बहुप्रतिक्षित पाटन–पञ्चेश्वर सडकखण्डको मेलौलीदेखि पञ्चेश्वर जोड्ने २५ किलोमिटर सडकखण्डमा कमसल निर्माण सामग्रीको प्रयोग भएको पाइएको छ । तल्लोस्वराड क्षेत्रका तीन वटा स्थानीय तह जोड्न मेलौली नगरपालिकाको काँडाबजारदेखि शिवनाथ गाउँपालिका हुँदै पञ्चेश्वर गाउँपालिकासम्मको उक्त सडक कालोपत्रे गर्न ४१ करोड रुपियाँको ठेक्का लागेको हो । पूर्वाधार विकास कार्यालय बैतडीबाट आर्थिक वर्ष २०७६/७७ मा ठेक्का आह्वान भई कनकाइ कन्स्ट्रक्सनले सडक निर्माण तथा कालोपत्रे कामको जिम्म्मा लिएको हो । गत वर्ष नै सडक कालोपत्रे र पर्खाल लगाउने काम सम्पन्न भइसक्नुपर्नेमा अझै पूरा हुन सकेको छैन ।
हिउँद तथा बर्खाको समयमा खाली भएका बाजुराका अधिकांश गाउँबस्ती दसैँतिहार लागेसँगै भरिन थालेका छन् । भोको पेट पाल्न रोजगारीका लागि भारत तथा विभिन्न सहरमा गएका स्थानीयवासी यति बेला दसैँ मनाउन गृह जिल्ला बाजुरा फर्किंदै छन् । नेपाल–भारत सीमानाका तथा राजधानी काठमाडौँ र धनगढीबाट धमाधम घर फर्किन थालेपछि बर्खाको समयमा खाली हुँदै गएका गाउँबस्ती अहिले भरिन थालेका हुन् ।
गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर-५ खर्ज्याङ्गका यमबहादुर नेपालीले जीवन रक्षाका लागि अपिल गर्नुभएको छ । जीवन मरणको दोसाँधमा रहनुभएका नेपाली र उहाँको परिवारले जीवन रक्षाका लागि सहयोगको अपिल गर्नुभएको हो ।
कलाकार टेकवीर मुखियालाई जगदम्बाश्री र ऐंठन पुस्तकका लागि विवेक ओझालाई मदन पुरस्कार प्रदान गरिएको छ। मदन पुरस्कार गुठीले सोमबार आयोजना गरेको कार्यक्रममा उहाँहरूलाई २०७९ सालको जगदम्बाश्री सम्मान र मदन पुरस्कार प्रदान गरियो। गुठीका अध्यक्ष कुन्द दीक्षितले स्रष्टाद्वयलाई प्रमाणपत्रसहित जनही चार लाख रुपियाँ पुरस्कार प्रदान गर्नुभयो। कलाकार मुखियाले अक्षरलाई कलाको आवरणमार्फत पाठकसँग जोड्न तथा स्रष्टालाई मुहारचित्रमार्फत साहित्यानुरागीमाझ पु¥याउन महत्वपूर्ण योगदान दिएकाले जगदम्बाश्री सम्मान अर्पण गरिएको आयोजकले जनाएको छ।
पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत रुकुम–पूर्वको सिस्ने गाउँपालिका–६ खोपिचारडाँडा र रुकुम–पश्चिम मुसीकोट नगरपालिका–८ भरखानीको बीचमा अवस्थित पहाड । उक्त पहाड बीचको सडकले रुकुमपूर्व, रुकुमपश्चिम र जाजरकोटलाई जोडेको छ । सडक कालोपत्रे नहुँदा यात्रुलाई आवागमनमा सास्ती हुँदै आएको छ ।
गोरुको सहायताले धानको नल र धान छुट्याउनका लागि दाइँ हाल्दै रुकुम पश्चिम मुसीकोट नगरपालिका–१४ छिवाङ ।
चौतिस वर्षअघि दैनिक कुल ५१ करोड लिटर पानी काठमाडौँमा ल्याउन आर्थिक र प्राविधिक रूपमा उत्तम विकल्प भएको निष्कर्षमा विसं २०५५ देखि निरन्तर कार्य जारी रहेको मेलम्ची खानेपानी आयोजना कतै असफल आयोजनाको नाजुक उदाहरण बन्ने त होइन भन्ने संशय बढेको छ । विसं २०६४ मा नेपाल सरकार र प्रमुख दाता एसियाली विकास बैङ्क (एडिबी) बिच आयोजनाको पुनर्संरचना गरी छ वर्षभित्र सम्पन्न गर्ने सहमतिबमोजिम अगाडि बढाइएको निर्माण कार्य अनेक वि
