• २० असोज २०८१, आइतबार

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव सुरु

blog

पोखराको विन्ध्यवासिनी मन्दिरमा आइतबारबाट नवदुर्गा महोत्सव सुरु । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी

लेखनाथ, असोज २८ गते । पोखराको विन्ध्यवासिनी मन्दिरमा आइतबारबाट नवदुर्गा महोत्सव सुरु भएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाबाट महोत्सव सुरु भएको हो ।

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले आइतबार बिहान आयोजना गरेको शोभायात्रामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका प्रमुख धनराज आचार्यसहितका विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता थियो । समितिले २०६४ देखि महोत्सव आयोजना गर्दै आएको छ ।


वडा दसैँको अवसरमा आयोजित नवदुर्गा महोत्सव नवमीसम्म चल्ने समितिका उपाध्यक्ष सूर्यप्रसाद सुवेदी बताउनुहुन्छ । नवमीका दिन सम्पन्न हुने महायज्ञमा हरिशरण पौडेलले सङ्गीतमय झाँकीसहित श्रीमद्देवी भागवतको कथा प्रस्तुत गर्ने कार्यक्रम छ । यो महोत्सवबाट सांस्कृतिक सद्भाव अभिवृद्धि गर्दै धर्म, संस्कृति र परम्पराको संरक्षण र धार्मिक पर्यटनको विकासमा सहयोग पुग्ने समितिका सचिव तीर्थ श्रेष्ठ बताउनुहुन्छ ।

विन्ध्यवासिनी मन्दिर धार्मिक क्षेत्र विकास समितिले यो क्षेत्रमा विभिन्न सामाजिक कामसमेत गरिरहेको छ । २०५१ मा विन्ध्यवासिनी गुरुकुल विद्याश्रम खोली निःशुल्क आवासीय अध्यापन गराइरहेको समितिले ०७२ देखि विन्ध्यवासिनी ज्येष्ठ नागरिक मिलन केन्द्र सञ्चालनमा ल्याएको छ । विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय सञ्चालनसहित समितिले एम्बुलेन्स सेवा समेत चलाएको छ ।