• ८ मंसिर २०८१, शनिबार

शान्तिको स्रोत आफ्नै हृदय

blog

आमाले बच्चालाई भन्छिन्, “तातो छ, नछोऊ, पोल्छ !” बच्चो मान्दैन । मौका पारेर आगोमा हात हाल्छ । उसलाई साँच्चै नै पोल्छ । त्यसपछि आमाले ‘आगो छोऊ’ भने पनि उसले छुने कोसिस गर्दैन ।  के शान्तिलाई यसरी नै अनुभवसँग जोड्न सकिन्छ ? के शान्ति र आनन्द मानव जीवनको यथार्थ हो ? मानिस जति हतास र उदास भए पनि उसको अन्तिम लक्ष्य खुसी नै होइन र ? जतिसुकै पीडाले विक्षिप्त भए पनि मूल गन्तव्य शान्तिको खोजी नै हो । भौतिक उन्नति वा समृद्धिसँग पनि उसले वास्तविक सुख र शान्तिकै अपेक्षा गरिरहेको हुन्छ । 

शान्ति के हो ?

अन्तर्राष्ट्रिय शान्ति वक्ता तथा प्रसिद्ध लेखक प्रेम रावतका अनुसार “हृदयलाई खोल्नु शान्ति हो ! आफूले आफूलाई चिन्नु नै शान्ति हो ! मानिस जहाँसुकै बस्ने व्यक्ति भए पनि उसलाई शान्तिको आवश्यकता पर्छ । शान्ति प्राप्त गरेको मानिसमा उत्साह हुन्छ । उसलाई आफू जिउनुको तात्पर्य पनि थाहा हुन्छ । अतः तपाईंको जीवनमा पनि शान्ति सम्भव छ ।” 

उहाँ शान्तिलाई अनुभवसँग जोड्नुहुन्छ । यसर्थ उहाँका विचारमा युद्धको अन्त्य शान्ति होइन । शान्ति त युद्धको मैदानमा, जेलको कोठरीमा अनि दुःखको महासागरमा पनि अनुभूत गर्न सकिन्छ र यो सम्भव छ । “वास्तविक शान्ति मानिसभित्रै छ । आफूले आफूलाई चिन्ने, आफूले आफूलाई जान्ने कुराको सम्बन्ध शान्तिसँग गएर गाँसिन्छ । वास्तवमा यो सम्भावना हरेक मानिसमा छ ।” सिद्धान्तगत आधारमा स्वच्छन्दतावादी चिन्तनले जीवनलाई प्रकृतिसँग गाँस्यो । सिग्मन्ड फ्रायडले मनोविज्ञानमा जोडे । दार्शनिक फुकोले मानिसलाई ‘शक्ति, सम्मान र सम्पत्ति’ को लडाइँका निम्ति सङ्घर्षरत रहने निकै व्यावहारिक तर्क राखेका छन् । एकातिर मानिसको जैविक संरचनामा प्राकृतिक बनोट छ, अर्कातिर जीवन सञ्चालनार्थ आध्यात्मिक र सामाजिक चिन्तन छ । व्यावहारिक पक्षमा दर्शन, समाज र भोगाइको एक खाले गूढ र रूढभित्र मानिस विश्वासको भ¥याङमा बाँचेको छ । वस्तुतः सुख र शान्तिको चाहनालाई हाम्रो समाजले कतै न कतै अध्यात्मसँग जोड्छ । यसर्थ पैसाले किन्न नसक्ने खुसीसँग भौतिकवादभन्दा माथि मानवतावादलाई अँगालेको देखिन्छ । माक्र्सको वर्गसङ्घर्ष र एङ्गेल्सको मानव समाजको विवेचनामा बाँच्नुको अर्थगत सम्बन्ध खोतल्न निकै हम्मेहम्मे पर्छ । आस्तिक र नास्तिक चिन्तनबिच अस्तित्ववाद र विसङ्गतिवादको अर्को खाले मन्थन जोडिन पुग्छ । त्यसो हो भने व्यावहारिक शान्ति के हो त !

