• ३१ वैशाख २०८१, सोमबार

बहुमुल्य सामान भनी ठगी गर्ने समूहका छ जना पक्राउ

blog

काठमाडौं, असोज २६ गते । प्राचीन तथा पुरातात्विक बहुमुल्य सामान हो भनी सर्वसाधारणलाई प्रलोभनमा पारेर नगद ठगी गर्ने ६ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार झापा बाह्रदर्शी गाउँपालिका – ६ बस्ने अनिल गदाईलीको साथबाट प्राचिन सामान अन्दाजी दुई लाख रुपियाँमा खरीदबिक्री गर्ने भन्ने बाहनामा झुक्याएर ठगी गर्नेको साथबाट त्रिभुज आकारको  अटोफायर र क्रिष्टल मालासहित ठगी गर्ने अन्य व्यक्तिलाई शुक्रबार काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका – ८ बालुवाखानीबाट पक्राउ गरिएको छ ।

३० वर्षीय गदाईलीसहित ललितपुरका ४७ वर्षीय रमेश नापित, मकवानपुरका ३५ वर्षीय सत्यनारायण कपाली, काभ्रेपलाञ्चोकका ३४ वर्षीय विकास श्रेष्ठ, ओखलढुङ्गाका ५३ वर्षीय लाल बहादु सुनुवार र मकवानपुरका ५६ वर्षीय मुरली न्यौपानेलाई पक्राउ गरी अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको प्रहरीले जनाएको छ ।