• ३ जेठ २०८२, शनिबार

ओलम्पियन विजेता लामा सम्मानित

blog

काठमाडौं, असोज २७ गते । काठमाडौंको तारकेश्वर नगरपालिका वडा ४ मा रहेको गुह्येश्वरी तेक्वान्दो डोजाङ, सृजना ज्ञान सागर मावि, सिर्जना तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा ओलम्पियन विजेता विधान लामालाई सम्मानित गरिएको छ । 


सृजना ज्ञान सागर माविका प्राचार्य राजेन्द्रप्रसाद फुयाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकनाथ दाहालले लामालाई दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मानित गर्नुभयो । लामाले दक्षिण कोरियाको सिउलमा भएको तेक्वान्दो प्रतियोगितामा  पदक जित्नुभएको थियो । 


कार्यक्रममा लामाले विभिन्न विद्यालयमा अध्ययन गरेर तेक्वान्दो प्रशिक्षण लिइरहेका विद्यार्थीलाई ब्याल्कबेट प्रदान गर्नुभयो । साथै कार्यक्रममा बेल्ट ग्रेडिङ कार्यक्रम पनि आयोजना गरिएको जानकारी कार्यक्रमका संयोजक फिरोज श्रेष्ठले दिनुभयो ।