प्रेम रावतले युगीन जीवनलाई शान्ति र आनन्दको पर्यायका रूपमा चिनाउँदै आउनुभएको छ । “विश्वलाई शान्ति चाहिएको होइन, तपाईंको हृदयमा शान्ति हुनु पर्छ । यदि कतै अशान्ति भइरहेको छ भने त्यसको कारण अरू कोही होइन, मानिस आफैँ हो । वास्तविक शान्तिलाई मानिसले आफूभित्र अनुभव गर्न सक्छ ।” 

उहाँको भनाइलाई मनन गर्दा मानिससँग जीवन रहेसम्म अनन्त शक्ति र ज्ञानको अथाह भण्डार छ । उसले चाहेको अवस्थामा आफूभित्र रहेको हृदयको आवाजलाई सुन्न, महसुस गर्न र जीवनलाई व्यावहारिक रूपमा बोध गर्न सक्छ । मृत्युपछिको जीवनका बारेमा हामी कसैलाई थाहा छैन तर यसै जीवनमा आन्तरिक शान्तिलाई सम्भव तुल्याउन सकिने उहाँको सन्देशले आज विश्वका सयभन्दा बढी देशका करोडौँ मानिसको मुहारमा आशा र खुसीको वहार ल्याइरहेको छ । 

तपाईं किन यहाँ हुनुहुन्छ ?

“तपाईं हुनुहुन्छ, यो के हो ? तपाईं यी धातुहरूले बन्नुभएको छ– कार्बन, अक्सिजन, हाइड्रोजन, नाइट्रोजन, क्याल्सियम, फस्फोरसबाट । अनि जुन दिन सास रहँदैन, तब यी सारा वस्तु फेरि जहाँ–जहाँबाट आएका हुन्, फर्केर त्यसमै विलय हुने छन् । त्यसपछि के रहन्छ त ? केही रहँदैन ।... त्यसैले किन आएका छौँ ? हामी के हौँ ! यी झन्झटहरूमै फस्नका लागि हो त ? दुःख सहन गर्नका लागि हो त !” यी तमाम प्रश्नका चक्रव्यूहलाई चिर्ने विषय वास्तवमा शब्द, बोली वा भाषण मात्रै होइन । प्रेम रावत आपूmभित्रै गएर यसै जीवनमा उक्त चिजलाई अनुभूत गर्ने तरिका पनि सिकाउनुहुन्छ । आज उहाँले दिनुभएको यो सन्देश र यसको प्रभावले समाजका मानिसको दिनचर्यामा परिवर्तन आएको छ । 

उहाँ यो संसारमा मानिसको जन्मको अर्थ मानवता र शान्तिसँग लगेर जोड्नुहुन्छ । हरेक मानिससँग हृदय छ र त्यहाँ उसभित्रको मानवता पनि छ भन्ने कुरालाई उहाँ सरल ढङ्गमा प्रस्तुत गर्नुहुन्छ । संसारमा भएका उन्नति, प्रगति, विज्ञानका आविष्कारहरूलाई समेत आजको युगानुकूल उपयोग गर्नुपर्ने उहाँको बुझाइ रहेको छ ।  तथापि शान्ति पनि मानिसको अनिवार्य आवश्यकता रहेको तथा यसलाई मानिसले आफूभित्रै बोध गर्न सक्ने सामथ्र्य राख्छ भन्ने सन्दर्भलाई उहाँले यसरी जोड्नुभएको छ, “जस्तो तिर्खा, जस्तो निद्रा, जस्तो सास छ त्यस्तै हो शान्ति पनि । किनभने सबै कुरा भएपछि पनि यदि मानिसमा शान्ति नै छैन भने केही पनि छैन । शान्ति हाम्रो आवश्यकता हो, चाहना होइन । बिनाशान्ति हामीले आफूले आफूलाई पनि बुझ्न सक्दैनौँ ।”

उहाँको भनाइको तात्पर्य के हो भने सुख, शान्ति र आनन्द प्राप्तिको लक्ष्य निर्धारण गर्नु भनेको संसारलाई त्याग्नु होइन । उहाँले संसारका सबै कार्य गरेर, आ–आफ्नो आस्था अनुसारको धर्म, संस्कृतिलाई अपनाएर केवल मानिस हुनुको नाताले हामीभित्र रहेको सम्भाव्यतालाई चिनाउनुहुन्छ । 

सासको मूल्य 

“सास रोकिएपछि मानिसका लागि सबै कुरा समाप्त हुन्छ । मानिसहरू विविधतालाई हेर्छन् तर यो संसारमा हरेक मानिसको जन्म एक समान तरिकाबाट नै हुन्छ । सबै जना एउटै बाटो भएर यो संसारमा आउँछन् अनि एकै बाटो भएर यो संसारबाट बिदा हुन्छन् । तपाईंलाई यो जीवन प्राप्त भएको छ । बाँच्ने अवसर प्राप्त भएको छ । जबसम्म जीवन छ, तपाईं धेरै कार्य गर्न सक्नुहुन्छ । केवल यो सम्भावनालाई स्वीकार गर्नुहोस् । यस जीवनलाई स्वीकार गर्नुहोस् । आफूले आफूलाई चिन्नुहोस्, पहिचान गर्नुहोस् । आपूmभित्र विराजमान त्यो शक्तिलाई चिन्नुहोस् । किनभने तपाईंले स्वयम्लाई चिनेपछि बाँकी सबै सम्भावनालाई पनि स्वीकार गर्न थाल्नुहुने छ ।”