निराशा र अस्थिरताको स्थितिबाट गुज्रिरहेको विश्व पर्यटन बजारमा हालका महिनामा आशाका किरण देखिएका छन् । एसिया, युरोप, अमेरिका र अफ्रिकाका कतिपय मुलुकमा कोभिड–१९ को फलस्वरूप अधोगतितर्फ अघि बढिरहेको पर्यटन उद्योग सन् २०२३ को आरम्भसँगै महामारीपूर्वको स्थितिमा फर्कन अग्रसर छ । विश्व पर्यटन बजारका परम्परागत र नवोदित गन्तव्यमा पर्यटक आगमन उत्साहजनक रूपमा बढ्दै गएकाले विश्व पर्यटन सन् २०२४ को अन्त्यसम्म चार वर्षअघिको स्थितिमा फर्किन सक्ने आकलन विश्लेषकहरूको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
नेपालीको महान् पर्व बडादसैँ हामीले राष्ट्रिय पर्वका रूपमा मनाउँदै आइरहेका छौँ । यो अति प्राचीनकालदेखि नै मनाउँदै आएको पुरानो महìवपूर्ण चाडपर्वमध्येको एक हो । मध्यकालमा यस चाडलाई विशेष गरेर साङ्ग्रामिक महत्व दिइएको थियो । अतः यस पर्वमा अस्त्रशस्त्रको अभ्यास गरी खड्गसिद्धि प्राप्त गरिन्छ । राजा जयस्थिति मल्ल र उनका भारदारहरूले समेत खड्ग स्थापना गरेको प्रसङ्ग गोपाल राजवंशावलीमा पाइन्छ । कतै रामले रावणलाई मारेको त कतै देवी भ
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
एउटा प्रख्यात चिनियाँ भनाइ छ, “यदि एक वर्षका लागि सोच्छौ भने धान रोप । १० वर्षका लागि सोच्छौ भने रुख रोप । सय वर्षका लागि सोच्छौ भने शिक्षामा लगानी गर ।” तर, नेपालमा शिक्षा क्षेत्रमा वार्षिक १०–११ प्रतिशतभन्दा माथि लगानी भएको इतिहास हामीमाझ छैन । यसका अतिरिक्त हामी सजिलै लेखिदिन्छौँ, भनिदिन्छौँ – निःशुल्क आधारभूत र माध्यमिक शिक्षा । निःशुल्क शिक्षा हामीले सुन्दै बुझ्दै आएको एउटा मायावी जाल जस्तो भइसक्यो । सुन्दा मिठो लाग्ने तर यथार्थ र व्यवहारमा सदैव तितो अर्थात् व्यहारतः असम्भव जस्तो ।
राजनीतिक विसङ्गतिविरुद्ध प्रतिबद्ध छौँ भन्ने देखाउन नेपालका राजनीतिक नेतृत्व वर्ग कहिलेकाहीँ देशका लागि ज्यान दिन्छु भन्ने पनि गर्छन् । ज्यान दिन्छु भनेर मात्र आफ्नो दायित्व पूरा हुँदैन र विसङ्गति हट्दैन । यसका लागि के कस्तो योगदान आवश्यक छ, यहाँ समीक्षा गरिएको छ । दिगो समृद्धि हासिल गर्नु सबै देशको दीर्घकालीन उद्देश्य हो – आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, भौतिक आदि क्षेत्रमा समृद्धि हासिल गर्ने । यसका लागि आफ्नो अनुकूलको राजनीतिक प्रणाली अवलम्बन गर्नुका साथै विभिन्न योजना, नीति, कार्यक्रम कार्यान्वयन गरेको हुन्छ । कुनै देश आफ्नो उद्देश्य हासिल गर्न धेरै हदसम्म सफल छन् भने कतिपय देशले सफलता हात पार्न सकेका छैनन् ।
बडा दशैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मङ्गलबारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । बजार मूल्य हस्तक्षेप गरी उपभोक्तालाई सहुुलियत दिनका लागि कम्पनीले खसीबोका बिक्री खुला गरेको हो । आइतबार उपत्यकामा हेटौँडाबाट तीन सयको सङ्ख्यामा खसीबोका र रसुवाबाट ३७० वटा च्याङ्ग्रा भित्रिइसकेका कम्पनीले जनाएको छ । बाँकी भने आउने क्रममा रहेको कम्पनीले जनाएको छ ।