सर्लाहीका उखु उत्पादन किसानले पाउनुपर्ने रु २९ करोडभन्दा बढी अनुदानबापतको रकम उखु बेचेको सात महिना हुँदा पनि पाउन नसकेको गुनासो गरेका छन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डल विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोर्ष (आइएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी भएर आज आइतबार नेपाल फर्किएको छ । बैठक मोरोक्कोको माराकेशमा आयोजना भएको थियो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना विभिन्न पाँच जिल्ला समिति पुनर्गठन गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले चालु वर्षमा १० वटासम्म नेपाल वायुसेवा निगमका जहाज खरिद गर्ने बताउनुभएको छ ।
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज दिउँसो पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ । दिउँसो २ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा निर्माण गरिने तीन वटा खानेपानी आयोजनाको उद्घाटन गर्नुभएको छ । आइतबार बिहान उहाँले शारदा नगर, जखेडी माई र दिब्यनगर खानेपानी आयोजनाको उद्घाटन गर्नु भएको हो ।
दोलखाको कालिञ्चोक गाउँपालिकाले धार्मिक एवं पर्यटकीय स्थल कालिञ्चोकको कुरीमा निर्माण भएका भौतिक संरचनाको स्वामित्वका विषयमा लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ । कुरी बजार क्षेत्र अध्ययन तथा प्रतिवेदन समितिले असोज ३० गतेभित्र आफूले उपभोग गरिरहेको जग्गाको स्वामित्वको विषयमा गाउँपालिकालाई लिखित जवाफ पेस गर्न निर्देशन दिएको हो ।
पाल्पाको निस्दी गाउँपालिका–७ मा विद्युत् सेवा पुगेको छ । वर्षौँदेखि विद्युत् सेवाका पर्खाइमा रहेका यहाँका स्थानीय केन्द्रीय प्रसारण लाइन पुगेपछि खुसी भएका छन् ।
सहकारी संस्थाको नियमित वित्तीय स्वास्थ्य जाँच गरी सुधारात्मक रणनीतिक पद्धतिको विकास गर्न सञ्चालक समिति र व्यवस्थापनलाई जवाफदेही बनाउने प्रतिबद्धतासहित लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी सम्पन्न भएको छ । राष्ट्रिय सहकारी बैङ्कको आयोजनामा बिहीबारदेखि राजधानीमा जारी लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठी सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो । ‘दिगो, पारदर्शी र जोखिमरहित सहकारी : लेखा सुपरिवेक्षण समितिको जिम्मेवारी’ भन्ने मुख्य विषयवस्तुमा केन्द्रित रही दुई दिन चलेको गोष्ठीले स्वनियमनको अभ्यासमार्फत सहकारी अभियानलाई सुशासित र मर्यादित बनाउने प्रतिबद्धता जनाइएको छ । यसका लागि लेखा सुपरिवेक्षण समितिको क्षमतामा अभिवृद्धि गर्ने उल्लेख छ ।
चितुवाको आक्रमणबाट तनहुँमा एक बालिका घाइते हुनु भएको छ । आँबुखैरेनी गाउँपालिका – १ बरादी निवासी प्रेमराज गौलीको छोरी वर्ष ६ की प्रनिशा गौली घाइते भएको प्रहरीले जनाएको छ ।
ताप्लेजुङको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्राकृतिक सुन्दरता लोपोन्मुख अवस्थामा पुग्दा मिक्वाखोला गाउँपालिका-५ तोक्पेगोला क्षेत्रमा भने अझसम्म प्राकृतिक सुन्दरता कायम छ ।
वन तथा वातावरण मन्त्रालयको वनस्पति विभाग अन्तर्गत मकवानपुरमा रहेको वनस्पति अनुसन्धान केन्द्र वनस्पतिको अध्ययन गर्ने केन्द्र बन्दै गएको छ । यो केन्द्रमा वनस्पतिका प्रजाति, महìव, विकासलगायत स्थलगत ज्ञान लिन आउने विद्यार्थीको सङ्ख्या बढ्दै गएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पछिल्लो समय जनतामा गुम्दै गएको आत्मविश्वास फर्काउन लाग्नुपर्ने बताउनुभएको छ । शुक्रबार नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो भन्नुभएको हो । उहाँले भन्नुभयो, “राजाको जयकार गर प्रधानमन्त्री हुन्छस्भन्दा बरु जेल जान तयार भएका नेतृत्वले बनाएको पार्टी भएकाले नेपाली कांग्रेसले नागरिकको मर्म बुझ्छ ।” नेता थापाले बताउनुभयो, “कांग्रेसका नेता कार्यकर्ताले अहिले २०८४ सालको चुनावको चिन्ता गरेर बस्ने बेला नभई देशको हितका बारेमा सोच्ने बेला हो । चुनाव आउँछ जान्छ, जितिन्छ हारिन्छ त्यो ठुलो कुरा होइन, चुनाव त एउटा सामान्य प्रव्रिmया हो ।” कांग्रेसले जहिले पनि देशको हितलाई सर्वाधिक ठानेर काम गर्दै आएको भन्दै उहाँले अहिले पनि देशको हितलाई सर्वस्व ठानेर काम गर्नुपर्ने बताउनुभयो ।
काभ्रेपलान्चोकमा पुनःडेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।
बाँके जिल्लाका आठ स्थानीय तहमध्ये कोहलपुर नगरपालिका बढी चलायमान र गतिशील देखिएको छ । नगरपालिकाले व्यवस्थित कोहलपुर बनाउने योजनाका साथ आफ्ना कार्यक्रमलाई योजनाबद्ध रूपमा प्राथमिकता दिएर काम गरिरहेको छ । शिक्षा, स्वास्थ्य, पूर्वाधार, हरित नगर, फुटपाथ व्यवस्थापन, संस्थागत सुधार, नगरलाई प्रविधिसँग जोड्ने गरी काम गरिरहेको छ । यसै सन्दर्भमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यसँग गोरखापत्रकर्मी सावित्री गिरीले गर्नुभएको कुराकानी :