• ३१ वैशाख २०८२, बुधबार

साहसिक खेल साइकल प्लाङ्क ब्यालेन्स रौनक (फोटो फिचर)

blog

कपिलवस्तुको बाणगंगा नगरपालिकामा सञ्चालन भएको साहसिक साइकल पलाङ्क ब्यालेन्स खेल । तस्बिर : जानु पाण्डे

जानु पाण्डे
कपिलवस्तु, असोज २७ गते ।
कपिलवस्तुको बाणगंगामा सञ्चालन भएको दोस्रो साइकल पलाङ्क ब्यालेन्स प्रतियोगिताको उपाधि रुपन्देहीका ११ वर्षीय बालकले जितेका छन् । बुटवल उपमहानगरपालिकाका एभरेष्ट बोडिङ्ग स्कुलका कक्षा ६ मा अध्ययनरत मनिक श्रेष्ठले उपाधि जित्नुभएको हो । उहाँलाई ५० हजार नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो । श्रेष्ठले ५२ मिटरको दूरी १ मिनेट ५६ सेकेन्डमा पार गर्नुभएको थियो ।


यसैगरी, दोस्रो स्थानमा धरानका अनीश तामाङले १ मिनेट २५ सेकेन्डमा पार गर्नुभएको थियो । तेस्रो स्थानमा शुभम् भट्टराई र सान्त्वना अरुण अर्याल रहेको लायन्स कल्व अफ कपिलवस्तुका अध्यक्ष ओम प्रकाश घिमिरेले बताउनु भयो ।

साहसिक खेलमा १२३ जनाले खेल खेल्न एक सय २३ जनाले दर्ता गरेका थिए । एक भारतीयसहित ७४ जना सहभागी भएका थिए । २४ जनाले निर्धारित दूरी पार गरेको खेल संयोजक विष्णु घिमिरेले बताउनु भयो । पानी माथि ट्रयाक निर्माण गरी साइकल चलाएर निश्चित दूरी पार गरी खेलिने खेल गत वर्ष पहिलो पटक नेपालमा सञ्चालन भएको थियो । नौ इन्च चौडाइ रहेको ५२ मिटर लामो ट्रयाकमा साइकल चलाएर खेलिएको थियो ।