गुल्मीको ईस्मा गाउँपालिकाले किसानलाई व्यावसायिकरुपमा पशुपालनतर्फ आकर्षित गराउन उत्पादनमा आधारित अनुदान रकम दिन सुरु गरेको छ ।
कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले एक महिनाभन्दा बढी बाँकी नराख्ने गरी किसानहरूलाई दुधको भुक्तानी गर्न दुग्ध विकास संस्थाहरूलाई निर्देशन दिनुभएको छ ।
पर्वतीय पर्यटनको दिगो विकास, विस्तार र प्रवर्द्धनमा आपसी समझदारी र सहकार्यका लागि नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान र नेपाल पर्वतारोहण सङ्घबिच सम्झौता भएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव १६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ५१ मा सीमित भएको छ ।
उत्तरपश्चिम कम्बोडियाको पर्यटकीय केन्द्रमा सोमबारदेखि चिनियाँ लगानीमा निर्मित सिएम रिप अङ्कोर अन्तर्राष्ट्रिय विमानस्थल (एसअएआई) सञ्चालनमा आएको छ । उत्तरपश्चिम कम्बोडियाको पर्यटकीय केन्द्रमा सोमबारदेखि चिनियाँ लगानीमा निर्मित सिएम रिप अङ्कोर अन्तर्राष्ट्रिय विमानस्थल (एसअएआई) सञ्चालनमा आएको छ ।
निर्वाचन आयोगले ‘स्थानीय तह मार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८०’ मस्यौदामाथि सुझाव दिन आग्रह गरेको छ ।
मोलुङ खोलामा डुबेर बालकको ज्यान गएको छ । सुनकोशी गाउँपालिका–९ कटुञ्जेका सुब्बा रापचाका ७ वर्षीय छोरा अञ्जल रापचाको मोलुङ खोलामा डुबेर मृत्यु भएको हो ।
नेपालीहरुको महान पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रुले उपत्यकाबाट बाहिरिएका छन् । घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि यात्रु जन्मघर जान थालेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो तीन दिनमा एक लाख ५० हजार तीन सय नौ यात्रु उपत्यकाबाट बाहिरिएको जानकारी दिनुभयो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज (सोमबार) बिहान करिब १० बजे प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा उहाँले सेवाप्रवाहको बारेमा निर्देशनालय प्रमुख र सेवाग्राहीहरूसँग जानकारी लिनुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोडाघोडी बहुमुखी क्याम्पस सुखड, कैलालीमा शैक्षिक भवन शिलान्यास गर्नुभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेको बताउनुभएको छ । सोमबार महिला आर्थिक पत्रकार संघको औपचारिक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री महतले यस्तो बताउनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै समारोहमा तीनवटा आयोगका प्रतिवेदन पेश भएका छन् ।
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र जनकवि दुर्गालाल श्रेष्ठका जीवनी तथा नेपालभाषा साहित्यसम्बन्धी प्राज्ञिक अनुसन्धानात्मक पुस्तक बजारमा आएका छन् ।
विदेशी नागरिकहरूलाई इजिप्ट भाग्न अनुमति दिन गाजामा अस्थायी युद्धविराम भएको भन्ने समाचारलाई इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुको कार्यालयले सोमबार अस्वीकार गरेको छ ।
चाडबाडसँगै बजारमा दैनिक उपभोग्य वस्तुदेखि लत्ताकपडाको व्यपारमा भीडभाड बढ्दै गएको छ । तर माटोको भाडाको बजार भने दिन प्रतिदिन खस्कदै जाँदा पुस्तौदेखि व्यपार गर्दै आएका पण्डित(कुम्भकार) जातिको पेसा अरालो लाग्दै गएको छ ।