सरकारले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रमभित्र दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरणका लागि विभिन्न प्रकारका योजना सार्वजनिक गरिसकेको छ । जसमा नेपालको समग्र औद्योगिक उत्पादन तथा व्यावसायिक क्षेत्रमा आएको ह्रास, वित्तीय क्षेत्रमा तरलता सङ्कुचन, उच्च ब्याजदर, बढ्दो व्यापार घाटा, न्यून पुँजीगत खर्च, घट्दो राजस्व सङ्कलन, विदेशी मुद्रा सञ्चितिमा परेको दबाब तथा पुँजीबजारमा आएको गिरावटलगायतका समस्यालाई औद्योगिक, वित्तीय र मौद्रिक नीतिको सामञ्जस्यपूर्ण ढङ्गले कार्यान्वयन गरी अर्थतन्त्रलाई तत्काल गतिशील बनाउने विषयलाई प्राथमिकतामा राखेका छन् ।
साइबर अपराध इन्टरनेट र कम्प्युटर उपकरण वा प्रणालीको दुरुपयोग गरी हुने विशिष्ट प्रकृतिको अपराध हो । यस खाले अपराधमा न हतियारको आवश्यकता पर्छ न त कुनै देशको सीमाले नै छेक्छ । कम्प्युटर र इन्टरनेटको साथमा पछिल्लो समय प्रयोगमा आएका स्मार्ट मोबाइल तथा ट्याब्लेटसम्ममा पनि साइबर अपराध हुने स्पेसको कभरेज पुगेको छ ।
युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन्, गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन् ।
“नेपाली कांग्रेसका सभापतिको हैसियतमा पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्र स्थापनार्थ मैले क्रान्तिको आह्वान गरेको हुँदा सबै व्यक्ति र घटनाको जानकारी मलाई नभए पनि भएका घटनामा मेरो नैतिक दायित्व रहेको छ ।”
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले त्रिवेणी–दुम्कीबास सडक विस्तारको काम अब चाँडो हुने बताउनुभएको छ। मुख्यमन्त्री अधिकारीले चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने करिब आठ किलोमिटर सडक विस्तारका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम तत्काल सुरु गरिने बताउनुभयो। त्रिवेणी पुग्नुभएका मुख्यमन्त्री अधिकारीसँग त्यहाँका स्थानीयले बाटो विस्तारको कुरा पटकपटक भए पनि तत्काल सुरु गर्न आग्रह गर्दै छिटो काम थाल्न ध्यानाकर्षण गराएका थिए।
पूर्वी नवलपरासीको मध्यबिन्दु–३, ब्रह्मस्थानका पदम मोक्तानले व्यावसायिक कुरिलो खेती सुरु गर्नुभएको छ। उहाँलाई यतिखेर कुरिलो मुठा पारेर बेच्न भ्याइनभ्याइ छ। पछिल्लो समय नवलपुरलाई कुरिलो खेतीको हब बनाउने सोचमा मोक्तान लागिपर्नुभएको छ। कम लगानीमा राम्रो आम्दानी हुने भएपछि यो पेसाप्रतिको आकर्षण बढेको हो।
नेपाल बिमा प्राधिकरणले लघुजीवन बिमा र निर्जीवन बिमा गर्न चाहनेलाई सीमा छुट्याएको छ । प्राधिकरणले सोमबार जारी गरेको ‘लघुबिमा निर्देशन–२०७९’अनुसार लघुनिर्जीवन बिमातर्फ ५० लाख रुपियाँसम्म र लघुजीवन बिमातर्फ पाँच लाख रुपियाँभन्दा कम बिमाङ्क रकमको मात्रै बिमालेख जारी गर्न पाउने व्यवस्था गरिएको हो ।
