• १७ वैशाख २०८२, बुधबार

काँग्रेस कोशीको बैठकद्वारा हस्ताक्षर फिर्ता लिन निर्देशन

blog

शशिधर पराजुली

विराटनगर, असोज २६ गते । नेपाली काँग्रेस कोशी प्रदेश कार्यसम्पादन समितिको बैठकले गठबन्धनमा भएको निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको छ । 

कोशीमा गठबन्धनको निर्णयविपरीत नेकपा (एमाले) का ३९ र काँग्रेसका ८ जना सांसदहरूले सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेपछि कार्यसम्पादन समितिको बैठक बसेर निर्णय कार्यान्वयन गर्न सबैलाई अनुरोध गरेको हो । 

बैठकले मुख्यमन्त्रीमा दावी गर्नुहुने कार्की र अन्य ७ जना सांसदहरूलाई हस्ताक्षर फिर्ता लिन पनि आग्रह गरेको छ । बैठकले कोशी प्रदेशमा पार्टीलाई एकताबद्ध राख्ने र केन्द्रको निर्देशनअनुसार थप निर्णय लिन प्रदेश पदाधिकारीलाई अधिकार दिने निर्णय पनि गरेको छ ।