सास वास्तविकता हो तर हामीले यसलाई जन्म र मृत्युको घडीमा मात्रै ध्यान दिन्छौँ । प्रेम रावतले यस चिजलाई जीवन हुनुको सामथ्र्य र यसभित्रको शक्तिलाई पहिचान गर्ने विधिसमेत सिकाउनुहुन्छ । “संसारमा जतिसुकै धन भए पनि यो सासलाई कसैले किन्न सक्दैन तर हामीले सित्तैमा पाइरहेका छौँ । यो बट्टारूपी मानिसको शरीरमा सास आउने र जाने क्रम रहेसम्म मात्रै यो बट्टा बहुमूल्य हुन्छ । यसमा सास आउन–जान बन्द भएका दिन यो बट्टाको कुनै मूल्य हुँदैन । अतः यो जीवनरूपी यस उपहारलाई खेर जान नदिनुहोस् । आफ्नो हृदयको तिर्खालाई मेटाउनुहोस् । तपाईंको हृदयले प्रत्येक सास सँगसँगै तपाईंलाई ‘आफूभित्र रहेको परम् शक्तिलाई चिन्नुहोस् र त्यो परम् शान्तिको अनुभव गर्नुहोस्’ भनिरहेको छ । यसलाई पाएपछि कुनै सुख र आनन्दको इच्छा नै बाँकी रहँदैन ।”

एक उत्कृष्ट लेखक 

सन् १९५७ डिसेम्बर १० मा उत्तरी भारतमा जन्मनुभएका प्रेम रावत लेखक तथा अन्तर्राष्ट्रिय शान्ति वक्ता हुनुहुन्छ । उहाँले सन् १९६६ देखि संसारका सबै प्रकृतिका मानिसलाई शान्ति प्राप्त गर्ने उत्प्रेरणा र तरिका प्रदान गर्दै आउनुभएको छ । उहाँद्वारा सञ्चालित 

‘शान्ति शिक्षा कार्यक्रम’ मार्पmत विद्यालय, विश्वविद्यालयका शिक्षक–विद्यार्थी; विभिन्न सङ्घ–संस्थाका अतिरिक्त थुप्रै कैदीबन्दीमा समेत सकारात्मक प्रभाव परेको कुरालाई अध्ययनहरूमा बताइएको छ । उहाँद्वारा स्थापित ‘द प्रेम रावत फाउन्डेसन’ ले संसारभर विपन्न वर्ग अनि प्राकृतिक प्रकोपबाट प्रभावित मानिसलाई मद्दत गर्ने उद्देश्यले निरन्तर प्रयास गर्दै आइरहेको छ ।  रावत एक प्रसिद्ध लेखक हुनुहुन्छ । सन् २०२१ मा प्रकाशित न्युयोर्क टाइम्स बेस्ट सेलरको सूचीमा पर्न सफल उहाँको पुस्तक ‘हियर योरसेल्फ’ लाई संसारभरका मानिसले पढे । संसारका आधा दर्जनभन्दा बढी भाषामा अनुदित उक्त पुस्तकमा प्रेम रावतले हाम्रो दिमागमा उत्पन्न भइरहेको होहल्लालाई हटाएर आफ्नो ध्यानलाई स्वयम्मा केन्द्रित गर्न जोड दिनुभएको छ । हिन्दी संस्करणका रूपमा अनुदित ‘स्वमं की आवाज’ पुस्तकले गिनिज बुकमा नयाँ कीर्तिमानी हात पार्न सफल भएको छ । 

२ अप्रिल २०२३ मा लेखक रावतले १,१४,७०४ जना मानिसको विशाल समारोहका बिचमा उक्त पुस्तकको विमोचन गर्नुभएको थियो । यस सन्दर्भमा उहाँले एकल लेखकद्वारा लिखित आफ्नो पुस्तकलाई सबैभन्दा धेरै श्रोताका बिचमा वाचन गरेर गिनिज बुकमा नयाँ विश्व कीर्तिमान कायम गर्नुभएको हो । यसरी आज पनि उहाँ निरन्तर शान्ति र मानवताको अथक यात्रामा हुनुहुन्छ ।  

Author

रमेश भट्टराई ‘सहृदयी’