबार दिउँसो मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा मनोनयन दर्ता गर्नुभएको हो ।