‘सुन्दर ठाउँ हेम्जा जाऊँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ नाराका साथ हेम्जामा आइतबारदेखि आलु महोत्सव सुरु भएको छ । विष्णुपादुका क्लबको आयोजनामा महोत्सव सुरु गरिएको हो । महोत्सव उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका कृषि ऊर्जा तथा जलस्रोतमन्त्री वेदबहादुर गुरुङले प्रदेश सरकार किसानको पक्षमा रहेको बताउँदै नेपालमा कृषिलाई व्यावसायिक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कृषि नीति सुधार्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिँदै अबको बजेट किसानमुखी बनाउन पहल भइरहेको पनि उल्लेख गर्नुभयो ।
विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँ वर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धूम्रपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ ।
झापाको गौरादह नगरपालिका–७, ग्वालडुब्बा, जुरोपानीमा ३३/११ केभी नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत उक्त सबस्टेसन निर्माण गरिएको हो । सबस्टेसनबाट विद्युत् आपूर्ति हुन थालेपछि झापाको गौरादहदेखि दक्षिणतर्फ भारतीय सीमासम्मका विद्युत् उपभोक्ताहरूले सामना गरिरहेको न्यून भोल्टेजको समस्या समाधान हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
‘पर्यटनका लागि साहित्य’ नाराका साथ सञ्चालन भएको इलाम साहित्य महोत्सव सम्पन्न भएको छ । इलाम साहित्य समाज र इलाम नगर साहित्य कला सङ्गीत प्रतिष्ठानको संयुक्त आयोजनामा महोत्सव आयोजना गरिएको हो ।
बर्दिबास नगरपालिकाले जग्गा वर्गीकरण गरे पनि नापी विभागले कित्ताकाट फुकुवा नगर्दा सर्वसाधारण आन्दोलनको मानसिकतामा पुगेका छन्। नगरपालिकाले गरेको वर्गीकरणमा प्राविधिक त्रुटि देखाउँदै विभागले जग्गा फुकुवा नगर्दा बर्दिबास नगरका दुई लाख बढी कित्ताको कारोबार लामो समयदेखि ठप्प छ। यसबाट करिब ४० हजार स्थानीय बासिन्दा प्रभावित भएको नगरपालिकाले जनाएको छ। वर्गीकरणको प्राविधिक गाँठो फुकुवा नहुँदा मालपोत र नापी कार्यालय पनि सुनसानप्रायः छन्।
हरिवन नगरपालिका–८, चापिनीमा रहेको चुरे जनता आधारभूत विद्यालयमा प्रथम हुने बालकलाई बाख्रा र पाठा उपहार दिइएको छ। हरिवन–८ का वडाध्यक्ष प्रज्वल ढुङ्गानाले बन्द हुनै लागेको विद्यालयलाई उकास्ने अभियानअन्तर्गत नमुनाका रूपमा ‘स्कुल फस्ट’ हुने कक्षा १ का बालक निश्चल मोक्तानलाई पाठा र बाख्रा प्रदान गरिएको जानकारी दिनुभयो। उहाँले बालकलाई प्रदान गरिएको बाख्रा र पाठाबाट उनको परिवारलाई आयस्रोतमा समेत टेवा पुग्ने अपेक्षा गरिएको बताउनुभयो।
युवा पुस्तामा ‘फेरी’ लगाउने परम्परागत कामप्रति आकर्षण नभएपछि जोगीहरूको पुख्र्यौंली पेसा सङ्कटमा पर्दै गएको छ। कात्तिक र चैत महिनामा फेरी लगाएर वर्षभरि खान पुग्ने अन्नको जोहो गर्ने जोगीलाई अचेल चैत र कात्तिक आएको गएको थाहा हुन छोडेको छ। नयाँ पुस्ताले जोगीलाई माग्ने भिखारीका रूपमा हेर्न थालेपछि जोगी समुदायका युवासमेत वैकल्पिक पेसाको खोजी गर्न थालेका छन्। आफूलाई पृथ्वीनारायण शाहका गुरु गोरखनाथका सन्तान भएको दाबी गर्ने जोगीहरू द्वन्द्वको १० वर्ष
झापा र मोरङको सिमानामा रहेको मावा खोलामा अवैध उत्खनन भइरहेको पाइएपछि दमक नगरपालिकाले तत्काललाई उत्खननमा रोक लगाएको छ। मापदण्डविपरीत उत्खनन भइरहेको सूचना पाएपछि दमक नगरपालिकाले अनुगमन गरेर उत्खननमा रोक लगाएको दमकका नगरप्रमुख रामकुमार थापाले बताउनुभयो।