• ११ पुस २०८१, बिहिबार

प्रतिनिधिसभा बैठक (प्रत्यक्ष प्रसारण)

blog

काठमाडौं, असोज २६ गते । सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संसद भवनमा सुरु भएको बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक तथा लिखित प्रश्नहरुको उत्तर सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने कार्यसूची रहेको छ ।

यसैगरी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन आव २०७८–७९’ पेस गर्नुहुने, राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७९–८०’ पेस गर्नुहुने र ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेत्तिसौं वार्षिक प्रतिवेदन आव २०७९–८०’ पेस गर्नुहुने कार्यसूची रहेको छ ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्री शक्तिबहादुर बस्नेतले ‘विद्युत विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’भनी प्रस्ताव प्रस्तुत गर्नुहुने  सङ्घीय संसदका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।  

त्यस्तै, बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९को नियम २१३ को उपनियम १ बमोजिम १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरुको अनुपस्थितिको सूचनाहरु सभाको स्वीकृतिका लागि पेस गर्नुहुने छ ।